फटकशिला नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। फटकशिला गाविस जिल्लाको दक्षिणी भेगामा अवस्थित छ। यस गाविस जिल्ला सदरमुकाबाट ७ कोष दुरी टाढा पर्दछ भने यस गाविसले ११.७४ वर्ग किलोमिटर क्षेत्रफलमा पर्दछ। यस गाविसको पूर्वमा भीमटार, सिपापोखरे, पश्चिममा बाँसबारी, उत्तरमा बाडेगाँउ र दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ। सिन्धु थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण तथा औसत हावापानी पाइन्छ। यस गाविसका मानिसहरू व्यावसायीक कृषि उत्पादन र व्यावसायीक पशुपालनमा व्यस्थ हुने गर्दछन्। यस गाविसमा ब्राह्मण र दनुवार जातिहरूको बाक्लो बस्ती पाइन्छ। फटकशिला गाविस जिल्ला निर्वाचना क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ। विसं २०५८ सालमा यस गाविसको साक्षरता दर ४३ थियो र सोही सालको जनगणनामा यस गाविसमा कुल ६७० घरपरिवार मध्ये कुल जनसंख्या ३४८४ थियो।[१][२] यस मध्य पुरुष ४९%, र महिला ५१% छन।
- ↑ "नेपाल जनगणना २००१"
- ↑ "फटकशिला"