बराम्ची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बराम्ची
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

बराम्ची नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। बराम्ची गाविस जिल्लाको उत्तरी इलाकामा पर्दछ। जिल्ला सदरमुकामबाट १३ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १३७.१५ वर्ग किलोमिटर छ। बराम्ची पूर्वमा हगाम गाविस, पश्चिममा सेलाङ गाविस, गोल्चे गाविस, उत्तरमा पाङताङ गाविस र दक्षिणमा जलबिरे गाविस पर्दछ। पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविसमा अधिकांश महिनामा चिसो हावापानी पाइन्छ। तामाङ जातिको बाहुल्यता भएको यस गाविसका मानिसहरू घरेलु उद्योग, पशुपालन , कृषि तथा अन्य पेशामा व्यस्थ हुने गर्दछन्। उर्जा उत्पादनमा यस गाविसमा बराम्ची जलविद्युत आयोजनाको निर्माण गरिएको छ। वि.सं. २०५८ सालमा यस गाविसको साक्षरता दर २६ थियो। सोही वर्षको जनगणनामा यस गाविमा ६२३ घरपरिवार मध्ये कुल जनसङ्ख्या ३२६५ थियो। [१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "बराम्ची", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]