प्रयोगकर्ता:Kpdhungana

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विक्रम सम्वत् २०३७ बैशाख ९ गते सिन्धुपाल्चोक जिल्ला तालामाराङ गाविस वडा नम्बर २ मा जन्मीएका ढुंगाना अहिले स्थायि रुपमै काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन्। श्री शारदा माध्यामिक विद्यालयमा कक्षा १ देखी एसएलसीसम्म अध्ययन गरेका उनले समाजशास्त्र र नेपाली विषयमा स्नातक गरेका उनी अहिले एलएलवी अध्ययनरत छन्। प्रविणता प्रमाण पत्र तह रत्न राज्य लक्ष्मी क्याम्पसमा अध्ययन गरेका उनले स्नातक त्रिचन्द्र कलेजवाट उर्तिण गरेका हुन। उनी हाल नेपाल ल क्याम्पसमा कानुनको स्तातक अध्ययन गरिरहेका छन्। पत्रकारीतामा मिडियाप्वाईन्ट इन्टीच्युटवाट एक वर्षिय स्नातक अध्ययनगरेका उनी २०५९ वाट व्यवसायिक पत्रकारीतामा प्रवेश गरेका हुन। राजधानी राष्ट्रिय दैनिकवाट व्यवसायिक यात्रा शुरु गरेका उनले स्वतन्त्र समाचार सेवा,नयां पत्रिकाहुंदै हाल नागरिक दैनिकमा कार्यरत छन्। प्रारम्भमा स्थानिय सरोकारको विषयमा समाचार संकलन शुरु गरेका उनले राजनीति र प्रशासनिकहुंदै अपराध सम्बन्धी समाचार संकलन गरिरहेका छन्। ढुंगानाले २०६१ वाट व्लगिगं शुरु गरेका हुन। राजनीतिक उचार चढावसंगै तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनीतिक अधिकारसंगै वाक तथा प्रकाशन अधिकारमा समेत हस्तक्षेप गरेपछी उनी व्लगीगंको दुनियामा प्रवेश गरेका हुन। उनी हाल हाम्रोब्लग मार्फत ब्लगगिगंको अभ्यास गरिरहेका छन्। अध्ययनमा ननफिक्सनमा बढी रुची राख्ने उनी राम्रो ब्यक्ति बन्नेमा भन्दा पनि असल ब्यक्ति बन्न प्रयत्नशिल छन् ।