प्राभ्दा
नेपाली विकिपीडियाबाट
प्राभ्दा ('सत्य') - रुसी बोल्सेविक पार्टीको वैधानिक दैनिकपत्र । यस अखबारको पहिलो अङ्क सन् १९१२ को ५ मई को दिन पिटर्सबर्गमा प्रकाशित भएको थियो । मजदुरहरूले जम्मा गरेको चन्दाबाट यो अखबार छापिन्थ्यो । त्यसको प्रत्येक संस्करण ४० हजार थानसम्म पुग्दथ्यो भने कुनै अङ्क त ६० हजार थानसम्म पनि विक्री हुन्थ्यो । भ्ला.इ. लेनिनले 'प्राभ्दा' अखबारको प्रकाशनलाई पिटर्सबर्गमा मजदुरहरूको महान् युगान्तरकारी कार्य भन्ने नाम दिनभएको थियो । 'प्राभ्दा' अखबारले जनाततै आम जन-समुदायसँग बोल्सेविक पार्टीको सम्बन्ध कायम गरिदिएको थियो । यस अखबारको वरिपरि असङ्ख्य मजदुर सम्वाददाताहरू एकबद्ध भएका थिए । भ्ला.इ. लेनिनले 'प्राभ्दा' को नेतृत्व गर्नुभएको थियो । उहाँ प्रायः हरेक दिन नै यस अखबारको लागि लेख्नुहुन्थ्यो, यसको सम्पादनालयलाई निर्देशन दिनुहुन्थ्यो र यस अखबारमा संघर्ष र क्रान्तिको भावनाले भरपूर सामग्रीहरू प्रकाशित होऊन् भन्ने हेतुले सदा प्रयत्नशील रहनुहुन्थ्यो । 'प्राभ्दा' अखबारले निरन्तर पुलिसको तर्फबाट खेदोको सामन गर्नुपरेको थियो । सन् १९१४ को जुलाई महिनामा गएर यो अखबार बन्द गरियो । सन् १९१७ को फरवरी महिनामा सम्पन्न भएको पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपछि मात्र यो अखबार फेरि प्रकाशित हुन थाल्यो । पुँजीजीवी अस्थायी सरकाले पनि खेदो खन्न थालेको हुनाले कैयौंपल्ट अखबारको नाउँ समेत फेर्नुपरेको थियो । सन् १९१७ को महिनादेखि यो अखबार फेरि आफ्नो पुरानै 'प्राभ्दा' नाउँबाट प्रकाशित हुन थाल्यो ।[१]
[परिवर्तन्] स्रोतहरू
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४७७-४७८

