बर्ने चियावगान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो झापा जिल्लाको तत्कालिन उत्तरी गाविस शान्तिनगर वार्ड नं.१ को बर्ने भन्ने ठाउँमा पर्दथ्यो भने हाल यो बुद्धशान्ति गाउँपलिका वार्ड नं.४ मा पर्दछ । यहाँ चियाको अवलोकन तथा अन्य मनोरम दृश्यले गर्दा सबै समयमा पर्यटकको घुईचो लाग्ने गर्दछ। झापा जिल्लाको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण सबै क्षेत्रमा चियाको बगान छन् र ती बगानमा चिया टिपेको, स्प्रेकलबाट सिचांइ गरेको हेर्न साह्रो आनन्द आउँछ। त्यसमध्ये पनि बर्नेको चियाबगान पहाड र तराई दुवै क्षेत्रमा फैलिएको छ र जो कोही झापाबाट इलामतर्फ जानेलाई आनन्द दिईरहेको हुन्छ , यस बगानले । यो चिया बगान वि‌.स. २०३५ सालमा खुलेको हो र त्यस वखत सरकारी स्तरमा सञ्चालनमा आएको नेपालकै सबैभन्दा ठूलो चिया बगान पनि हो । हाल भने यो सरकारी चिया बगान ठेक्कामा निजी स्तरमा सञ्चालित छ। यो चिया बगान नेपाल सरकारको ७ वटा प्रसिद्ध चिया बगानहरू मध्ये एउटा हो । अन्य ६ वटा चियाबगानहरू ईलाम, कन्याम, सोक्तिम, टोकला,चिलिमकोट, वाराणसी हुन्। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बर्ने चियावगान", birattourism.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१६ मिति