प्रशान्त तामाङ
नेपाली विकिपीडियाबाट
प्रशान्त तामाङ भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण गरिएको "ईण्डियन आइडल" नामक कार्यक्रममा विजयी हुने प्रथम नेपाली मूलका भारतीय नगरिक हुन ।[१] उक्त कार्यक्रमामा भाग लिने उनि पहिला भारतीय प्रहरिका जवानपनि हुन । प्रशान्तका पिताको प्रहरिमै रहेक बेला सवारी दुर्घटनामा निधन भएपछी उनलाई कोलकाता प्रहरिमा उक्त जागिर गर्ने अवसर प्राप्त भएको हो । प्रशन्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भयो र प्रशान्तको घरमा हजुरआमा, आमा र एक बहिनी छन । जिन्दगीमा कहिलेपनि औपचारिक रूपमा संगीतको शिक्षा हासिल नगरेकाप्रशान्तले प्रहरिमा अकेस्ट्रामा भाग लिने गर्थे । [२] शान्त स्वभाबका प्रशान्तले साथीहरुको अनुरोधमा ईण्डियना आइडलको कोलकाता अडिशनम भाग लिएका थिए जहाँबाट उनको सफलताको यात्रा सुरु भयो । [३]
आइडलका निर्णयकहरु अनु मलिक, जावेद अख्तर, अलिशा चिनाइ र स्वयम उदित नारायणको पनि कार्यक्रम अवधिभर खासै प्रसंशा नपाएका प्रशान्तले रातारात नाम्, ख्याती र प्रतिष्ठा कमाएको कारण आज उनि भारतमा मात्रै नभएर नेपाल लगायत अन्य मुलुकम पनि उत्तिकै प्रसिद्ध भएका छन । सोनी टिभी सँगको एक करोडको करार, एक कार र आफ्नै एल्बम बनाउने मौका मात्र नभएर प्रशान्तले एउटा सिङै उत्पीडित र अपहेलित वर्गको शिर ठाडो पारिदिएकाले उनको प्रसंशकहरु थप हौसिएका हुन । प्रशान्त्ले अक्टुबर्को पहिलो साता नेपालको काठमाडौ र पोखरामा आफ्नो कार्यक्रम प्रस्तुत् गरे ।