फेवा ताल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
फेवा ताल
Pokhara2.jpg
अन्नपुर्ण शृंखलाको प्रतिबिम्ब फेवा तालमा
रहेको स्थान कास्की जिल्ला
भौगोलिक निर्देशांक 28°12′51″N 83°56′50″E / 28.21417°N 83.94722°E / 28.21417; 83.94722निर्देशांक: 28°12′51″N 83°56′50″E / 28.21417°N 83.94722°E / 28.21417; 83.94722
तालको प्रकार सफा पानि
अन्तर्वाह हर्पन तथा फिर्के खोला
सिंचित क्षेत्रफल १२२.५३ वर्ग किलोमिटर
सिंचित क्षेत्र  नेपाल
अधिकतम लम्बाई ४ किलोमिटर
अधिकतम चौडाई २ किलोमिटर
सतहको क्षेत्रफल ५.२३ वर्ग किलोमिटर
औसत गहिराई ८.६ मिटर
अधिक गहिराई २४ मिटर
पानीको आयतन ०.०४६ घन किलोमिटर
सतहको उचाई ७४२ मिटर
जम्ने जम्दैन
टापूहरू तालबाराही
उपनिवेश पोखरा, सराङकोट, कास्कीकोट, ढिकुरपोखरी

फेवा ताल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ । 'फेवा' गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल नामकरण भएकोमा 'वैदाम' गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने र बीचमा 'बराही मन्दीर' भएकाले यो ताललाई बराह ताल पनि भनिन्छ । यो तालमा माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।

डुङ्गातालबाराही मन्दिरको लागि प्रशिद्ध फेवा ताल

यो नेपालको दोश्रो सबैभन्दा ठुलो ताल हो ।[१] यो ताल भन्दा ठुलो गण्डकीमा पर्ने बेगनास ताल हो । फेवा ताल ७४२ मिटर (२४३४ फिट) को उचाईंमा स्थित रहेको छ । यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ जस मध्ये यसको पानीको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ भने अधिकतम गहिराइ २४ मिटर (७९ फिट) रहेको छ ।[२] यस तालको अधिकतम जल क्षमता लगभग ४,३०,००,००० क्यूबिक मिटर (३५,००० एकड फिट) छ । यस तालको उत्तर दिशामा अन्नपूर्णा श्रृंखला रहेको छ जुन २८ कि.मि.को दुरीमा छ । यो ताल माछापुच्छ्रे ,अन्नपूर्णा र धवलागीरी तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्बको लागि पनि प्रसिद्ध छ जुन यस तालको पानीमा स्पष्ट देखिन्छ ।

चित्र दिर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Aryal, Vijay (28 October – 2 November 2007), "फेवा तालको क्षेत्रफल", Proceedings of Taal 2007: The 12th World Lake Conference, Jaipur, India (International Lake Environment Committee): 2292–2299, <http://moef.nic.in/modules/recent-initiatives/nlcp/Overseas%20Case%20Studies/Q-84.pdf> 
  2. Rai, Ash Kumar (2000), "फेवा ताल र यसको बिबिधता", Limnology 1: 81–89, doi: 10.1007/s102010070014 , <http://www.springerlink.com/content/7r863pvhtpnmbk70/fulltext.pdf> 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]