प्रयोगकर्ता:Ananda Ram Paudel

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेडियाको वजारवाद

             -आनन्दराम पौडेल \  anandarampaudel@yahoo.com


सधैं कार्यक्रमको व्यवस्थापन गर्दैआएकी बहिनीले कार्यक्रम सकिएपछि प्रश्न गरिन्, “हामीले जति गरेपनि किन मेडियाले स्थान दिंदैन ?” उनको प्रश्न भूईंमा झर्न नपाउँदै जवाफ आयो, “राज्यको ठूलो पदमा नियुक्ति पाएका व्यक्ति, अथवा मेडियाले नै प्रमोट गरेर ‘ठूलोबडो’ बनाइदिएका व्यक्तिलाइ कार्यक्रममा ल्याउने गर। अनिमात्र मेडियाले स्थान दिन्छ।” २०७१\ ०१\ ०६ गते भक्तपुरको रेडक्रस भवनको हलमा भएको विमर्श हो यो। कलेज र विश्वविद्यालयमा अध्ययनरत करिव ५० जना युवाहरु (बढी युवती)को समूहले हरेक महिना साहित्यिक विमर्श गर्दै आएका छन्। ललितपुर, काठमाडौं र भक्तपुरमा पालैपालो कायक्रम गर्दैजाँदा यस्पालि भक्तपुरमा आयोजना गरेका थिए। यस्को संयोजन शालिग्राम तिमल्सिनाजीले गर्नुहुन्छ। शालिग्राम तिमल्सिनाजी (मोवाइल नं ९८४९९३२६६०) ललित बहुमुखी क्याम्पस, लगनखेल ढाँचा:De(नमुना मच्छिन्द्र सँगै) मा प्राध्यापन गर्नुहुन्छ।ढाँचा:Deleta यो प्रश्नोत्तर सुनेर यो पङ्क्तिकारको मस्तिष्कमा एउटा प्रश्न खडा भयो – के मेडिया सर्वसाधारणबाट टाढिएको हो ?

      ३ बर्षअघि धुलिखेलमा मेडियाकै बिषयमा यस्तै प्रश्न सुनेको थिएँ। धुलिखेलमा एकजना रामक!ण्ठ माकजु हुनुहुन्छ। अस्ट्रियामै बसेर अध्ययन गर्नुभएछ। त्यहींकी महिलासँग विवाह भएछ। तर, उहाँले नेपालमै फर्कने निर्णय लिनुभएछ। नेपाल फर्केर आफ्नै सकृयतामा स्तरीय अस्पताल स्थापना गरेर सञ्चालन गरिराख्नुभएको रहेछ। उहाँको योगदानको कदर गरेर जनस्तरबाटै समारोह गरी रु.१० लाखको थैली भेटसहित सम्मान गरिएछ। माकजुको योगदान र जनताले प्रदान गरेको सम्मानलाइ मेडियाले समाचारयोग्य ठानेनछ। चितवनका किशोरचन्द्रजीले गरेको योगदानको बिषयमा पनि मेडियाको दृष्टिकोण यस्तै थियो। अहले त किशोरचन्द्रजीको देहावसान भैसक्यो। चेपाङ बालबालिकालाइ शिक्षादिक्षा दिने शर्तमा उहाँले अन्त्योदय हाईस्कुललाइ ४ बिघा जग्गा प्रदान गर्नुभएको थियो। करोड अधिक मूल्य पर्ने जग्गा दान दिने किशोरचन्द्र ढुङ्गानाजीको नाम अखबारको कुनै पन्नामा अटेन। यस्ता व्यक्तिहरुलाइ स्थान नदिने त छँदैछ, त्यतिले नपुगेर नेपाली मेडिया दाह्रा किट्दै दिलशोभा श्रेष्ठमाथि झम्टन पुग्छ। समाचारको शुरुमै (लीडमै) ‘यौन दुराचारी’ स्थापित गरेर समाचारको वाँकि अंशमा त्यसैलाइ पुष्टी गर्ने कसरत गर्छ। ‘यौन दुराचारी’ को आरोप २ घण्टापनि नठहरेपछि तत्कालै कोल्टे फेर्छ, र दिलशोभाले प्रशासनिक प्रकृयामा कहाँ-कहाँ त्रुटी गरेकी छिन् भनेर खोतल्न थाल्छ।  
    मेडियाले सर्वसाधारणलाइ तिरस्कार गर् यो  भनेर टिप्पणि भैरहेकै बेलामा विदेशी सरकारले नेपाली मेडियालाइ धनरासी प्रदान गर्नेगरेको बिषय चर्चामा आएको छ। अखबारको वजार प्रवर्द्धन गर्ने नाममा एउटा प्रिन्ट मेडियाले रु. ६ करोड लिएको दशिप्रमाण संसदमा पेश भएको छ। उत्पादनका क्षेत्रमा विदेशी लगानी भित्र्याउनको लागि आतुर रहेको राष्ट्रले समेत् मेडियामाचाहीं विदेशी लगानीलाइ निषेध गरेको यो स्थितिमा विदेशी राष्ट्रले भित्रभित्रै मेडियालाइ लगानी गरिरहेको तथ्य जनतालाइ पचाउन गाह्रो परेको देखिन्छ। अरुका बिषयमा खोतलि-खोतलि प्रकाशमा ल्याउने मेडियाले आफ्नो बिषयमा भने पारदर्शी हुन नसकेको भनेर प्रश्नचिन्ह लागेको छ। पारदर्शी नभएकोले यस्तो लगानी कहिलेदेखि भैरहेको थियो,  र अरु कुन-कुन मेडियामा यसरी भित्रभित्रै लगानी भैरहेको होला भनेर प्रश्नहरु उठेका छन्। हामी सबैलाइ थाहा छ, मेडियाले सोझै र तत्कालै आर्थिक प्रतिफल दिंदैन। तैपनि, विदेशी सरकारले यहाँका मेडियामा लगानी गरिरहेछन् र त्योपनि जनताले थाहा नपाउनेगरी भित्रभित्रै गरिरहेछन्। योपनि कौतुहलको बिषय बनेको छ। 
       ५० बर्ष अघिसम्म समाज परिवर्तनको कारकतत्वमा उत्पादनसम्बन्ध ( उत्पादनमा पहुँच, अवसर र स्वामित्व) लाइ लिइन्थ्योभने वीशौं शताव्दीको अन्त्यतिर आइपुग्दा मेडियाले पनि सशक्त स्थान लिएको छ। हिजोसम्म लगानी, निर्माण र वितरण मात्र उत्पादनका आयाम थिए। जनजीवनमा मेडियाले जवर्जस्त स्थान प्राप्त गरेसँगै आर्थिक कारोबारमा पनि मेडियाले आफ्नो भूमिका बनायो। मेडियाकै कमाल हो कि, आइफोन वा सामसुङ ग्यालेक्सी मोवाइलको नयाँ संस्करण वजार प्रवेश गर्नुभन्दा ३ महिना अघिबाटै यस्का खरिददारको अपार हूल आतुरतापुर्वक प्रतिक्षारत भैसकेका हुन्छन्। यो भनेको वजारिकरण-कला हो। सामगृको उत्पादन अगावै मागको उत्पादन गरिदिने भएकोले मेडिया आर्थिक कारोबारको अभिन्न अङ्ग हुनपुग्यो। माग उत्पादनको लागि मात्र हैन, त्यस्को सँगसँगै वजार विस्तार र वजारमाथि एकाधिकार प्रभुत्व जमाउनको लागि समेत् मेडिया कारगर अस्त्र साबित भयो। राजा-महाराजाको सवारी चलाउनुअघि रेकी टोली गएजस्तै मेडियाले निर्माण गरिदिएको फिल्डमा उत्रेर मल्टीनेशनल कम्पनिहरुले आफ्नो वजार विस्तार गर्न थाले। उत्पादनमा प्रभुत्व कायम राखेका विकसित देशहरुले मेडियामा आफ्नो पकड राख्न खोज्नुको एउटा कारण यो वुझ्न सकिन्छ।
      दोश्रो विश्वयुद्ध पश्चात् उर्लेर आएको राष्ट्रिय स्वाभिमान र आत्मसम्मानको लहरले उपनिवेशको सम्भावनालाइ निमिट्यान्नै पारिदियो। मिलिटरी शक्ति प्रयोग गरेर अरु मुलुकलाइ कब्जामा राख्न नसकिने भएपछि ती राष्ट्रलाइ आफ्नो प्रभावमा राख्न उपनिवेशवादी राष्ट्रहरुले वैकल्पिक उपाय अपनाउन थाले। यस्को लागि दुइटा अस्त्र सँगसँगै प्रयोगमा ल्याइए। भाषा, विचार र संस्कृतिको विश्व्यापिकरण एउटा ब्रह्मास्त्र भयो। अविकसित देशको अर्थतन्त्रमा प्रभाव पार्न विश्व बैंक, एशियन बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता वित्तीय संस्थाहरु मार्फत् नीतिनिर्माणमै हस्तक्षेप गर्नथाले। यो अर्को सफल अस्त्र साबित भयो। वजार कब्जा, विचार-संस्कृतिको अनुकुलन र राज्यको नीतिनिर्माणमा हस्तक्षेप गर्नको लागि मेडियाले वातावरण निर्माण गरिदिने भयो। जनताले थाहापत्तै नपाउनेगरी, सट्याकसुटुकमै मेडियामाथि लगानी खन्याउनुको तात्पर्य यत्तिभित्रै भेटिन्छ। 
              हुन त प्रोफेसर रेमण्ड विलियम्सले धेरै बर्षसम्म क्याम्ब्रिज र स्टेनफोर्ड विश्वबिद्यालयमा राजनीतिशास्त्र पढाए। तर, पछि जव उनले मेडियामाथि केन्द्रित रहेर अध्ययन, अनुसन्धान गरे, तब उनका अभिव्यक्ति, लेख र पुस्तकलाइ विचारोत्तेजक मानियो  र विश्वचर्चित भयो। सञ्चारमाध्यमका वर्गचरित्रमा केन्द्रित रहेर लेखिएको एउटा कृतिमा उनले भनेका छन्, “पूँजीवादी समाजको हित अनुकूल जनतालाइ शिक्षित गर्नका लागि निरन्तर चलिरहेको प्रयासहरुको केन्द्रीय सिद्धान्त यही नै होकि केहीले वहुसंख्यकलाइ नियन्त्रित र प्रशिक्षित गर्न समर्थ होउन्।” यही प्रयास र प्रयत्नको फलस्वरुप समाज र राज्यसँग मात्र हैन, आपसी मानवीय सम्बन्धसमेत् अब केवल सत्ता, सम्पत्ति र उत्पादन सम्बन्धमै सीमित रहन पुगेको छ। मानवीय मूल्यहरु असान्दर्भिक भएका छन्। जनजीवन यो ढाँचामा ढल्दै गएकोले आधुनिक सञ्चारमाध्यम पनि सूचना मार्फत् जनतालाइ दिशावोध गराउने जिम्मेवारीबाट मुक्त भएको छ। यो भारी बिसाएर, विशुद्ध रुपमा राजनीतिक र व्यावसायिक लाभको लागि प्रयोग हुन थालेको छ। फरक केवल यत्ति मात्रै परेको छकि लोकतन्त्रको सामाजिक प्रयोगहरु मेडिया कवरेजको दायराबाट बाहिरिएको छ। मेडिया कवरेजको दायराबाट किन बाहिरिएको छभने यो तप्का वजारबाट अलि टाढाछ। 
         ठीक ७ बर्षअघि विश्वप्रसिद्ध भारतीय साहित्यकार अमृता प्रीतमजीको देहावसान भएको थियो। त्यसबेला २-३ दिनसम्म हामीले हे-यौं, भारतीय मेडियाले यो घटनालाइ खबरयोग्य ठानेन। त्यो दिन एउटी विश्वसुन्दरीको जन्मदिन परेको थियो। उनको जन्मदिवसलाइ धेरै भारतीय न्युजच्यानलले कभरेज गरिरहेका थिए। एउटा टिभीले त ठूलै महोत्सव होकि झैं गरी आधा घण्टासम्म देखाइरहेको थियो। तर,अमृता प्रीतमजीको निधनको समाचारलाइ भने एउटा न्युजच्यानलको फुटेजमा बाहेक कसैले स्थान दिएन। केरलकी एउटी महँगी ‘कलगर्ल’ को आत्मकथा प्रकाशन भएको १० दिनमै विक्रि भएको बिषयमा फिल्मी हिरो र हिरोइनहरुको प्रतिकृयासहित कार्यक्रम बनाएर एउटा न्युजच्यानलले पौनेघण्टासम्म प्रशारण गरिरहेको थियो। यस्बाट हामीले वुझ्नुपर्छ, विश्वसुन्दरी केटीको जन्मदिनमा टिभीहरु किन झुम्मिएभने उनी वजारसँग जोडिएकी छिन्। अमृता प्रीतमतिर किन फर्किएनभने अमृताजी वजारबाट टाढा हुनुहुन्छ। 
     मेडियाको वजारवाद खतरनाक छ। कुनैपनि बिषयमा सर्वप्रथम उस्ले त्यो घटना, कार्यक्रम र व्यक्तिको वजारमूल्य छकि छैन भन्ने मानक र कसौटीमा हेर्छ। कार्यक्रम भित्रैपनि त्यस्तो अनुहार खोज्छ जस्को वजारमूल्य छ। वजारमूल्य नभएका र वजारमूल्य कम भएका कार्यक्रम, घटना र व्यक्तिहरु स्वत छँटाइमा पर्दैजान्छन्। अखीरमा के हुन्छभने लोकतन्त्रको चौथो स्तम्भसँग सर्वसाधारणको लागि स्थान वच्दैन। राज्यले ठूलो पदमा विराजमान गराइदिएका र मेडियाले उचालेका ‘ठूलोबडो’ हरुसँग सर्वसाधारणको लागि समय हुँदैन। 

२०७१\ ०३\ ३०