बकरी ईद
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (मार्च २०१२) |
| عيد الأضحى Id ul-Adha (‘Īd al-’Aḍḥá) (Festivity after the Hajj) |
|
|---|---|
| औपचारिक नाम: | अरबी: عيد الأضحى ‘Īd al-’Aḍḥá |
| अन्य नाम: | Festival of Sacrifice, Sacrifice Feast |
| समुदाय: | Muslims around the world. |
| प्रकार: | मुस्लिम समुदाय |
| महत्व: | Commemoration of Ibrahim's (Abraham's) willingness to sacrifice his eldest son Ishmael in obedience to a command from Allah - and Ishmael's acceptance of this command. Marks the end of the Pilgrimage to sundown, and ask God for forgiveness. |
| सुरुहुने दिन: | 10 Dhu al-Hijjah |
| सकिने दिन: | 13 Dhu al-Hijjah |
| अनुष्ठान : | पारिवारिक भोज, मिठाई खाने तथा बाँड्ने, नयाँ वस्त्र लगाउने, बालबच्चाहरूलाई पैसा तथा उपहार दिने |
| विधी: | प्रार्थना; बोका, खसी, बाख्रा, राँगा, गाई र भैंसीको वलि दिने; गरीब तथा असहायलाई दान दिने |
| सम्बन्ध: | हज, ईदुल फित्र |
बकरी ईद (ईद अल अधा) आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानी (बलिदान)को सम्झना स्वरूप मनाइने पर्व हो।[१] यही दिन देखि हिजारी संवतको नयाँ बर्षको सुरुवात हुनेगर्दछ। नेपाल सरकारले बकरी इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ।
बिहान सबैरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोका बाँधिएर एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि बोका, खसी, बाख्रा, राँगा, गाई र भैंसीको वलि दिने परम्परा छ। नेपालमा भने गाइको वलि दिने गरिएको छैन। बलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ। त्यसमध्ये एक भाग आफू खाने, एक भाग आफ्ना नजीकका मित्रलाई र एक भाग गरीब तथा असहायलाई दिने गरिन्छ। मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रीय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैंले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई भेडा मरेपछि सोही घटनाको सम्झनास्वरूप यो पर्व मनाउन थालिएको हो।[२]