फिदिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिदिम
Phidim
फिदिम बजार
फिदिम बजार
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लापाँचथर जिल्ला
सरकार
 • मेयरओनाहाङ्ग नेम्बाङ्ग
 • उप मेयरउर्मिला प्रधान (श्रेष्ठ)
जनसङ्ख्या
 (बि.स. २०६८)
 • जम्मा२४७६८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटphidimmun.gov.np

फिदिम नेपालको पूर्वाञ्चल विकास क्षेत्र, मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित एकमात्र नगरपालिका हो । यो नगरपालिकामा रहेको फिदिम बजार पाँचथर जिल्लाको सदरमुकाम र सबैभन्दा ठ्रलो व्यापारिक केन्द्र पनि हो । यो मेची अञ्चलमा मेची राजमार्गको इलाम-ताप्लेजुङ खण्डको मध्य भागमा अवस्थित छ । फिदिम बजार भएको ठाँउलाईको केन्द्र बनाइएको छ । [१]

यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा फिदिम, चोकमागुसिवा गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा फिदिम पनि नगरपालिका बनेको हो तर यो हाल कार्यान्वयनमा आएको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।

नामको उत्पति[सम्पादन गर्नुहोस्]

फिदिम भन्ने शब्द लिम्बु भाषाको 'फेदेन' शब्दबाट रूपान्तरित भएको मानिन्छ । लिम्बु भाषामा 'फे' भनेको फराकिलो तथा 'देन' भनेको ठाउँ अर्थात "फराकिलो ठाउँ" भएकोले फिदिम भनिएको हुन सक्छ । सदरमुकाम फिदिम समुन्द्रि सतहबाट १,१५० मिटर उचाईमा रहेको छ ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

फिदिम, चोकमागुसिवा गाविसहरूलाई मिलाएर फिदिम नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २४,७६८ रहेको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]