प्रजनन स्वास्थ्य

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कायरो सम्मेलन १९९४विश्व स्वास्थ्य संगठनका अनुसार प्रजनन स्वास्थ्य भन्नाले बिरामी वा रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट पूर्णरुपमा स्वस्थ्य रहनु हो साथै प्रजनन प्रणाली, यससको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु हो। मानिस प्रजनन रुपमा पुर्ण स्वास्थ हुनका लागि उसमा प्रजनन अंगहरु ठीक,सबल हुनुमात्र नभई प्रजनन तथा यौन सम्बन्धित मानसिकता, दृश्टिकोण,अवधारणा, सोच आदि पनि सकारात्मक हुनु जरूरी छ। त्यस्तै मानिस सामाजिक रुपमा पनि स्वस्थ हुनु जरुरी छ। अर्काको सम्मानमा ठेस पुग्नेगरी जिस्काउने, छुने, यौनहैरानि गर्ने कार्यलाई पनि प्रजनन अस्वास्थ्यताको संज्ञा दिेने गरिन्छ।

प्रजनन स्वास्थ्य भन्नाले मानिसका प्रजनन प्रणाली, प्रजनन अंगहरुको स्वास्थ्य, प्रजनन र यौनसम्बन्धी सम्पूर्ण विषयहरु भन्ने बुझाउँदछ । यस अन्तर्गत व्यक्तिहरुले ससुरक्षित र आनन्दमय यौन जीवनयापन गर्न सक्षम छन्, सन्तान जन्माउने क्षमता छ, सन्तान जन्माउने नजन्माउने, कहिले जन्माउने, कति समयमा जन्माउने भन्ने निर्णय गर्ने स्वतन्त्रता छ भन्ने कुराहरु पर्दछन् ।

प्रजनन स्वास्थ्यका तत्वहरु[सम्पादन गर्ने]

१.परिवार नियोजन
२.सुरक्षित मातृत्व
३.नवजात शिशु तथा बाल स्वास्थ्य स्याहार
४.गर्भपतनको कारणबाट उत्पन्न हुने समस्याहरुको रोकथाम तथा उपचार
५.यौन रोग संक्रमण र एचआईभीएड्स
६.बाँझोपनको रोकथाम तथा उपचार
७.किशोरकिशोरीहरुको प्रजनन् स्वास्थ्य
८.प्रौढ महिलाहरुको स्वास्थ्य
९.लैगिंकतामा आधारित हिंसा

प्रजनन स्वास्थ्यमा पर्ने सेवाहरु[सम्पादन गर्ने]

कुनै पनि जोडी वा दम्पतीले आफूले चाहेको परिवार नियोजनका विविध साधन र विधिहरुको निर्वाध छनोट एवं उपयोग गर्न पाउने अधिकार प्रजनन स्वास्थ्यभित्र पर्दछ । यसका साथै गर्भवती अवस्थामा कम्तीमा चार पटक भु्रणको जाच, कानुनी मापदण्ड अनुसारको गर्भपतन सेवा, वैज्ञानिक प्रसूति सेवा, संक्रमित आमाबाट गर्भमा रहेको शिशुमा एचआईभी सर्न रोक्ने विधि सेवा, मातृशिशु खोप एवं उपचार सेवा, सुत्केरीपछिको स्याहार र उपचार जस्ता सेवाहरुलाई प्रजनन् स्वास्थ्यले समेटेको हुन्छ ।

यौन तथा प्रजनन स्वास्थ्यले समेट्ने विषयहरु[सम्पादन गर्ने]

यौन तथा प्रजनन् स्वास्थ्य भ्रुण अवस्थादेखि मानिस नमरुन्जेलसम्म सम्बन्धित छ । जसले गर्दा यो प्रकृया मानव विकासकै कोशेढुंगा मानिएको हो। विभिन्न अध्ययनले देखाए अनुसार वयस्क व्यक्तिबीच सम्पर्क भए मात्र भु्रण स्वस्थ रहन्छ र सरल ढंगबाट स्वस्थ शिशु जन्मन्छ । युवा तथा किशोर अवस्थामा सुरक्षित र जिम्मेवारपूर्ण यौन व्यवहार नअपनाए विभिन्न समस्या झेल्नुपर्छ । जसबाट अनिच्छुक गर्भधारण, आफै गर्भपतन, पाठेघर खस्ने समस्या जस्ता शारीरिक कठिनाईहरु आउछन्। यौन तथा प्रजनन स्वास्थ्यले केवल शारीरिक सम्बन्ध वा बच्चाको जन्मसंग मात्र सम्बन्ध राख्दैन । यसले परिवार नियोजन, पाठेघर र प्रजननद्वार संक्रमण, एचआईभी, पाठेघर खस्ने समस्या, नवजात शिशुको हेर विचार, किशोर किशोरीहरुको स्वास्थ्य, मातृ स्वास्थ्य, वृद्धवद्धाको हेरचाह जस्ता बृहत विषयहरु समेट्दछ ।

यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार त्यतिखेर सुनिश्चित भएको मानिन्छ, जतिखेर कुनै पनि व्यक्तिमाथि उल्लेखित सवाल बारे पूर्ण एवं सहि जानकारी हुन्छ र समस्याहरुको उचित निदान पाएर सम्मानपूर्ण जीवनयापन गर्न सक्दछ ।(कार्य योजना,कायरो सम्मेलन १९९४)[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]