फिफा बेलोन डी' ओर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

फिफा बेलोन डी' ओर (फ्रेन्च उच्चारण: [balɔ̃ dɔʁ],"गोल्डेन बल") अन्तर्राष्ट्रिय फुटबल संगठन फिफाले प्रत्येक बर्ष फुटबल खेलाडीहरूलाई प्रदान गर्ने पुरस्कार हो । गोल्डेन बल नामले पनि चिनिने यो पुरस्कार गएको बर्षमा उत्कृष्ट खेल प्रदर्शन गर्ने फुटबल खेलाडीलाई प्रदान गरिन्छ । यो पुरस्कार अन्तर्राष्ट्रिय फुटबल टिमका कोचहरू तथा कप्तानका साथै विश्वका पत्रकारहरूको मतको आधारमा तय गरिन्छ ।

यो अवार्डको सुरुवात सन् २०१० मा फ्रान्स फुटबल तथा फिफा बर्षको सर्वोत्कृष्ट खेलाडी लाई मिलाएर बनाइएको हो । सन् २०१० मा भएको पहिलो फिफा बेलोन डी' ओर को उपाधि अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सी ले जितेका थिए ।

बिजेताहरू[सम्पादन गर्ने]

लियोनेल मेस्सी फिफा बेलोन डी' ओर का तिन पटक बिजेता
चित्र:Christiano.jpg
क्रिष्टियानो रोनाल्डो फिफा बेलोन डी' ओर २०१३ का बिजेता
सन् २०१० सम्म, सर्वोत्कृष्ट खेलाडी लाई फिफा बेलोन डी' ओर अथवा फिफा बर्षको सर्वोत्कृष्ट खेलाडी अवार्ड
बर्ष प्रथम दोश्रो तेश्रो
२०१० अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना) स्पेन आन्ड्रेस इनिएस्टा (बार्सिलोना) स्पेन जावी (बार्सिलोना)
२०११ अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना) पोर्चुगल क्रिष्टियानो रोनाल्डो (रियल म्याड्रिड) स्पेन जावी (बार्सिलोना)
२०१२ अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना) पोर्चुगल क्रिष्टियानो रोनाल्डो (रियल म्याड्रिड) स्पेन आन्ड्रेस इनिएस्टा (बार्सिलोना)
२०१३ पोर्चुगल क्रिष्टियानो रोनाल्डो (रियल म्याड्रिड) अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना) फ्रान्स फ्र्यांक रिबेरी (बेयर्न म्युनिख)

बिजेता खेलाडीहरू[सम्पादन गर्ने]

खेलाडी प्रथम दोश्रो तेश्रो
अर्जेन्टिना लियोनेल मेस्सी
पोर्चुगल क्रिष्टियानो रोनाल्डो
स्पेन आन्ड्रेस इनिएस्टा
स्पेन जावी
फ्रान्स फ्र्यांक रिबेरी

देशका आधारमा बिजेताहरू[सम्पादन गर्ने]

देश प्रथम स्थान दोश्रो स्थान तेश्रो स्थान
 अर्जेन्टिना ३ (२०१०, २०११, २०१२) १ (२०१३)
 पोर्चुगल १ (२०१३) २ (२०११, २०१२)
 स्पेन १ (२०१०) ३ (२०१०, २०११, २०१२)
 फ्रान्स १ (२०१३)

क्लबका आधारमा बिजेता[सम्पादन गर्ने]

क्लब प्रथम स्थान दोश्रो स्थान तेश्रो स्थान
1 स्पेन बार्सिलोना ३ (२०१०, २०११, २०१२) २ (२०१०, २०१३) ३ (२०१०, २०११, २०१२)
स्पेन रियल म्याड्रिड १ (२०१३) २ (२०११, २०१२)
जर्मनी बेयर्न म्युनिख १ (२०१३)

फिफा बेलोन डी' ओर सम्मान[सम्पादन गर्ने]

सन् २०१४ मा सम्मानको रुपमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेलाई फिफा बेलोन डी' ओर सम्मान प्रदान गरियो । पेलेले ब्राजिललाई ३ पटक विश्वकप जिताउँदा समेत उनलाई फिफाको तर्फबाट कुनै सम्मान प्राप्त भएको थिएन किनकी उनको समयमा फिफा बेलोन डी' ओर युरोपियन खेलाडीलाई मात्र प्रदान गरिन्थ्यो ।

अरु पनि[सम्पादन गर्ने]

बाह्य लिंकहरू[सम्पादन गर्ने]