पौडेल
विषयसूची |
परिचय र इतिहास [सम्पादन गर्ने]
पौडेल थर नेपाल तथा भारतको बाहुन तथा क्षत्री परिवारमा पाइन्छ। यो थरको उत्पत्ति पौडि र आलय दुई शब्द मिलेर बनेको विश्वास गरिएको छ। पौडेल हरूको गोत्र आत्रेय भएबाट उनीहरू आफू अत्रि ऋषिका सन्तान भएको विश्वास गर्दछन्। काला पौडेल तथा सेता पौडेल गरी दुई वर्गका पौडेलहरू नेपालमा बसोबास गर्ने गरेको पाइन्छ। कसै कसैले सेता पौडेल नै सिग्देल हुन् भनी उल्लेख गरेका छन्।
बसोबास [सम्पादन गर्ने]
पौडेलहरू नेपालमा मध्य पहाडबाट देशभर फैलिएको पौडेल बंशावलीले उल्लेख गरेको छ। उनीहरू आजभन्दा करिव ५ शय वर्ष पहिले मध्य पहाडबाट पाल्पा, पोखरा, रामेछाप हुँदै पूर्वको ताप्लेजुङ सम्म पुगेको विश्वास गरिएको छ। हाल भारतका विभिन्न राज्यहरू, भुटान, बर्मा लगायत विश्वका अन्य धेरै देशमा पौडेलको बसोबास रहेको पाइन्छ। नेपालमा पौड्याल, पौडेल लेखिन्छ भने भारतीय पौडेलहरूले चाहीं पौडवाल लेख्ने गरेका छन्। महाराष्ट्रमा पौडवालहरूको सङ्ख्या अत्यधिक छ।
कुल पूजाको परम्परा [सम्पादन गर्ने]
पौडेलहरूले बराहलाई कुलदेवताको रूपमा मान्छन्। यिनीहरू कुलपूजामा बलि नदिई खिर-रोटीले पुजा गर्छन्।
योगदान [सम्पादन गर्ने]
धेरै पहिलेदेखि राजनीति, प्राज्ञिक आदी क्षेत्रमा पौडेलहरूको उल्लेखनिय योगदान रहेको पाइन्छ। पौडेल परिवारका केही स्थापित नामहरू तल उल्लेख गरिएको छ।
- नेपालका प्रधानमन्त्री रङ्गनाथ पौडेल(१८३७-१८३८ इश्वी सम्वत) राजा राजेन्द्र विक्रम शाहको शासनकालमा
- कवि शिरोमणि लेखनाथ पौड्याल (१५ पौष १९४१ -२०११ विक्रम सम्वत)
- रामचन्द्र पौडेल (नेपाली काँग्रेसका नेता)
- राजाराम पौडेल (हास्य कलाकार)
- अनुराधा पौडवाल (हिन्दी पार्श्वगायक तथा भक्ति गीत गायिका)
- उषा पौडेल: (नायिका) पहिलो indigenous (आदिवासी?) नेपाली चलचित्र "मुना मदन" की अभिनेत्री
- ज्ञानुवाकर पौडेल (लेखक)
- अनुपराज पौडेल (पूर्व प्रधान न्यायाधिस)
- दिलिप कुमार पौडेल: पूर्व प्रधान न्यायाधिस,सर्वोच्च अदालत, नेपाल
- देवीराम शर्मा पौड्याल: पूर्व प्रमुख of नेपालको intelligence department
- Sanup पौडेल: नेपाली पप गायक
- सोनु पौडेल लक्स सुपरमोडेल २००६, नेपाल
- शिवहरि पौडेल हाँस्य कलाकार (नेपाल टेलिभिजनबाट प्रसारण हुने जिरे खुर्सानीका निर्देशक तथा निर्माता)
- डिजराज पौडेल -नेपाली गायक
पौडेलका बारेमा किम्बदन्तीहरू [सम्पादन गर्ने]
बागलुङ जिल्लाको छिस्ती गाउँ बिकास समितिमा सुनिए अनुसार रामभद्रका पांच भाई छोराहरू थिए। उनिहरू लछि, दामु, बर्मा, बिष्णु आदि नाम गरेका थिए भन्ने किम्बदन्ति छ ।
यो पनि हेर्नुहोस् [सम्पादन गर्ने]
पौडेलको बारेको विकिपेडियाको अंग्रेजी पृष्ठ
सिग्देल
अत्रि
बाहुन
Brahmin
Atri
स्रोत [सम्पादन गर्ने]
- पौडेल बंशावली २०३९, प्रकाशक दीनानाथ पौडेल
- पौडेल बंश प्रकाश २०५९