बराम जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बराम जाति नेपालमा बसोबास गर्ने एक जाति हो। नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिहरूमध्ये अतिसीमान्तकृत समूहमा पर्ने यो जाति नेपालको गोरखा जिल्लाको मूल आदिवासी हुन्।[१] यिनीहरूको आफ्नै जीवन पद्धति, रहनसहन, भाषा, संस्कृति र सामाजिक मूल्य तथा मान्यताहरू रहेको छ।[२]

बराम जातिलाई सूचकको रूपमा बराम र बरामु शब्दको प्रयोग गरिएको पाइन्छ। यो जाति नेपालको गोरखा जिल्ला, धादिङ जिल्ला, तनहुँ जिल्ला, मकवानपुर जिल्ला, चितवन जिल्ला, नुवाकोट जिल्ला, ललितपुर जिल्ला, नवलपरासी जिल्ला, बारा जिल्लासर्लाही जिल्लामा बसोबास रहेको छ।[३][४] यिनीहरूको मूलथलो गोरखा रहेपनि बसाइँसराइको क्रममा यो जातिका मानिसहरू नेपालको अन्य जिल्लाहरू पुगेका हुन्। बरामहरूको कुलदेवता चण्डी, भूमे, वनदेवता लगायतका देवीदेवताको पूजा अर्चना गर्छन्।[५] लोपोन्मुख बराम जातिले मादल, खैँजडी, मुरली, झुरूम्मा, ढ्याङग्रो प्रयोग गर्दछन् ।[६]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बराम जातिको विशेष, संरक्षित वा स्वायत्त क्षेत्र निर्माण गर्न सर्वोच्चको आदेश", सार्वजनिक (नेपालीमा), २०१९-०७-०४, अन्तिम पहुँच २०२०-०९-०३ 
  2. "आदिवासी जानजाति -बराम", इन्डिजेनस भ्वाइस (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२६ मिति
  3. "बराम जातिको जनजीवन", संकल्प खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२८ मिति
  4. "भाषा बचाउन ट्युसन", भाषा बचाउन ट्युसन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०९-०३ 
  5. "बराम जातिका सामाजिक संस्कारहरू", तरुण खबर (नेपालीमा), २०१७-०८-१४, अन्तिम पहुँच २०२०-०९-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-१८ मिति
  6. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा", गोरखापत्र (नेपालीमा)।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]