बकाइनो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बकाइनो
बकाइनोको रुख
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
M. azedarach
वैज्ञानिक नाम
Melia azedarach
L.[१]
पर्याय

Melia australis Sweet
Melia candollei Sw.
Melia japonica G.Don
Melia sempervirens Sw.

बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो।

Indian Grey Hornbill Ocyceros birostris eating Melia azedarach fruit at Roorkee in Haridwar District of Uttarakhand, India.
बकाइनोको बिउ

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • वाथ भएमा
बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।
  • रगत जमेर गाँठो भएमा
बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।
  • चिलाउने रोगमा
बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।
  • सेतो दूबीमा
१० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।
  • दाद रोगमा
पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
  • पत्थरी रोगमा
बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहान/बेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।
  • जुका परेमा
बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १/१ बिहान/बेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २/४ दिनमै ठीक हुन्छ ।
  • स्त्रीको मासिक धर्म बढी भएमा
बकाइनोको पातको रस एक चम्चा बिहान/बेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।
  • स्त्रीको मासिक धर्म रोकिएमा
बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहान/बेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।
  • गर्भाशय शुद्धिका लागि
बकाइनोको पातको रस नित्य १/१ चम्चा बिहान/बेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ ।[२]

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]