प्लासीको पहिलो युद्ध

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


प्लासीको युद्ध
सप्त वर्षीय युद्धको भाग
Clive.jpg
लर्ड क्लाइव मीर जाफरसँग युद्ध पछि भेट्दै,
तिथि 23 जून 1757
स्थान पलासी, पश्चिम बंगाल, भारत
परिणाम ब्रिटिश इस्ट इण्डिया कम्पनीको निर्णायक विजय
क्षेत्रीय
बदलाव
बंगालमा ब्रिटिश इस्ट इण्डिया कम्पनीको कब्जा
योद्धा
ब्रिटिश ईस्ट इंडिया कम्पनी सिराज उद्दौला (बंगालका नवाब ),
फ्रेंच ईस्ट इंडिया कम्पनी
सेनानायक
कर्नल रबर्ट क्लाइव
(त्यस पछि बंगालका राज्यपाल एवं पलासीका बैरन)
मीर जाफर (नवाबको कमांडर),
सिनफ्रे (परिषदको प्रांसीसी सचिव)
शक्ति/क्षमता
950 यूरोपीय सैनिक,
2,100 भारतीय सिपाही,[१]
100 आर्टिलरी,[१]
9 तोपें (आठ six-pounders and a howitzer)
50,000 soldiers initially (but only 5,000 of them participated in battle),a
53 cannons
मृत्यु एवं हानि
22 killed
(7 Europeans, 16 natives),
53 wounded
(13 Europeans and 36 natives)[तथ्य वांछित]
500 मृत एवं हताहत
a Out of the initial 35,000 infantry and 15,000 cavalry, 45,000 of them were withheld by Mir Jafar, leaving 5,000 men to participate in the battle.[१]

प्लासीको युद्ध २३ जून १७५७मा मुर्शिदाबादको दक्षिणमा २२ मील टाढा नदिया जिल्लाहरूमा गंगा नदीका किनारा 'प्लासी' नामक स्थानमा भएको थियो। यस युद्धमा एका तिर ब्रिटिश ईस्ट इंडिया कम्पनीको सेना थियो त दोस्रो तिर थियो बंगालको नवाबको सेना। कम्पनीको सेनाले रबर्ट क्लाइवको नेतृत्वमा नबाव सिराजुद्दौलालाई हराई दिइएको थियो। तर यस युद्धलाई कम्पनीको जित मान्न सकिदैन किनकि युद्धभन्दा पूर्व नैं नवाबको तीन सेनानायक, उनको दरबारी, तथा राज्यको अमिर सेठ जगत सेठ आदिसँग कलाइवले षडयन्त्र गरेका थिए। नवाबको त पुरै सेनाले युद्धमा भाग पनि लिेको थिएन युद्धको ततकाल पछि मीर जाफरको छोरा मीरनले नवाबको हत्या गरि दिएका थिए। युद्धलाई भारतको लागि धेरै दुर्भाग्यपूर्ण मानिन्छ यस युद्धबाट नैं भारतको दासताको कथा शुरू हुन्छ।

ब्रिटिश उदय[सम्पादन गर्ने]

यस युद्धबाट कम्पनीलाई धेरै लाभ भयो उनीहरू व्यापारको उदेश्यले आएका थिए तर बने राजा। यस युद्धबाट प्राप्त संसाधनहरूको प्रयोग गरेर कम्पनीले फ्रान्सको कम्पनीलाई कर्नाटकको तेस्रो र अन्तिम युद्धमा निर्णायक रूपबाट हराई दिइएको थियो। यस युद्ध पछि बेदराका युद्धमा कम्पनीले ड्च कम्पनीलाई हराको थियो| कम्पनीले यसपछि कठपुतली नवाब मीर जाफरलाई सत्ता दियो तर यो कुरा कसैलाई पनि थाहा थिएन कि सत्ता कम्पनीको साथ छ। नवाबको दरबारीयासम्म उनलाई क्लाइवको गधा भन्थे कम्पनीका अधिकारीहरूले जमेर घुस जम्मा गरी बंगालको व्यापार पुरै तबाह भएको थियो यस बाहेक बंगालमा पुरै अराजकता फैलिएको थियो।

युद्धका कारण[सम्पादन गर्ने]

  • कम्पनी कुनै पनि अबस्थामा आफ्नो व्यापारिक हितको रक्षा र त्यसको विस्तार चाहन्थ्यो।
  • कम्पनी १७१७मा प्राप्त भएको दस्तक पारपत्रको प्रयोग गरेर अवैध व्यपार गरिरहेको थियो जसबाट बंगालका हितहरूलाई नोकसान हुदथ्यो।
  • नवाबले थाहा पाईसकेका थिए कि कम्पनी मात्र व्यपारी थिएनन उनको हजुरबुवा अलिवार्दी खानले मर्नु भन्दा पहिले उनलाई छशियार गरेका थिए।
  • १७५६को सन्धि नवाबले मजबुरीमा गरेका थिए जसबाट उनी अब मुक्त हुनु चाहन्थे कम्पनी खुद यस्तो शासक चाहन्थे जो उनीहरूको हितहरूको रक्षा गरोस।
  • मीर जाफर, अमिचंद, जगतसेठ आदि आफ्नो हितहरूको पूर्तिको उदेश्यले कम्पनीसँग मिलेर जाल बिछाउनेमा लागे।

ब्रितिश अप्ने विकसको लागि यो जल बिच्हने लगि शन्कर सिन्घ बिकनेरका धवर यो लेख गय छ ९६६२३९३७२३

कम्पनीलाई भएका लाभ[सम्पादन गर्ने]

  • भारतका सबै भन्दा सम्रध तथा घना बसाई भएको भागबाट व्यापार गर्नको एकाधिकार।
  • बंगालका शशकमा भरी प्रभाव किन भने उनीहरूलाई सत्ता कम्पनीले दिएका थिए यस स्थितीको लाभ उठार कम्पनीले अप्रत्यक्ष सम्प्रभु जस्तो व्यवहार शुरू गरे।
  • बंगालका नवाबबाट नजराना, भेंट, क्षतिपूर्तिका रूपमा ठूलो धन वसूली।
  • एक सुनिश्चित क्षेत्र २४ परगनाको राजस्व पाउन थाले
  • बंगाल माथि अधिकार तथा एकाधिकारी व्यापारबाट यति धन सम्पति मिल्यो कि इङ्गल्याण्डबाट धन मगाउने आवश्यकता रहेन, यस धनलाई भारतको बाहेक चीनसँग भएको व्यापारमा पनि लागाएइयो
  • यस धनबाट सैनिक शक्ति गठित गरियो जसको प्रयोग फ्रान्स तथा भारतीय राज्यहरूका विरूद्ध गरियो
  • देशबाट धन निष्काष्न शुरू भयो जसको लाभ इङ्गल्याण्डलाई भयो त्यस धनको निवेशबाट नैं औधोगिक क्रान्ति शुरू भएको थियो

भारतीय राजनीतिमा परेको प्रभाव[सम्पादन गर्ने]

यस घटनाबाट एकटा नयाँ राजनैतिक शक्तिको उदय भयो। कम्पनीको हित राजनीतिसँग जोडियो र उ प्रभुत्व प्राप्तिमा जुटयो। मुगल साम्राज्यको दुर्बलता पनि प्रष्ट भयो। कम्पनीलाई भारतका शासक वर्गको चरित्र, फूट पता लाग्यो।

परिचय[सम्पादन गर्ने]

अङ्ग्रेजहरूलाई भारतमा व्यापार गर्नको अधिकार जहाँगीरले १६१८मा दिइएका थिए र १६१८ देखी लिएर १७५० सम्म भारतका अधिकांश रजौटाहरूलाई अङ्ग्रेजहरूले छलकपटबाट कब्जामा लिएको थियो। बंगाल तीबाट त्यो समयसम्म अछुतो थियो। र त्यो समय बंगालको नवाब थिए सिराजुदौला। धेरै नैं राम्रो शासक थिए, धेरै संस्कारवान थिए। मतलब राम्रा शासकको सबै गुण उनमा मौजूद थियो। अङ्ग्रेजहरूको जुन सुत्र थियो ती आधारमा उनीहरू उनको नजीकै गए पनि व्यापारको अनुमति माग्नको लागि गए तर सिराजुदौलाले कहिल्यै पनि तिनीहरूलाई यो इजाजत दिएनन किन भनें उनको हजुबुबाले उनलाई यो बताएका थिए कि सबैमा भरोसा गर्नु तर गोरहरू माथि कहिल्यै पनि नगर्नु र यो कुरा उनको मनमा संधै रह्यो यसैले उनले अङ्ग्रेजहरूलाई व्यापारको इजाजत कहिल्यै दिएनन। अङ्ग्रेजहरूले धेरै पटक बंगालमा हामला गरे तर सधै हारे। म यहाँ स्पष्ट गर्दछु कि अङ्ग्रेजहरूले कहिल्यै पनि युद्ध गरेर भारतमा कुनै राज्यलाई जितेको थिएन उसले संधै छल र षड्यन्त्रबाट यो काम गर्दथे। त्यस समयको बंगाल जुन थियो त्यो धेरै ठूलो राज्य थियो जसमा शामिल थियो आजको प. बंगाल, बिहार, झारखण्ड, उडीसा, बंग्लादेश, पूर्वोत्तरको सात राज्य र म्यांमार (बर्मा)।

यस युद्धको जानकारी लन्दनको इंडिया हाउस लाइब्ररीमा उपलब्ध छ जुन धेरै ठूलो लाइब्ररी हो र त्यहा भारतको गुलामीका समयका २० हजार दस्तावेज उपलब्ध छ। त्यहा उपलब्ध दस्तावेजका हिसाबबाट अङ्ग्रेजहरूको साथ प्लासीको युद्धको समय मात्र ३०० सिपाही थिए र सिराजुदौलाको साथ १८ हजार सिपाही।

अङ्ग्रेजी सेनाको सेनापति थियो रोबर्ट क्लाइव र सिराजुदौलाको सेनापति थियो मीरजाफर। रोबर्ट क्लाइव यो जान्दथे कि आमने साम्ने युद्ध भयो भने एक घण्टा पनि लाग्ने छैन र हामी युद्ध हार्ने छौ र क्लाइवले धेरै पल्ट चिठ्ठी लेखेर बेलायती संसदलाई यो बताएको पनि थियो। यी दस्तावेजहरूमा क्लाइवको दुई चिठ्ठि पनि छन। जसमा उनले यो प्रार्थना गरेको छ कि यदि पलासीको युद्ध जित्नु छ भने मलाई अरु सिपाही दिईयोस। त्यसको जवाबमा बेलायती संसदको तर्फबाट यो चिठ्ठी पठाईएको थियो कि हामी अझै(१७५७ मा) नेपोलियन बोनापार्टको विरुद्ध युद्ध लडिरहेका र पलासीभन्दा धेरै महत्वपूर्ण हाम्रा लागि यो युद्ध हो र यसभन्दा धेरै सिपाही हामी तिमीलाई दिन सक्दैनौ।

रोबर्ट क्लाइवले तब आफ्नो दुई जासूस लगाए र उलाई भने कि गएर पता लगाउ कि सिराजुदौलाको फौजमा कुनै यस्तो मानिस छ जसलाई हामी घुस दिन लालच दिन र घुसको लालचमा आफ्नो देशसँग गद्दारी गर्न सकोस। उनको जासूसहरूले यो पत्ता लागाएर बताए कि हो उनको सेनामा एउटा मानिस यस्तो छ जो घुसको नाममा बंगाललाई बेच्न सक्दछ र यदि तपाईले उसलाई कुर्सीको लालच दिनु भयो उसले बंगालको सात पुस्ताहरूलाई पनि बेच्न सक्दछ। र त्यो मानिस थियो मीरजाफर, र मीरजाफर यस्तो मानिस थियो जो दिन रात एउटै सपना देख्थ्यो कि उ कहिले बंगालको नवाब बन्नेछ। यो कुरा रोबर्ट क्लाइवलाई थाहा भयो तब उनले मीरजाफरलाई एक पत्र लेखे।

सन्दर्भ[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ Paul K. Davis (1999). 100 Decisive Battles: From Ancient Times to the Present, p. 240-244. Santa Barbara, California. ISBN 1-57607-075-1.

विस्तृत पठन[सम्पादन गर्ने]

  • Chaudhury, S. The Prelude to Empire; Palashi Revolution of १७५७,, New Delhi, २०००.
  • Datta, K.K. Siraj-ud-daulah,, Calcutta, १९७१.
  • Gupta, B.K. Sirajuddaulah and the East India Company, १७५६-१७५७, Leiden, १९६२
  • Harrington, Peter. Plassey १७५७, Clive of India's Finest Hour, Osprey Campaign Series #३५, Osprey Publishing, १९९४.
  • Hill, S.C. The Three Frenchmen in Bengal or The Commercial Ruin of the French Settlement in १७५७, १९०३
  • Landes, David S. The Wealth and Poverty of Nations. New York: Norton and Company, १९९९.
  • Marshall, P.J. Bengal - the British Bridgehead, Cambridge, १९८७.
  • Raj, Rajat K. Palashir Sharajantra O Shekaler Samaj, Calcutta, १९९४.
  • Sarkar, J.N. The History of Bengal, २, Dhaka, १९६८.
  • Spear, Percival Master of Bengal. Clive and His India London, १९७५
  • Strang, Herbert. In Clive's Command, A Story of the Fight for India, १९०४

बाहिरी कडीहरू[सम्पादन गर्ने]