फेसबुक
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
| युआरएल (URL) | http://www.facebook.com |
|---|---|
| Type of site | Private |
| Owned by | Facebook Inc. |
| Founder | Mark Zuckerberg Chris Hughes |
फेसबुक (अङग्रेजी: Facebook) एक निजीरुपमा सञ्चालित सामाजिक सञ्जाल हो जुन,फेसबुक निगमको स्वामित्वमा रहेको छ । प्रयोगकर्ताहरुले एक अर्कासँग साथि बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्छन। आफ्नो प्रोफाइल अध्यावधी गरी साथीहरुलाई उनीहरुबारे जानकारी समेत गराउँछन । यसको अतिरिक्त प्रयोगकर्ताको शहर, स्कूल, कलेज या कार्यस्थलको आधारमा बनाइएका सञ्जालमा सामेल हुन सक्छन् । आफनो 'वाल'मा प्रयोगकर्ताले आफनो दिमागमा आएको कुरालाइ लेखेर साथिहरु माझ बाढन समेत सक्छन। प्रयोगकर्ताहरुले बडिमा ५००० जना साथि आफ्नो खातामा जोडन सक्छ।फेसबुकमा पेज बनाइ ब्यापारको प्रबर्धन पनि गर्ने सकिन्छ भने चर्चित ब्यक्तित्वहरुले पेज मार्फत आफ्ना प्रशंसकहरु सङग अन्तरक्रिया गर्ने पनि सक्दछन।फेसबुकमा अहिले च्याट,भिडियो च्याट,सामुहिक च्याट र गित सुन्ने जस्ता सुबिधाहरु थप गरिएको छ।
तर, प्रयोगकर्ता कम्तिमा १३ बर्षको उमेर भएको हुनु पर्दछ। र, इमेलबाट एकाउन्टलाइ सक्रिय बनाइने भएकाले प्रयोगकर्तासंग नीजि इमेल हुनु पर्दछ।फेसबुकमा चलाउन मनलागेन भने निस्कृय बनाउन पनि सकिन्छ।खाता निस्कृय बनाइसके पछि तत्कालका लागी फेसबुक खातामा कसैले कमेन्ट ,लाइक र लेख्न सक्दैन तर स्थाइरुपमा भने खाता डिलिट भएको हुदैन र पछि सक्रिय बनाइसके पछि सबै सुचनाहरु प्राप्त गर्न सकिन्छ।फेसबुकको मुख्य बिवादको कुरा यस्को गोपनियताको रहेको छ।
विषयसूची |
[सम्पादन गर्ने] नामकरण
यो वेभसाइटको नामको जरो भने विश्वविद्यालयले विद्यार्थीहरुलाई एक अर्कालाई चिन्न सहयोग पुरयाउने उद्देश्यले तयार पारिएको पुस्तकको नामबाट आएको हो ,जुन नयाँ सत्र सुरु हुने बेला सबैलाई दिइन्थ्यो ।
[सम्पादन गर्ने] इतिहास
सन २००४मा मार्क जुकरबर्गले हावर्ड विश्वविद्यालयमा हुँदा उनका कलेज कोठामासँगै बस्ने साथीहरु केही कम्प्युटर विज्ञानका विद्यार्थीहरु एडवार्डो साभरिन, डस्टिन मोस कविट्ज रक्रिस ह्यूजेसको साथ फेसबुकको स्थापना गरेका हुन् । वेबसाइट सुरुमा हावर्ड विश्वविद्यालयका विद्यार्थीहरु माझ मात्र सिमित रहे पनि पछि बोस्टन क्षेत्रको आइवी लीग र स्टैनफोर्ड विश्वविद्यालय. पनि फैलाइएको थियो ।
[सम्पादन गर्ने] उपलब्धिहरु
फेसबुकमा झन्डै ५०,००,००,००० जनाले एकाउन्ट खोलिसकेका छन्। [१] सन जनवरि २००९मा Complete.comले गरेको सर्वेक्षणमा फेसबुक विश्वकै बढि प्रयोग हुने सामाजिक सञ्जालको रुपमा राखेको छ। comScoreको अप्रिल २००८को प्रतिवेदन अनुसार फेसबुक सबैभन्दा बढि चलाइने वेभसाइटको रुपमा लिइएको छ। Alexa का अनुसार यो विश्वको दिस्रो बढि चलाउने सख्यामा छ। फेसबुकलाइ सन २००७मा PC Magazine को "Top 100 Classic Websites" (उत्कृष्ट १०० वेभसाटटहरु) मा सामेल गरिएको थियो र सन २००८ मा Webby Awardsले दिएको "People's Voice Award" समेत पायो। सन २००६मा विद्यार्थीहरु माझ गरिएको अध्ययनमा फेसबुक चलाउने सख्या धेरै पाइयो। [२]
[सम्पादन गर्ने] फेसबुक मेसेज
सन २०१० नोभेम्बर १५का दिन फेसबुकले 'फेसबुक मेसेज' सुविद्या लाउने कुरा सार्वजनिक गरेको छ। फेसबुकका सि.इ.ओ मार्क जुकरबर्गले एक पत्रकार सम्मेलनका समाहोरमा अब फेसबुक प्रयोगकर्ताहरु @facebook.com राखेर इमेल खोल्न सक्ने बताएका छन्। कतिले भने 'फेसबुक मेसेज' लाई 'जि-मेल किलर'को संज्ञा समेत दिएका छन्। 'प्रोजेक्ट टाइटान'को कोडनाममा बनाइरहिएको 'फेसबुक मेसेज' लाई पूर्णरुपमा बन्नको रुपमा भने १५ महिना लाग्ने बताइएको छ।
[सम्पादन गर्ने] आलोचनाहरु
[सम्पादन गर्ने] सेनसरसिप
फेसबुकमा पैगंबर मोहम्मदको आपत्तिजनक कार्टून तस्बिर बनाउने प्रतियोगितामा इस्लामी धार्मिक भावनामा ठेस पुगेकाले यसलाइ पाकिस्ितानमा एकताका प्रतिबन्ध लगाइएको थियो। पछि ३१ मे, २०१०मा यस सम्बन्धिको पृष्ठ र ब्लगलाइ प्रतिबन्ध लगाइएको छ। स्रोतहरुका अनुसार यसलाइ पाकिस्तान अझै कति धेरै ठाउहरुमा प्रतिबन्ध लगाइको पाइएको छ। फेसबुकलाइ चीन, भेतनाम, इरान, साउदी अरविया, बंगलादेश, सिर्या, यजेकिस्तानका धेरै क्षेत्रहरुमा सेनसरसिप लगाइएको छ। त्यस्तै, विभिन्न सङ्घ संस्थाहरुमा आफ्ना कमदारहरु केवल काममा मात्रै एककृत होउन भनेर आफ्नो नेटवर्कमा सेनसरसिप लगाइएको छ।मलाई मन पर्ने सञजल
[सम्पादन गर्ने] नेपालमा फेसबुक निगरानी बैठक
सामाजिक संजाल फेसबुकलाई अल कायदा जस्ता आतंकवादी संस्थाले प्रयोग गरेको सन्दर्भसहितको मुख्य एजेन्डा लिएर यसै वर्षको डिसेम्बरभित्र वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्सको बैठक नेपालमा बस्ने समाचारहरु सुन्नमा आएको छ। डच राजधानी एमस्टर्डममा भएको अलायन्स अफ प्रेस काउन्सिल्सको १२ वार्षिक साधारण सभापछि उक्त जानकारी दिइएको हो । फेसबुकलाई अहिलेसम्म कसैको निगरानीमा राखिएको छैन । [३]
[सम्पादन गर्ने] अश्लिल तस्बिरको कान्ड
फेसबुक एकाउन्टको दुरुपयोग गरी चरित्रहत्याको प्रयास ललितपुरका एक कलेजका कम्प्युटर अध्यापक भोजराज सुब्बाको कान्डले नेपालमा ठूलो तहल्का मच्चियो। आफना विवाहित युवतिको तस्बिरलाइ फेसबुकबाट डाउनलोड गरेर ती शिक्षकले त्यस फोटाको टाउको अश्लिल फोटोमा जोडेको पाइयो। ती तस्बिरहरू साथीभाइ र आफन्त सबैकोमा पुगेपछि यो दम्पतिबीच पारिवारिक मनमुटाव बढेको घटनाको अनुसन्धानमा संलग्न ललितपुर प्रहरीका एक अधिकृतले बताए । [२]