फ्रान्स

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
Flag of फ्रान्स
मुद्रा युरो (€)

फ्रान्स (फ्रान्सेली उच्चारण: फ्राँस) युरोप मा रहेको एक देश हो। यसको राजधानी पेरिस हो। फ्रान्समा धेरै महत्वपुर्ण सहरहरू छन्। जसमध्ये केही हुन् आभिग्नोन, वोधु, लिज्ये, लिवोन, मार्सेइ , बोर्दो , र तुलुज ।


विषयसूची

[परिवर्तन्] जनसंख्या

फ्रान्सेली जनता फ्रान्सेली भाषा बोल्दछन्। फ्रान्सका केही मानिसहरू बास्क, ब्रेटन, कातालान, कोर्सिकान, जर्मन, फ्लेमिस, ओक्थितान र आल्सातियन भाषाहरू बोल्दछन्।

[परिवर्तन्] भूगोल

हल्लो! दु एर् एइत् स्भिन

[परिवर्तन्] राजनीति

फ्रान्स युरोपियन संगठनको सदस्य हो र यस संगठनको सबैभन्दा ठूलो राष्ट्र हो। फ्रान्स आफ्ना धेरै पुराना स्मारकहरू र एतिहासिक ठाँउहरूका कारणले धेरै प्रशिद्ध छ। जस्तै लुभ्र संग्राहालय, आइफल टावर, विजयको गुम्वज, झिभेर्नी, भेर्साइको दरबारनोत्र दाम

फ्रान्स लाई 'क्षेत्र' र 'विभाग' मा राजनैतिक विभाजन गरिएको छ ।

[परिवर्तन्] आन्तरिक राजनीति

फ्रान्समा दक्षिणपन्थी दल तथा समाजवादी दल प्रमुख राजनैतिक दल हुन्।

[परिवर्तन्] २००७ को फ्रान्सेली राष्ट्रपतिको चुनाव

मुख्य पृष्ठ:२००७ को फ्रान्सेली राष्ट्रपतिको चुनाव

फ्रान्समा मे ६मा भएको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेद्वार निकोला सार्कोजी विजयी भए। दोस्रो चरणको निर्वाचनमा उनले ५३ प्रतिशत मत हासिल गरे। यसैगरी उनका प्रतिद्वन्दी समाजवादी पार्टीका उम्मेद्वार सेगोलेन रोयलले ४७ प्रतिशत मत हासिल गर्न सफल भइन। सेगोलेन रोयलको फ्रान्सको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने सपना मे ६ को निर्वाचन संगै अन्त भएको छ। मे ६ आइतबार भएको निर्वाचनमा फ्रान्समा लगभग ८५ प्रतिशत मत खसेको थियो । यो निर्वाचनमा चार करोड ४५ लाख जनताले मतदानको अधिकार प्राप्त गरेका थिए । यसलाई फ्रान्सको इतिहासमै अत्यन्त उत्साहजनक मानिएको छ ।

[परिवर्तन्] धर्म

फ्रान्सको मुख्य धर्म रोमन क्याथोलिक भएता पनि फ्रान्स आधिकारिक रूपमा धर्म निरपेक्ष छ। यहा कुनैपनि शैक्षिक संस्थाहरुमा धार्मिक सद्भभाव झल्किने चिन्हरु लगाउन पाइंदैन ।

[परिवर्तन्] खेलकुद

फ्रान्सको सबैभन्दा प्रशिद्ध खेल फुटबल हो । यहा निकै धेरै आन्तरिक फूटवल क्लवहरु रहेका छन् । यस्ता क्लवहरु बच्चाहरुका निम्ति समेत बनाइएका छन् । साना बालबालिकाहरुलाई बिद्यालयहरुमा फूटवल सिकाउने उदेश्यले हप्ताको कम्तीमा एक दिन फूटवल खेलको अभ्यास गराउन बिद्यालयहरुमा साना इकाइका क्लवहरु समेत सक्रिय रहेका हुन्छन् । त्यसो त यहां अन्य खेलहरुपनि प्रख्यात छन् । तर दुखको कुरा फ्रान्समा क्रिकेट खेल भने खेलिन्न ।

[परिवर्तन्] इतिहास

फ्रान्सको इतिहास निकै लामो छ। राजधानी पेरिस सहर एतिहासिक दृष्टिकोणले निकै सम्पन्न शहर हो। यो सहरमा ऐतिहासिक महत्वका दृष्टिले निकै भव्य र महत्वपूर्ण स्मारकहरु रहेका छन् । पहिलो र दोस्रो विश्व युद्धमा समेत बचेका यी ऐतिहासिक सम्पदाहरुको जगेर्ना गर्न सरकारले कुनै कसर बाकी राखेको छैन। शहरको बनावटमा पुरानै शैली झल्काउन सरकारले पेरिस लगायत मुख्य शहरहरुमा नया बनावटका घरहरु निर्माण गर्न दिएको छैन ।

[परिवर्तन्] अर्थतन्त्र

गत २५ बर्षदेखि फ्रान्स सरकारको बजेट घाटामा चलिरहेको छ । तरपनि यो संसारको आठौं धनि मुलुक मध्ये एक हो । यहां भित्र भित्रै निकै ठूलो गरिवी बढेर गएको छ । यहां कम्तीमा हप्ताको ३५ घन्टा काम गर्नुपर्छ । यति काम गरेवापत सरकारले न्यूनतम आम्दानी लगभग एक हजार यूरो हुने बताएको छ । तर यो पैसा यहांको महगो जीवनशैली धान्न अपर्याप्त रहेको छ ।


[परिवर्तन्] बाहिरी लिंकहरु



युरोपका देशभूभागहरू
अजरबैजान - अल्बानिया - अष्ट्रीया - आइसल्याण्ड - आयरल्याण्ड - इटाली - इस्टोनिया - एण्डोरा - क्रोएसिया - ग्रीस - चेक गणतन्त्र - जर्जिया - जर्मनी - टर्की - डेनमार्क - नर्वे - नेदरल्याण्ड्स - पोर्चुगल - पोल्याण्ड - फिनल्याण्ड - फ्रान्स - बुल्गेरिया - बेलारुस - बेल्जियम - बोस्निया र हर्जगोविना - भेटिकन सहर - माल्टा - मोनाको - मोन्टेनेग्रो - मोल्दोवा - म्यासेडोनिया - युक्रेन - रुस - रोमानिया - लक्जेम्बर्ग - लात्भिया - लिथुआनिया - लिश्टेनस्टाईन - संयुक्त अधिराज्य - सर्बिया - साइप्रस - सान मारिनो - स्पेन - स्लोभाकिया - स्लोभेनिया - स्वीट्जरल्याण्ड - स्वीडेन - हंगेरी
Dependencies: अक्रोटिरि एवं देकेलिय2 - Faroe Islands - Gibraltar - Guernsey - जन मयेन - Jersey - Isle of Man - स्भालबार्द
Unrecognised countries: Abkhazia | Nagorno-Karabakh2 | South Ossetia | Transnistria | उत्तर साइप्रस टर्की गणतन्त्र2
१. आंशिक रूपमा एशियामा पर्छ। २. भौगोलिक रुपमा एशियामा पर्छ, तर सांस्कृतिक र ऐतिहासिक कारणले प्रायः युरोपमा गनिन्छ।


Commons-logo.svg

विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
फ्रान्स

अरु भाषामा