फ्री जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपालको एक आदिवासी समुदाय हो। फ्री जातिहरू मकवानपुर जिल्लाको फापरबारी, बेतिनी, ललितपुर जिल्लाको गोदावरी, चापागाउँ, लेले र काभ्रेपलाञ्चोक जिल्लाको धर्तिछाप, खनालथोक तथा सिन्धुपाल्चोक जिल्लाको केही स्थानमा न्यून संख्यामा बसोबास गर्दछन् । उपत्यकाको विभाजनअघि भक्तपुरका राजाका दरबारमा भान्छेका रूपमा काम गर्ने यो जातिलाई रातमा फिरी/फेरी लगाएर हिँड्ने भनी चिनिन्छ । आफूलाई क्षेत्री भन्न रुचाउने भए पनि यिनीहरूलाई नेपाल सरकारद्वारा सूचिकृत ५९ वटा आदिवासी/जनजातिको सूचीमा सूचिकृत गरिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]