प्रतापसिंह शाह

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
प्रतापसिंह शाह
नेपालका राजा
शासनकाल १८३१ पौष २९ – १८३४ मंसिर ४
राज्याभिषेक १८३१ पौष ३०[१]
पुर्वाधिकारी: पृथ्वीनारायण शाह
उत्तराधिकारी: रणबहादुर शाह
जिवनसाथी: राजेन्द्र लक्ष्मी देवी शाह
माइजु रानी महेश्वरी देवी
वंश शाह वंश
बुवा: पृथ्वीनारायण शाह
आमा: नरेन्द्र राज्य लक्ष्मी देवी शाह
जन्म: १८०८ बैशाख ५
गोर्खा, गोर्खा राज्य (हाल:नेपाल)
मृत्यु: १८३४ मंसिर ४ (२६ बर्ष)
काठमाडौं, नेपाल
धर्म: हिन्दु

प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए । यिनको समयमा भुवनेश्वर, कविलासी, विजयपुर, तनहुँ , सुमेस्वर जस्ता ठाउँहरू नेपाल राष्ट्रमा गाभिएका थिए । वि.सं. १८३२ मा नेपाल-तिब्बत व्यापारमा वृद्धि गरे । २ वर्ष १० महिना करिब ३ वर्षको छोटो शासन अवधि बित्न नपाउँदै यिनको देहान्त भयो । यिनले सोच-विचार नै नगरी गद्दी ताक्ने आरोपमा भाई बहादुर शाह र दलमर्दन शाहलाई नजरबन्द राखे । बहादुर शाहलाई विश्वास गर्न नसक्नु यिनको ठूलो भूल थियो । पृथ्वी नारायण शाहको देहान्तपछि नेपालका राजा भएका थिए तर दुई वर्ष तीन महिनामा नै यिनको देहान्त भएपछि यिनका छोरा रण बहादुर शाहलाई राजा बनाई रानी राजेन्द्र लक्ष्मी र राजकुमार बहादुर शाहले नायब भई राज्य सञ्चालन गरेका थिए।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]



बाह्य लिङ्कहरू[सम्पादन गर्ने]