बंगलामुखी मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बंगलामुखी मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाललितपुर जिल्ला
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा
बगलामुखी माता

बंगलामुखी मन्दिर (Banglamukhi Temple) ललितपुर जिल्लाको महत्त्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बगलामुखी मन्दिर, कुम्भेश्वर मन्दिर परिसरमा रहेको छ। बंगलामुखी मन्दिरमा विहीबारको दिन पूजा गर्न आउने भक्तजनहरूको ठूलो भीड लाग्छ।

पाटन दरवार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बंगलामुखी कुम्भेश्वर (सर्रवेश्वर मृत्युञ्जय महादेव) मन्दिरको दक्षिण तर्फ रहेको छ। तन्त्रशास्त्र अनुसारका दस महाविद्या मध्ये बंगलामुखी पनि एक हो। बृहस्पतीको स्वामी भएको हुनाले, बृहस्पतीको ग्रह पिडा पाउने उद्देश्यले बिहिबार दर्शन गर्ने गरिन्छ। बिहीबार विशेष भीड हुने बंगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ। बंगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो। त्यसकारण माता बंगलामुखीलाइ श्री भगवान हरसकै शक्तिको रूपमा पूजा गर्ने गरिन्छ। जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट देशको हरीद्रा भन्ने तालमा मंगलबारको चतुरदशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ती भएको मानिन्छ।

बंगालमुखीलाई बम्हास्त्र पनि भनिन्छ। शत्रुलाई संहार गर्नकोलागी बंगलामुखीको आराधनावाट सिघ्रफल पराप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ। बंगलामुखी माता दक्षिण दिशा तर्फ विराजमान रहेकोछ। तन्त्र साधना गने, शत्रुलाई भमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ। देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ। धेरै ठाउँहरूमा बंगलामुखीको अस्त्र तलबार भन्ने भनिएता पनि बंगलामुखीको वास्तविक हतियार मुग्रो वा सानो गदा नै हो। जो व्यक्तिले कुलपुजा एवं पितृकार्यहरू सम्पादित गर्न सक्दैन्न उनीहरूले बंगलामुखीको आराधना गर्ने गरिन्छ। किनभने पितृ र कुललाइ सञ्चालन गने बृहस्पती भनिन्छ र बंगलामुखी माता बृहस्पतीको स्वामी भएको हुँदा कुल दोष एवं पितृ दोषहरू लाग्दा बंगलामुखीको शरणमा जाने गदर्छन ।


तस्वीरहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. मन्दिर
  2. वटुक भैरव (Batuk Bhairab (Lagankhel))
  3. चामुन्डा मन्दिर, पाटन (Chamunda Temple (Patan))
  4. मिन नाथ मन्दिर (चाकुवा ध्यो) (Min Nath (Tangal))
  5. रातो मच्छिन्द्रनाथको भोटो जात्रा
  6. मच्छिन्द्रनाथ
  7. सेतो मच्छिन्द्रनाथको रथयात्रा
  8. मच्छिन्द्रनाथ रथ जात्रा(दोलखा)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]