फिलिप शाइडमान
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
फिलिप शाइडमान (सन् १८६५-१९३९) - जर्मन सामाजवादको उग्र दक्षिणपन्थी अवसरवादी धारा एक जना नेता । सन् १९०३ देखि राइख्स्टागमा सामाजिक-जनवादी गुटमा समावेश भए । सन् १९०३ देखि जर्मन सामाजिक-जनवादी पार्टीको नेतृत्वका एक जना सदस्य । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी । जर्मनीमा सन् १९१८को नोभेम्वर क्रान्तिका बेला प्रतिक्रान्तिकारी जनदूत परिषद्मा सामेल भएका थिए । सन् १९१९ का फरवरी-जून महिनातिर भाइमार गणतन्त्रको संयुक्त सरकारको नेतृत्व गरे । सन् १९१८-१९२१ तिर जर्मन मजदुर आन्दोलनलाई रक्तपातमय तरिकाले दमन गर्ने कार्यका एक जना आयोजक रहेका थिए । पछि गएर सक्रिय जाजनैतिका क्रियाकलापबाट अलग भए । [१]
स्रोतहरू [सम्पादन गर्ने]
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९५