बर्दिया राष्ट्रिय निकुञ्ज
| बर्दिया राष्ट्रिय निकुञ्ज | |
|---|---|
![]() |
|
| स्थिति | भेरी अञ्चल, मध्यपश्चिमाञ्चल |
| देश | नेपाल |
| संरक्षित क्षेत्र | Unexpected use of template {{9}} - see Template:9 for details. Unexpected use of template {{6}} - see Template:6 for details. Unexpected use of template {{8}} - see Template:8 for details. वर्ग किमी |
| निर्देशांक | 28.23° N 81.30° E |
| स्थापना | १ Unexpected use of template {{9}} - see Template:9 for details. Unexpected use of template {{8}} - see Template:8 for details. Unexpected use of template {{8}} - see Template:8 for details. ई |
| विश्व धरोहर | एक सिङ्गे गैंडा |
| टिप्पणी | |
| यहाँ महेन्द्र राजमार्गबाट भएर जान सकिन्छ। यस प्राकृतिक संरक्षण क्षेत्रमा एक सिङ्गे गैडा, हात्तीहरू छन, साथै हरिण, नीलगाई र अन्य धेरै जातिका चराचुरीहरूको बसोबास स्थल हो। | |
बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूर पश्चिममा रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरको तराइ प्रदेशमा अवस्थित छ। सन् १९६८मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिएपनि सन् १९६७मा करिब ३६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो। पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो। सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो। पूर्णरूपमा तराइ क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देस्य बाघ तथा यसको शिकारको संरक्षण भएपनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन।
विषयसूची |
इतिहास [सम्पादन गर्ने]
पहिला पहिला बर्दियाको बघौरा फांटमा राजाहरू बाघ तथा हात्तीको शिकारको लागि आउने गर्दथे। यहि क्रममा एकपटक शिकारको लागि आएका राजाले शिकारको लागि बाघ नपाएपछि त्यस क्षेत्रलाई राजाको शिकार क्षेत्रको रूपमा संरक्षण गर्न सुरूवात गरेका थिए। पछि त्यहि क्षेत्रलाई कर्णाली संरक्षण क्षेत्रको रूपमा चिनियो। पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो। सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो।
हावापानी [सम्पादन गर्ने]
बर्दिया राष्ट्रिय निकुञ्जमा पृथक तीन किसिमको हावापानी हुने गर्छ। आश्विन देखि फाल्गुणसम्म मौसम सुख्खा हुन्छ, यो समयमा दिनहरू न्यानो हुन्छन् भने रात ठन्डा रहने गर्छ। बैशाख देखि असार महिना सम्म गर्मी मौसम हुन्छ, यती बेला यहाँको तापक्रम बढेर ४५ डिग्रि सेन्टिग्रेट सम्म पुग्ने गर्छ। त्यसपछिका महिनामा भारी बर्षातको मौसम शरु हुन्छ।
वनस्पति तथा वन्यजन्तुहरू [सम्पादन गर्ने]
स्रोत [सम्पादन गर्ने]
- बर्दिया राष्ट्रिय निकुञ्ज नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
|
||||||||
