फुलचोकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फुलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । यो स्थान पाटन देखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ । ". समुद्री सतह देखि २,७६२ मि ,को उचाईमा रहेको यस पर्वत काठमाडौ उपत्यकाको सबैभन्दा अग्लो स्थान हो । यहाँको प्रमुख विशेषताहरूमा कुनै पनि वाधा विना चारै तर्फको ३६० डिग्रीको कोणमा सम्पूर्ण तराईको समथर फाँट देखि उत्तरका गगन चुम्बी हिमालयहरू सम्म । यहाँको अन्य आकर्षणहरूमा यहाँको वनस्पति तथा वन्यजन्तुहरू पनि हुन् ।यो स्थान विभिन्न किसिमका पुतलीहरू , २५० भन्दा बढी प्रजातीका चराहरू र चितुवामृगहरु समेत । सेता , प्याजी र राता रंगका गुराँस र विभिन्न किसिमका सुनाखरीहरूले पर्यटकहरूको मन लोभ्याउँछ ।यस प्रगमकारको रंगमय र सुगन्धित वातावरण रहने यस फुलचोकीको अर्थ भने "फूल पर्वत" भन्ने हुन्छ ।

फूल चोकीको शिखरमा टेलिभिजन र रेडियोका प्रसारण एन्टेनाहरू रहेका छन् र यहाँ फूलचोकी माईको सानो एक मन्दिर पनि रहेको छ , यसै शिखरको तल गोदावरीमा फूलचोकी माताको अर्को पनि मन्दिर रहेको छ सेन्ट जेभियर कलेजको पछाडि ।

यसै शिखरको फेदिमा गोदावरी अवस्थित छ जसको पनि पर्यटकीय र वैज्ञानिक महत्त्वहरू रहेका छन् ।[१]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. नगरकोट र फूलचोकी वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-२७ मिति