प्राथमिक उपचार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचारलाई बुझिन्छ । प्राथमिक उपचार भनेको प्रथम उपचार अथवा सुरुमा गरिने उपचार हो । कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामाग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ । दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो । प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रुपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ ।

प्राथमिक उपचारका सिद्धान्तहरू[सम्पादन गर्ने]

  1. सुरुमा बिरामीको श्वासप्रश्वास छ कि छैन हेर्नु पर्छ । बिरामीलाई सास फेर्न गाह्रो भएको नभएको जाँच गर्नु पर्छ ।
  2. भीडलाई घाइतेको वरिपरि झुम्मिन दिनुहुदैन । घाइतेलाई ताजा र स्वच्छ हावा आवश्यक हुन्छ ।
  3. सकेसम्म छिटो शरीरमा लागेका चोटपटकहरूको पहिचान गर्नुपर्छ । यस्तो समयमा प्राथमिक उपचार गर्ने मानिस आत्तिनु हुदैन ।
  4. यदि बिरामीको सास रोकिएको छ भने तुरुन्तै कृतिम श्वासप्रश्वास दिनुपर्छ ।
  5. घाउचोट लागेको ठाउँबाट धेरै रगत बगिरहेको छ भने रगत रोक्नु पर्छ ।
  6. घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था लाने व्यवस्था गर्नुपर्छ । त्यसको लागि यातायातको व्यवस्था गर्नुपर्छ ।
  7. घाइतेलाई न्यानो बनाइराख्नु पर्छ, अनावस्यक रुपमा चलाइरहनु हुदैन । घाइतेलाई सजिलो अवस्थामा राख्नुपर्छ ।
  8. घाइतेलाई नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सकेसम्म छिटो पु¥याउनुपर्छ ।
  9. गम्भीर घटनाहरूको बारेमा प्रहरीलाई जानकारी गराउनुपर्छ ।

प्राथमिक उपचारका उद्देश्यहरू[सम्पादन गर्ने]

  1. घाइतेको ज्यान बचाउनको लागि प्राथमिक उपचारको आवश्यकता हुन्छ । हामीले अंग्रेजीको ब्द्यऋम् लाई ध्यानमा राखेर प्राथमिक उपचार गर्नुपर्छ ।
  2. A–Airway (श्वासनली)
  3. B–Breathing (श्वासप्रश्वास)
  4. C–Circulation (रक्तसञ्चार)
  5. D–Deformity (चोटपटक)
  6. E–Environment (वातावरण)
  7. घाइतेको अवस्था झन बिग्रन नदिने
  8. घाइतेको दुखाई कम गर्न र घाइतेलाई सजिलो अवस्थामा राख्ने
  9. तुरुन्त निकोपार्ने
  10. घाइतेलाई यातायातको व्यवस्था गरेर तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा पुर्याउने
  11. बिरामीलाई आश्वासन दिने र कमजोर हुनबाट बचाउने

प्राथमिक उपचार विधिहरू[सम्पादन गर्ने]

☼ अवस्थाको अवलोकन

आँखाले हेर्ने[सम्पादन गर्ने]

–बिरामीले सास फेरेको छ कि छैन हेर्ने
–बिरामी नीलो भएको छ कि छैन हेर्ने
–घाइतेको शरीरको कुनै भाग सुन्निएको, रगत लागेको तथा क्षतिग्रस्त भएको छ कि छैन भनेर निरीक्षण गर्ने
–घटनस्थलको निरीक्षण गरी वरपर बोतल, औषधी तथा अन्य रासायनिक पदार्थका भाँडा तथा प्याकेटहरू भए नभएको पत्ता लगाउने
–बिरामी कत्तिको होसमा छ याद गर्नुपर्छ

कानले सुन्ने[सम्पादन गर्ने]

–घटनास्थलमा उपस्थित मान्छेहरूसँग घटनाको बारुमा जानकारी लिने
–सास फेरेनफेरेको आवाज सुन्ने
–यदि बिरामी होसमै छ भने बिरामीसँग पनि घटनाको बारेमा सोधपुछ गर्ने कतै दुखेको छ कि, कस्तो छ भनेर सोध्ने

नाकले सुघ्ने[सम्पादन गर्ने]

–घाइतेको मुख तथा वरपरबाट कुनै गन्ध आइरहेको छ कि छैन पत्ता लगाउने

छोएर जाँच गर्ने[सम्पादन गर्ने]

– बिरामीलाई टाउकोदेखि खुट्टासम्म सरसर्ती जाँच गर्ने

  1. चिकित्सक अथवा तालिम प्राप्त स्वास्थ्यकर्मी नआएसम्म बिरामीलाई सहयोग गर्नुपर्छ ।
  2. आफू नआत्तिकन जिम्मेवारी निभाउनुपर्छ ।
  3. आवस्यकता अनुसार घटनास्थलमा उपलब्ध अन्य मानिनसहरूको पनि सहयोग लिनुपर्छ ।
  4. घाइतेको सुरक्षा गर्नुपर्छ
  5. घाइतेको अवस्था अनुसार तुरुन्त उपचार दिने
  6. घाइतेलाई छिटो भन्दा छिटो यातायातको व्यवस्था गरेर अस्पताल वा स्वास्थ्य संस्थामा पुर्याउने ।[१]

सन्दर्भ सामाग्रीहरु[सम्पादन गर्ने]