फाहिता
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
एउटा रोटि माथि पोलेको मासु राखेर तयार गरिएको खानेकुरालाई फाहिता भनिन्छ| अङ्ग्रेजीमा Fajita लेखिने भएता पनि , स्पानिस भाषामा 'ज'को उच्चारण आवश्यकता अनुसार 'ह्' वा 'अ' हुने भएकोले यसको उच्चारण "फाहिता" वा "फाईता" हुन्छ |
यो उत्तरी मेक्सिको र दक्षिणि-टेक्सासको स्थानिय परिकार भएकोले यसलाई Tex-Mex परिकार पनि भनिन्छ| परम्परागत रूपमा गाइको दुई टुक्रा मासु राखेर तयार गरिने यो परिकारमा आज भोलि जुनसुकै मासु पनि प्रयोग गर्ने गरिन्छ| सजिलोको लागि मासुलाई प्याज हरू सँग भुटेर ,भात र चिज सँग तयार गरिने फाहिता पनि धेरै लोकप्रिय छ|
- बनाउने बिधि
सामग्रीः १ सय ग्राम चिकेन, २५ ग्राम प्याज, २५ ग्राम भेडेखुर्सानी, २५ ग्राम राजमा झोल गरि पकाएको, रोटी ३ पीस, आधा कप भुजा, आधा चम्चा भेनिगर, आधा चम्चा वस्टर्ड सस, नून, तेल,पेपर स्वाद अनुसार ।
विधिः चिकेनलाई स्लाइस बनाएर काट्ने। प्याज र भेडेखुर्सानीलाई पनि सोही आकारमा काटी फ्राइप्यानमा तेल हालेर मसला सहित भुट्ने। सर्भ गर्दा ब्राउन राइसमा झोल राखेको राजमा हाल्ने। अर्का भाँडोमा रोटी तथा अर्का भाँडोमा सल्सा, क्रीम र चिज हालेर सर्भ गर्ने।