फिजी हिन्दी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
फिजी हिन्दी, जस्लाई फिजियन हिन्दी वा फिजियन हिन्दुस्तानी[१] पनि भन्छन, फिजीमा बोलिने एउटा प्रमुख भाषा हो। यो फिजीको आधिकारिक भाषाहरू मध्य एउटा हो। यो अधिकांशतः भारतीय मूलको फिजीयन मानिसद्वारा बोलिन्छ। यो मुख्यतः हिन्दीको बोली, अवधी र भोजपुरीबाट व्युत्पन्न भएको भाषा हो। जहाँ हिन्दी देवनागरी लिपिमा लेखिन्छ, त्यही फिजी हिन्दी रोमन लिपिमा लेखिन्छ।
फिजी हिन्दीको विकास [सम्पादन गर्ने]
आरम्भमा अङ्ग्रेजहरूद्वारा भारतको उत्तर प्रदेशको पूर्वी जिल्लाहरू तथा बिहारबाट श्रमिक फिजीमा लगिएको थियो। उनीहरू आफ्नो मूल निवास स्थानको हिन्दीको बोली बोल्ने गर्थे। यसलाई तलको सारणीमा दर्शाइयेको छ:
| भाषा/बोली | संख्या | अनुपात% |
|---|---|---|
| बिहारी | १७,८६८ | ३९.३% |
| पूर्वी हिन्दी | १६,८७१ | ३७.१% |
| पश्चिमी हिन्दी | ६,९०३ | १५.२% |
| राजस्थानी | १,१११ | २.४% |
| अन्य भाषाहरू | १,५४६ | ३.४% |
| अन्य उपनिवेशको मान्छेहरू | ६४० | १.४% |
| अज्ञात | १.१% | |
| कुल योग | ४५,४३९ | 100% |
ध्यान राखिने कुरो छ कि भोजपुरी, जस्लाई लगभग ३५.४% उत्तर भारतीय प्रवासीहरू बोल्थे, लाई बिहारी भनिएको छ; त्यसरी नै अवधी, जसलाई लगभग ३२.९% मानिषहरू बोल्थे, लाई पूर्वी हिन्दी भनिएको छ।
भिन्न भिन्न ठाँउको भारतीय र अन्यले बोल्न थालेको हिन्दीले छिट्टै फिजीमा एउटा यस्तो भाषाको जन्म लियो जुन त्यो सबै बोलिहरूको खिचडी बनी हाल्यो।
रिफ्रेन्स [सम्पादन गर्ने]
बाह्य लिँक [सम्पादन गर्ने]
- Fiji Hindi Dictionary
- The first ever novel written in Fiji Hindi
- Fiji Hindi version of the Gospels and Romans
- Fiji Hindi at Ethnologue
- Adhura Sapna - Movie in Fiji Hindi
- Ghar Pardes - Another movie in Fiji Hindi, २००९
- Trailer of Ghar Pardes
| This लेख has not been added to any categories. Please help out by adding categories to it so that it can be listed with similar लेखs. (अगस्त २०१२) |