प्रतिभा सामुदायिक पुस्तकालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री प्रतिभा सामुदायिक पुस्तकालय भवन

प्रतिभा सामुदायिक पुस्तकालय कैलाली जिल्लाको गोदावरी नगरपालिका वार्ड नं १ अत्तरियामा अवस्थित सामुदायिक पुस्तकालय हो । यो पुस्तकालयले आफ्ना सबै सेवाहरू नि:शुल्क प्रदान गर्दछ ।

स्थापना एवं दर्ता[सम्पादन गर्नुहोस्]

यो पुस्तकालय २०५७ साल असोज ३० गते जिल्ला प्रशासन कार्यालय कैलाली (धनगढी) मा दर्ता गरीएको हो । त्यहाँको द.नं ४९९/०५७ हो । त्यसपछि २०७१ साल माघ २१ गते समाजकल्याण परिषद् काठमाण्डौ नेपालमा पनि दर्ता गरीएको छ । त्यहाँको स.क.प.आबद्घता नं ४०९१६ हो ।

पुस्तकालयका उदेश्यहरू[सम्पादन गर्नुहोस्]

  • पुस्तकालयमा आउने सबै पाठकहरु र संस्थाका आजीवन सदस्यहरू लाइ राजनीति, साहित्य, सङ्गीत, कला, धर्म, संस्कृति, कोर्श, लोकसेवा,कृषि ज्ञान, विज्ञान, दर्शनका तथा विविध फाँटका अन्य पुस्तकहरु नि:शुल्क पढ्न उपलब्ध गराउने ।
  • सवै तह र तप्काका पाठकहरूलाई निःशुल्करूपमा नयाँ तथा तथा छह महिना सम्मका पुराना राष्ट्रिय तथा स्थानीय पत्र–पत्रिकाहरू निःशुल्क पढ्न उपलब्ध गराउने |
  • यसक्षेत्रको लोप हुन लागेको विभिन्न भाषा–भाषिका, साहित्य तथा संस्कृतिको जगेर्ना गर्ने ।
  • बरिष्ठ साहित्यकार,कवि र लेखकहरुका जन्म जयन्ती मनाउने |
  • समय–समयमा कवीता, गीत ,गजल ,निवन्ध,कथा, ड्यौडा, चैत, धमारी, बाँचन कार्यक्रम तथा प्रतियोगीता समेत गराउदै नेपाली र डोटेली साहित्यको विकास र संवर्धनमा टेवा पुर्याउने |
मोती जयन्तीमा प्रभातफेरी निकालीदै

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]