फिफा विश्वकप - २०१० को अर्थशास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले १९औँ विश्वकपको आयोजना सन्दर्भमा केवल मार्केटिङ्, टेलिभिजन प्रसारण अधिकार र अन्य प्रायोजनहरूबाट मात्र ३ अर्ब ३० करोड डलर नाफा आर्जन गरेको छ।[स्रोत नखुलेको] फिफाको एउटा प्रमुख प्रायोजक एडिडासका अनुसार, यो विश्वकपका बेला एडिडास-निर्मित फुटबल र जर्सीहरूको बिक्रीले पुराना सबै कीर्तिमान भंग गर्‍यो। त्यस्तै अर्को प्रायोजक कम्पनी भीजा (Visa)को[स्रोत नखुलेको] अनुभवमा दक्षिण अफ्रिका पुगेका फुटबल-पर्यटकहरूले आफ्नो खर्चका लागि गरेको भीजा कार्डको प्रयोग गत वर्ष जूनको दाँजोमा यो जूनमा ६८ प्रतिशतले बढ्यो। अझ, दक्षिण अफ्रिकाका लगभग सबैजसो होटल र रेस्टुराँहरूका लागि त यो विश्वकप आयोजना सुपर बम्पर चिट्ठासरह साबित भयो|

एक जना आर्थिक विश्लेषकले लेखे- दक्षिण अफ्रिका र त्यहाँ बसोबास गर्ने करदाताहरूले आउँदा दशकौँसम्म पनि यस विश्वकपको लागत खर्च तिररिहनुपर्ने छ| तर, यस विश्वकपबाट यस देशले र समग्रमा अफ्रिकी महादेशले नै आफूहरूप्रति रहेका पूर्वमान्यता फेर्ने जुन अवसर पाए, त्यो भने अमूल्य छ र अन्य कुनै मूल्य तिरेर पनि त्यो हासिल गर्न सकिँदैन। यस विश्वकपबाट अफ्रिकाले आफूलाई 'रि-ब्राण्ड'(rebrand) गरेको छ र विश्व-मञ्चमा आफूलाई सफलतापूर्वक उभ्याउन सक्ने प्रमाणित पनि गरेको छ।[स्रोत नखुलेको]

कसलाई कति रकम[सम्पादन गर्नुहोस्]

  • विजेता स्पेन :तीन करोड अमेरिकी डलर (सन् २००६को विश्वकपमा यो राशि १ करोड ९३ लाख डलर थियो)।[स्रोत नखुलेको]
  • उपविजेता नेदरल्याण्ड्स: २ करोड ४० लाख डलर।[स्रोत नखुलेको]
  • तेस्रो स्थान जर्मनी : दुई करोड डलर।[स्रोत नखुलेको]
  • चौथो स्थान उरूग्वे : १ करोड ८० लाख डलर।[स्रोत नखुलेको]
  • क्वार्टरफाइनलमा पराजित -घाना, ब्राजिल, अर्जेन्टिना र पाराग्वे) : प्रत्येकलाई १ करोड ४० लाख डलर।[स्रोत नखुलेको]
  • प्रि-क्वार्टरफाइनलका पराजित : दक्षिण कोरिया, जापान, अमेरिका, मेक्सिको, चिली, पोर्चुगल, स्लोभाकिया, इङ्ल्याण्ड प्रत्येकलाई ९० लाख डलर।[स्रोत नखुलेको]
  • लिग चरणमै पराजित १६ देश : प्रत्येकलाई ८० लाख डलर।[स्रोत नखुलेको]
  • राष्ट्रिय संघलाई विश्वकप तयारी खर्च : १० लाख डलर।[स्रोत नखुलेको]
  • सम्बन्धित क्लबहरूलाई : चार करोड डलर -पहिलोपटक दिइएको)।[स्रोत नखुलेको]
  • कुल पुरस्कार राशि : ४२ करोड अमेरिकी डलर। (सन् २००६को विश्वकपमा यो कुल पुरस्कार राशि २६ करोड १४ लाख अमेरिकी डलर थियो।)[स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]