प्रमोद खरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमोद खरेल
एसिसी टि-ट्वान्टी कप २०१३ क्रिकेट प्रतियोगितामा गीत गाउँदै प्रमोद खरेल
व्यक्तिगत विवरण
जन्म (1979-11-06) ६ नोभेम्बर १९७९ (उमेर ४४)
शोणितपुर, भारत
विधाआधुनिक सङ्गीत, पार्श्व गायक
पेशागायक, सङ्गीतकार, गीतकार
सक्रिय वर्ष(सन् १९९९ – हाल)

प्रमोद खरेल नेपाली आधुनिक तथा पार्श्व गायक हुन्। उनी नेपालको वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रूपमा परिचित छन्। खरेलले हालसम्म विभिन्न किसिमका २००० भन्दा बढी गीतहरू रेकर्ड गरिसकेका छन्।[१][२][३] सरगरमाथा म्युजिक अवार्ड २०७५ मा खरेलले सर्वोत्कृष्ट गायक (आधुनिक) विधाबाट अवार्ड प्राप्त गरेका थिए। खरेल धनगढी प्रिमियर लिगको दोस्रो संस्करणमा गुडविल राजदूत बनेका थियो। खरेल नेपाली वास्तविक टेलिभिजन कार्यक्रम द भोइस अफ नेपाल का निर्णायक पनि हुन्।[४][५]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

खरेलको जन्म वि.सं २०३७ साल कार्तिक १० भारतको शोणितपुर जिल्लामा बुवा बलभद्र खरेल र आमा विष्णु शर्मा खरेलको पहिलो सन्तानको रूपमा भएको थियो। खरेल सानैदेखि नेपाली गीत सङ्गीतमा रुचि राख्ने भएकाले उनले विभिन्न गायकहरूको थुप्रै नेपाली गीतहरू सुन्ने गर्थे। खरेलले वि.सं मा झापा स्थित हिमाली माध्यमिक विद्यालयबाट श्रेणीमा प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए। प्रवेशिका परीक्षामा उतिर्ण भइसकेपछि उनी माथिल्लो शिक्षाका लागि काठमाण्डौ आएका थिए। काठमाण्डौ आएपछि उनले आफ्नो अध्ययन र सङ्गीत कार्यकाललाई सँगसँगै लगेका थिए तर उनलाई अध्ययनका लागि समय छुट्याउन निकै गाह्रो गरेको थियो। खलेरले सन् १९९९ मा प्राप्ति नामम एक साङ्गीतिक सङ्गालो सार्वजनिक गरेका थिए।

साङ्गीतिक कार्यकाल[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवनी[सम्पादन गर्नुहोस्]

खारेलले सन् २००३ मा त्रिभुवन विश्वविद्यालयबाट रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए। उनले विगतमा पिरामिड कलेज र ह्वाइट गोल्ड कलेजमा प्रवक्ताको रूपमा काम गरेका थिए। [६][७][८][९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "प्रमोद खरेल: डाक्टर बन्ने सपना बिसाउँदै सङ्गीतमा रमाएँ", अनलाइन खबर 
  2. "डाक्टर बन्न आएका प्रमोदलाई एफएमले गायक बनायो", अनलाइन खबर, अन्तिम पहुँच २४ डिसेम्बर २०१८ 
  3. "क्लबमा हट प्रियाङ्कासँग प्रमोदले माया लाएपछि..(फोटो फिचरसहित)", अनलाइन खबर, अन्तिम पहुँच २४ डिसेम्बर २०१८ 
  4. "द भ्वाइस अफ नेपाल", बाह्रखरी डटकम 
  5. "द भ्वाइस अफ नेपालीको दोस्रो संस्करण अब शीघ्र प्रसारण हुँदै", कोशी अनलाइन  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२३ मिति
  6. "प्रमोद खरेल र अनिता चलाउनेको स्वरमा देउडा गीत", रिपोर्टर्स नेपाल (नेपालीमा), २५ डिसेम्बर २०१७, अन्तिम पहुँच २४ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २३ जुन २०१९ मिति
  7. "किन बाँचेका रहेछन् त प्रमोद खरेल?", लेकतन्त्र (नेपालीमा), अन्तिम पहुँच २४ डिसेम्बर २०१८ 
  8. "प्रमोद खरेल किन भन्दैछन् तिनिन उनैले", अन्तिम पहुँच २४ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २३ नोभेम्बर २०१८ मिति
  9. "गायक प्रमोद खरेल डिपिएलको गुडविल एम्बासेडर", विकेट नेपाल, २४ मार्च २०१८, अन्तिम पहुँच २४ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २३ जुन २०१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]