हर्सा

नेपाली विकिपीडियाबाट
(बवासीर बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
हर्सा
वर्गीकरण एवं बाह्य साधन
Diagram demonstrating the anal anatomy of both internal and external hemorrhoids
आईसीडी-१० I84.
आईसीडी- 455
डिजीज-डीबी 10036
मेडलाइन प्लस 000292
ईमेडिसिन med/2821 emerg/242
एम.ईएसएच D006484

हर्षा (अर्स) पाइल्स अथवा हिन्दीमा बबासिर (Hemorrhoids (AmE), haemorrhoids (BrE), emerods, or piles) मलद्वार सम्बन्धि रोग हो जसमा मलद्वारमा रहेका मांसपेशी सुन्निन्छ। haemorrhoids युके /ˈhɛmərɔɪdz/, मलद्वार नली मा भएका संवाहिनी ढाँचाहरु हुन् जसले दिसा नियन्त्रण गर्न मद्दत गर्छन्।[१][२] तिनीहरु प्याथोलोजीकल वा पायल्स बन्छन् [३] जब सुन्निन्छन् वा जल्छन्। तिनीहरूको शारीरिक स्थितिमा, तिनीहरूले आर्टेरिओ-भेनस च्यानलहरु र संयोजक तन्तु ले बनेको कुसनको रुपमा काम गर्छन्।

प्याथोलोजिकल हर्साका लक्षणहरू त्यसको प्रकार अनुसार फरक हुन्छन्। आन्तरिक हर्सामा सामान्यतया पीडा रहित तरिकाले मलद्वारमा रगत आउने हुन्छ, जब कि बाह्य हर्साले केही लक्षणहरू देखाउन सक्छ अथवा यदि थ्रोमबोस्ड छ भने मलद्वारको क्षेत्रमा उल्लेख्य रुपमा दुख्छ र सुन्निन्छ। धेरै व्यक्तिहरूले मलद्वार वरिपरिको क्षेत्रमा देखिएको कुनैपनि लक्षणलाई "हर्सा" को रूपमा उल्लेख गर्छन्।[४] हर्साको सही कारण अझै अज्ञात छ तापनि, अन्तर-पेट चाप बढाउने केही तत्त्वहरू, विशेष रूपमा कब्जियत, ले यसको विकासमा भूमिका खेल्छ भनेर मानिन्छ।

रोगको प्रारम्भिक उपचारमा फाइबरको सेवनमा वृद्धि, जलसंयोजन कायम राख्नको लागि मुखबाट तरल पदार्थ लिने, दुखाइलाई कम गर्न NSAIDहरू, र आराम आदि पर्छन्। यदि लक्षणहरू गम्भीर छन् वा संरक्षणात्मक व्यवस्थापन गर्दा पनि सुधार भएन भने केही साना उपचार पद्धतिहरू गर्न सकिन्छ। शल्यक्रिया भने यी सबै उपायहरूलाई अपनाएपछि पनि सुधार नहुनेहरूको लागि प्रयोग गर्न उचित हुन्छ। आधाजसो मानिसहरूले तिनीहरूको जीवनको कुनै समयमा हर्साबाट समस्याको अनुभव गर्न सक्छन्। परिणाम सामान्यतया राम्रो हुन्छ।

संकेत तथा लक्षणहरु[सम्पादन गर्ने]

मानव मलद्वारको वरिपरि देखिएको बाह्य हर्सा

आन्तरिक र बाह्य हर्सा फरक-फरक रुपका हुन सक्छनन्; यद्यपि, थुप्रै मानिसहरुमा यसको सम्मिश्रण हुन सक्छ।[२] रक्तअल्पता हुने गरि पर्याप्त मात्रामा रक्तस्राव हुने विरलै हुन्छ,[५] र जीवनलाई खतरा पुर्यााउने रक्तस्राव अझ धेरै विरलै हुन्छ।।[६] यस समस्यालाई झेल्दा धेरै मानिसहरू लाज मान्छन्[५] प्राय: अवस्था अझ धेरै बिग्रेपछि मात्र चिकित्सक कहाँ उपचार खोज्छन्।[२]

बाह्य[सम्पादन गर्ने]

थ्रोमबोस्ड होइन भने, बाह्य हर्साले केही समस्या उत्पन्न गर्न सक्छ।[७] यद्यपि, जब थ्रोमबबोस्ड हुन्छ, हर्सा धेरै दु:खदायी हुन सक्छ।[२][३] तर पनि यस दुखाइ सामान्यतया 2 – 3 दिनमा समाधान हुन्छ।[५] यद्यपि सुन्निएको हराउन केही हप्ता लाग्न सक्छ।[५] उपचार गराइसकेपछि पनि स्किन ट्याग रहन सक्छ।[२] यदि हर्साहरु छन् र स्वच्छतामा समस्याको उत्पन्न गराएका छन् भने, तिनीहरुले वरिपरिको छालामा जलन गराउन सक्छन् तथा यस प्रकार मलद्वार वरिपरि चिलाउन सक्छ।[७]

आन्तरिक[सम्पादन गर्ने]

आन्तरिक हर्सा सामान्यतया आन्द्राभुँडी दिसा गर्दा वा त्यसपछि पिडारहित तरिकाले, उज्यालो रातो, मलद्वार रक्रस्राव को साथमा देखा पर्छ।[२] हुन्छ। आम रूपमा दिसालाई रगतले ढाक्छ, जुन अवस्थालाई हेमाटोचेजिया भनिन्छ, र रगत ट्वाइलेट पेपरमा हुन्छ, वा ट्वाइलेट बोलमा तहिरिन्छ।[२] दिसाको रङ चाहिँ सामान्यतया सामान्य हुन्छ।[२] हुन्छ। श्लेष्म निस्कने, यदि तिनीहरू मलद्वारको माध्यमबाट भ्रंश हुन्छ भने मलद्वार वरिपरि मासु जम्मा हुने, चिलाउने, र फिकल इन्कन्टिनेन्स अन्य लक्षणहरू हुन्।[६][८] आन्तरिक हर्सा सामान्यतया यदि रगत जमेमा वा नेक्रोटिक भएमा मात्र दुख्छ।[२]

कारणहरु[सम्पादन गर्ने]

लक्षणात्मक हर्साको सही कारण अज्ञात छ।[९] केही तत्त्वहरूले यसमा भूमिका खेल्छन् भन्ने मानिन्छ जसमा: दिसा गर्ने अनियमित बानी (कब्जियत वा पखाला), व्यायामको कमी, पौष्टिक तत्त्वहरू (न्यून-फाइबर आहारहरू), अन्तर-पेट चापमा वृद्धि (लामो समयसम्म तनाव रहनु, एस्सिटिस्, अन्तर-पेट पिण्ड, वा गर्भावस्था), वंशानुगत, हेमोरोइडल नसाहरूको अनुपस्थिति, र उमेरको वृद्धि पर्दछ।[३][५] जोखिम बढाउँछ भनेर मानिने अन्य तत्त्वहरूमा मोटोपन, लामो समयसम्म बस्नु,[२] दीर्घकालीन खोकीपेल्भिक फ्लोर डिस्फङ्सन पर्दछ।[४] यद्यपि, यी सम्बन्धहरूको प्रमाण कमजोर छ।[४]

गर्भावस्था को अवधिमा, भ्रूण बाट पेटमा हुने दबाब र होर्मोन सम्बन्धी परिवर्तनहरूको कारणले गर्दा हेमेरोइडल नसाहरू ठूला हुन्छन्। डेलिभरीको कारणले गर्दा पनि अन्तर-पेट चापमा वृद्धि हुन्छ।[१०] गर्भवती महिलाहरूलाई कहिलेकहीँ मात्र शल्य चिकित्सा उपचारको आवश्यकता पर्छ, किनभने सामान्यतया डेलिभरी पछि लक्षणहरू हराउँछन्।[३]

प्याथोफिजियोलोजी[सम्पादन गर्ने]

हर्सा कुशनहरू सामान्य मानव शरीर रचनाको एउटा भाग हो र यिनीहरूमा असाधारण परिवर्तनहरू आएमा मात्र यिनीहरू प्याथोलोजिकल रोग बन्छन्।[२] सामान्य मलद्वार नली मा तिनवटा मुख्य कुशनहरू हुन्छन्।[३] यिनीहरू वर्गीकृत रूपमा बायाँपट्टीको छेउमा, अगाडिको दायाँ भागमा, र पछाडिको दायाँ भागमा स्थित हुन्छन्।[५] धमनीहरू वा नसाहरू ले नभएर सिनुसोइड नामक नसाहरू, संयोजक तन्तुकोमल मांसपेशी ले बनेका हुन्छन्।[४] सिनुसोइडहरूमा, नसाहरूमा जस्तै मांसपेशी तन्तु हुँदैन।[२] नसाहरूको यस सेटलाई हेमोरोइडल स्नायुजाल भनिन्छ।[४]

हर्सा कुशनहरू कन्टिनेन्स को लागि महत्वपूर्ण छन्। तिनीहरूले मलद्वार स्थिर अवस्थामा रहँदा बन्द हुने चापको 15-20% को योगदान दिन्छ र दिसाको निकासको दौरान मलद्वार संकुचन मांसपेशीहरूको रक्षा गर्छ।[२] व्यक्तिले दबाब लगाउँदा, अन्तर-पेट चाप बढ्छ, र मलद्वारलाई बन्द रहन मद्दत गर्न, हर्सा कुशनहरूको आकारमा वृद्धि आउँछ।[५] यी भ्यासकुलर संरचनाहरू तल तिर खस्किँदा वा नसाको चापमा अधिक वृद्धि हुँदा, परिणाम स्वरूप हर्सा लक्षणहरू देखिन्छन् भनेर विश्वास गरिन्छ।[६] वृद्धि भएको मलद्वार संकुचन को चाप पनि हर्साको लक्षणहरूमा संलग्न हुन सक्छ।[५] हर्सा दुई प्रकारको हुन्छ: सुपेरियर हेमोरोइडल स्नायुजाल बाट आन्तरिकहरू र इन्फेरियर हेमोरोइडल स्नायुजालबाट बाह्यहरू।[५] डेन्टेट लाइन ले दुईवटा क्षेत्रहरूलाई विभाजित गर्छ।[५]

निदान[सम्पादन गर्ने]

आन्तरिक हर्सा तहहरु
तह रेखाचित्र तस्वीर
1 Piles Grade 1.svg Endoscopic view
2 Piles Grade 2.svg Hemrrhoids 04.jpg
3 Piles Grade 3.svg Hemrrhoids 05.jpg
4 Piles Grade 4.svg Piles 4th deg 01.jpg

हर्साहरु सामान्यतया शारिरीक जाँचहरुबाट निदान गरिन्छन्।[११] मलद्वार र वरिपरिको क्षेत्रको दृष्टिगत जाँच बाह्य वा भंशित हर्साको निदान हुन सक्छ।[२] सम्भावित मलद्वार ट्युमरहरु, पोलिप्स, वृद्धि भएको प्रोस्टेट, वा एब्सेसहरु पहिचान गर्न मलद्वार जाँच गर्न सकिन्छ।[२] पीडा हुने कारणले गर्दा यो जाँच उपयुक्त बेहोस बनाउने क्रिया बिना सम्भव छैन, तापनि अधिकांश आन्तरिक हर्साहरु पीडासँग जोडिएका छैनन्।[३] आन्तरिक हर्साको दृष्टिगत निश्चितताको लागि एनेस्कोपि एक छेउमा प्रकाश जोडिएको एउटा खोक्रो ट्युबको आवश्यकता पर्न सक्छ।[५] हर्साहरु दुई प्रकारका छन्: बाह्य र आन्तरिक। तिनीहरुलाई डेन्टेट लाइनको आधारमा तिनीहरुको स्थिति अनुसार छुट्याइएको छ।[३] केही व्यक्तिहरुमा एक साथ दुबैको लाक्षणात्मक रुप हुनसक्छ।[५] यदि पीडा छ भने उक्त अवस्था आन्तरिक हर्साको सट्टामा मलद्वार फिसर वा बाह्य हर्सा हुने बढी सम्भावना हुन्छ।[५]

आन्तरिक[सम्पादन गर्ने]

आन्तरिक हर्साहरु ती हुन जो डेन्टेट लाइनको माथीबाट उत्पन्न हुन्छन्।[७] तिनीहरु स्तम्भकार बाह्यतन्तुले ढाकिएका हुन्छन् जसमा पीडा रिसेप्टरहरुको कमी हुन्छ।[४] तिनीहरु 1985 मा भ्रंशको स्तरको आधारमा चार तहहरुमा वर्गीकरण गरिएको थियो।[३][४]

  • स्तर I: भ्रंश नहुने। केवल प्रमुख रक्त बाहिनीहरु।[११]
  • स्तर II: दबाब दिँदा भ्रंश हुन्छन् तर स्वभाविक रुपमा न्यूनिकरण हुन्छन्।
  • स्तर III: दबाब दिँदा भ्रंश हुन्छन् तर हातले न्यूनिकरण गर्नुपर्ने आवश्यकता हुन्छ।
  • स्तर IV: भ्रंश भइसकेपछि हातले न्यूनीकरण गर्न सकिँदैन।

बाह्य[सम्पादन गर्ने]

थ्रोमबोस्ड बाह्य हर्सा

बाह्य हर्साहरु ती हुन् जो डेन्टेट वा पेक्टिनेट लाइन भन्दा तल हुन्छन्।[७] तिनीहरु नजिकबाट एनोडर्म द्वारा र टाढाबाट छालाले ढाकिएका हुन्छन्, जुन दुबै दुखाइ र तापक्रम प्रति सम्वेदनशील छन्।[४]

भिन्नता[सम्पादन गर्ने]

फिसर, फिस्टुलाहरु, एब्सेसहरु, कोलोरेक्टल क्यान्सर, रेक्टल भेरिसेसचिलाउने सहित थुप्रै एनेरेक्टल समस्याहरुका समान लक्षणहरु छन् र गल्तीले हर्साको रुपमा सिफारिस गरिन सक्छन्।[३] जलनशील आन्द्राभुँडी सम्बन्धी रोग, डाइभर्टिकुलर रोग, रएन्जिओडिस्प्लासिया सहित कोलोरेक्टल क्यान्सर कोलिटिस ले गर्दा, मलद्वारबाट रगत बग्न पनि सक्छ।[११] यदि रक्तअल्पता छ भने, अन्य सम्भावित कारणहरुलाई पनि ध्यानमा राख्नुपर्छ।[५]

मलद्वार पिण्ड उत्पादन गर्ने अन्य अवस्थाहरूमा निम्न पर्दछ: स्किन ट्यागहरू, मलद्वार गाँठागुठीहरू, मलद्वार भ्रंश, पोलिपहरू र मलद्वारमा ठूलो पापिल।[५] मलद्वार पिण्ड उत्पादन गर्ने अन्य अवस्थाहरूमा निम्न पर्दछ: स्किन ट्यागहरू, मलद्वार गाँठागुठीहरू, मलद्वार भ्रंश, पोलिपहरू र मलद्वारमा ठूलो पापिले। पोर्टल हाइपरटेन्सन (पोर्टल भेनस सिस्टम मा रक्तचाप) मा वृद्धि भएको कारणले गर्दा हुने एनोरेक्टल भेराइसेस र हर्सा एउटै देखिन सक्छ तर भिन्न अवस्था हुन्।[५]

रोकथाम[सम्पादन गर्ने]

केही रोकथामका उपायहरू सिफारिस गरिएका छन्, जसमा दिसा गर्ने प्रयास गर्दा दबाब नदिने, या त उच्च फाइबर आहार खाएर र पर्याप्त मात्रामा तरल पदार्थ पिएर वा फाइबर पूरकहरू लिएर, र पर्याप्त व्यायाम गरेर कब्जियत वा पखालाबाट बच्ने कार्य सम्मिलित छ।[५][१२] दिसा गर्न प्रयास गर्न लाग्ने समयलाई कम गर्न, ट्वाइलेटमा बस्दा पढ्ने कार्यलाई त्याग्न,[३] र साथसाथै धेरै वजन भएका व्यक्तिहरूलाई वजन कम गर्न र भारी सामान उचाल्ने कार्यलाई त्याग्न पनि सिफारिस गरिएको छ।[१३]

व्यवस्थापन[सम्पादन गर्ने]

संरक्षणात्मक[सम्पादन गर्ने]

संरक्षणात्मक उपचारमा सामान्यतया आहारीय फाइबर धेरै भएको पौष्टिक तत्त्व, जलसंयोजन कायम राख्नको लागि मुखद्वारा तरल पदार्थ पिउने, गैर-स्टेरोइडल जलनरोधक औषधीहरू (NSAID)हरू, सिट्ज बाथहरू, र आराम गर्ने कार्य संलग्न हुन्छ।[३] फाइबर सेवन वृद्धि गर्नाले परिणामहरूमा सुधार ल्याएको देखाउँछ,[१४] र आहारीय परिवर्तनद्वारा वा फाइबर पूरकहरूको उपभोगद्वारा यसलाई हासिल गर्न सकिन्छ।[३][१४] यद्यपि, उपचार दौरान कुनैपनि समयमा सिट्ज बाथहरूबाट हुने फाइदाहरूको प्रमाणको कमी छ।[१५] यदि तिनीहरूलाई प्रयोग गरिन्छ भने एक पटकमा तिनीहरूलाई १५ मिनेटमा सीमित गर्नुपर्छ।[४]

हर्साको उपचारको लागि धेरै प्रासङ्गिक एजेन्टहरू र सपोजिटरीहरू उपलब्ध भएता पनि, तिनीहरूको प्रयोगलाई समर्थन गर्न कम प्रमाण छ।[३] एजेन्टहरू भएको स्टेरोइड 14 दिन भन्दा बढीको लागि प्रयोग गर्नु हुँदैन किनभने तिनीहरूले गर्दा छाला पातलो हुन सक्छ।[३] धेरैजसो एजेन्टहरूमा सक्रिय तत्त्वहरूको सम्मिश्रण हुन्छ।[४] यिनीहरूमा पेट्रोलियम जेलि वा जिन्क अक्साइड जस्ता ब्यारियर क्रिम, एनाल्जेसिक एजेन्ट जस्तै लिडोकेन, र भासोकन्सट्रिक्टर जस्तै इपिनेफ्रिन हुन सक्छ।[४] फ्लाभोनोइडहरू को फाइदा आपत्तिजनक छन् र यसका सम्भावित दुष्प्रभावहरू छन्।[४][१६] सामान्यतया लक्षणहरू गर्भावस्था पछि हराउँछन; जसको कारणले गर्दा डेलिभरी पछिसम्म सक्रिय उपचारमा ढिलाइ हुन्छ।[१७]

पद्धतीहरु[सम्पादन गर्ने]

कार्यालय आधारित प्रक्रियाहरु सम्पादन गरिन सक्छन्। सामान्यतया सुरक्षित भएको बेलामा, दुर्लभ साइड इफेक्टहरु जस्तै पेरिएनल सेप्सिस हुन सक्छन्।[११]

  • 1 देखी 3 स्तर सम्मका रोगहरुमा सामान्यतया रबर ब्यान्ड लिगेसन सिफारिस गरिन्छ।[११] यो एउटा पद्धति हो जसमा रगतको आपूर्ती रोक्न डेन्टेट लाइन भन्दा माथीको आन्तरिक हर्सामा कम्तिमा 1 cm को रबर ब्यान्डहरु लागू गरिन्छन्। 5–7 दिन भित्रमा, झुरझुर भएको हर्सा खस्छ। यदि ब्यान्ड डेन्टेट लाईनको एकदमै निजिक राखिएको छ भने, तत्पश्चात तुरुन्तै तिव्र दुखाइ हुने गर्दछ।[३] उपचार दर करिब 87% भएको पाइएको छ[३] 3% जटिलता दर सहित।[११]
  • स्क्लेरोथेरापिले फिनोल जस्तो स्क्लेरोसिङ एजेन्ट सुइद्वारा हर्सामा लगाउने कार्य संलग्न गर्छ। यसको कारणले गर्दा नसाहरूको भित्ता साना हुन्छन् र हर्सा सुक्छन्। उपचार पछिको चार वर्षमा सफलता दर ~70% छ, [३] जुन रबर ब्यान्ड लिगेसनको भन्दा धेरै छ।[११]
  • हर्साको लागि केही कौटराइजेसनकौटराइजेसन विधिहरूले प्रभावकारीता देखाएका छन्, तर तिनीहरूलाई सामान्यतया अन्य विधिहरू असफल भएपछि मात्र प्रयोग गरिन्छ। पद्धति इलेक्ट्रोकौसरी, इन्फ्रारेड रेडिएसन,लेजर सर्जरी,[३] वा क्रियोसर्जरी प्रयोग गरेर गर्न सकिन्छ।[१८] इन्फ्रारेड कौटराइजेसन स्तर १ वा २ को रोगको लागि विकल्प हुन सक्छ।[११] स्तर 3 वा 4 को रोग भएकाहरूमा पुन: हुने दर उच्च छ।[११]

शल्यक्रिया[सम्पादन गर्ने]

यदि संरक्षणात्मक व्यवस्थापन र साधारण पद्धतिहरू असफल भएमा केही शल्य चिकित्सा विधिहरू प्रयोग गर्न सकिन्छ।[११] सबै शल्य चिकित्सा उपचारहरू केही मात्रामा रक्तस्राव, संक्रमण, मलद्वार संकुचनहरू र मूत्राशयलाई आपूर्ति गर्ने स्नायुहरूको नजिकमा मलद्वार रहेको कारणले गर्दा मूत्र सम्बन्धी अवरोधन लगायतका जटिलताहरूसँग सम्बन्धित हुन्छ।[३] फिकल इन्कन्टिनेन्सफिकल इन्कन्टिनेन्स, विशेष रूपमा तरल पदार्थको, को सानो जोखिम पनि हुन सक्छ,[४][१९] जसको दरहरू ०% र २८% को बीचमा छ।[२०] म्युकोसल इक्त्रोपिअन अर्को अवस्था हो जुन हेमोरोडेक्टोमी पछि हुन सक्छ (प्राय: मलद्वार संकुचनको साथमा)।[२१] यो त्यस अवस्था हो जहाँ मलद्वार म्युकोसा मलद्वारबाट बाहिरतिर निस्कन्छ, जुन मलद्वार भ्रंश को एउटा हल्का खालको प्रकार जस्तै हुन्छ।[२१]

  • एक्सिशनल हेमोरोइडेक्टोमी शल्य चिकित्साको माध्यमबाट हर्सा हटाउने पद्धति हो जसलाई प्राथमिक रूपमा गम्भीर मामिलाहरूमा मात्र प्रयोग गरिन्छ।[३] यो शल्यक्रिया पूर्वको उल्लेखनीय पीडासँग सम्बन्धित छ र निको हुनको लागि सामान्यतया 2-42–4  हप्ता लाग्छ।[३] यद्यपि, स्टत 3 को हर्सा भएकाहरूमा रबर ब्यान्ड लिगेसनको तुलनामा धेरै दीर्घकालीन फाइदा छ।[२२] यदि २४-७२  घण्टा भित्र गरिन्छ भने, यो थ्रोमबोस्ड बाह्य हर्सा भएकाहरूको लागि सिफारिस गरिने उपचार हो।[७][११] पद्धति पूर्व ग्लाइसेरिल ट्रिनिट्रेट मलम लगाउनाले, पीडा कम गर्न र घाउ निको गर्न मद्दत गर्छ।[२३]
  • डोप्लरद्वारा मार्ग निर्देशित ट्रान्सएनल हेमोरोइडल डियेटिरियलाजेसन एउटा कम चिरफार गर्नुपर्ने उपचार हो जसमा धमनीमा रहेको रगतको अन्तर्वाहको स्थानलाई सही रूपमा पत्ता लगाउन अल्ट्रासाउन टोप्लर प्रयोग गरिन्छ। त्यसपछि यी धमनीहरूलाई "बानेर बन्द" गरिन्छ र भ्रंशित तन्तुलाई त्यसको सामान्य स्थानमा जोडिन्छ। यसको पुनरागमन दर हल्का उच्च छ, तर हेमोरोइडेक्टोमिको तुलनामा कम जटिलताहरू छन्।[३]
  • स्टेपल्ड हेमोरोइडेक्टोमि, जसलाई स्टेपल्ड हेमोरोइडोपेक्सी पनि भनिन्छ, एउटा पद्धति हो जसले असामान्य रूपमा ठूलो भएको हेमोरोइडल तन्तुलाई हटाउने, र त्यसपछि बाँकी रहेको हेमोरोइडल तन्तुलाई त्यसको सामान्य शारीरिक स्थानमा पुन: राख्ने कार्यलाई सम्मिलित गर्छ। यो सामान्यतया कम पीडाजनक हुन्छ र हर्सालाई पूर्ण रूपमा हटाउने कार्यको तुलनामा घाउ छिटो निको हुन्छ।[३] यद्यपि, व्यावहारिक हेमोरोइडेक्टोमिमा भन्दा यसमा लक्षणात्मक हर्सा पुन: फर्कने सम्भावना बढी छ[२४] र त्यस कारणले गर्दा यसलाई स्तर २ वा ३ को रोगहरूको लागि मात्र सिफारिस गरिन्छ।[११]

इपिडिमियोलोजी[सम्पादन गर्ने]

हर्सा कति साधारण छ भन्ने कुरा निर्धारण गर्न गाह्रो छ किनभने त्यस्तो अवस्था भएका धेरै मानिसहरू स्वास्थ्यसेवा प्रदायक समक्ष जाँदैनन्।[६][९] यद्यपि, मानिन्छ कि लक्षणात्मक हर्साले US को जनसङ्ख्या मध्ये कम्तिमा ५०% लाई, तिनीहरूको जीवनको कुनै समयमा असर पार्छ र जनसङ्ख्याको लगभग ~५% कुनैपनि दिइएको समयमा यसबाट प्रभावित हुन्छ।[३] दुबै लिङ्गहरूले अवस्थाको लगभग एउटै प्रभावको अनुभव गर्छन् र [३] ४५ र ६५  वर्षको उमेरको बीचको दर उच्च छ।[५] यिनीहरू काउकेसियनहरुमा[२५] र उच्च सामाजिक-आर्थिक स्थिति भएको व्यक्तिहरूमा धेरै हुन्छ।[४] दीर्घकालीन पिणामहरू सामान्यतया राम्रो हुन्छ, यद्यपि केही व्यक्तिहरूमा लक्षणात्मक श्रृङ्खलाहरू बारम्बार देखा पर्छ।[६] मात्र केही व्यक्तिहरूलाई शल्यक्रियाको आवश्यकता पर्छ।[४]

इतिहास[सम्पादन गर्ने]

11औँ शताब्दीको अङ्ग्रेजी लघु चित्र। दायाँ भागमा हर्सा हटाउन गरिने शल्यक्रिया देखाइएको छ।

यस रोगको प्रथम ज्ञात चर्चा 1700 BC को इजिप्सियन पपाइरस बाट भएको हो, जसले यस्तो सुझाव दिन्छ: “… तिमीलाई एउटा औषधी विधि प्रदान गरिनेछ, सर्वोत्तम सुरक्षाको मलम; बबूलको पातहरूलाई पिसेर, धुलो बनाएर र एक साथ पकाएर। त्यहाँ राम्रो कपडाको एउटा टुक्रा चोप्नुहोस् र मलद्वारमा राख्नुहोस्, ता कि उसलाई तुरुन्त ठीक होस्।"[२६] ४६० BC मा, हिपोक्रषट कर्पस मा आधुनिक रबर ब्यान्ड लिगेसन जस्तै उपचारको बारेमा छलफल गरिएको थियो: “"र लेप लगाउनको लागि हर्सालाई सियोले घोपेर र तिनीहरूलाई धेरै बाक्लो उनको धागोले बानेर, तपाईंले यस तरिकाले उपचार गर्न सक्नुहुन्छ, र तिनीहरू नझर्दासम्म उत्तेजित नहुनुहोस्, र सँधै एउटा पछाडी छोड्नुहोस्; र बिरामीलाई निको भएपछि, उसलाई एक पटक हेलिबोर लगाउन दिनुहोस्।"[२६] " हर्सालाई बाइबलमा वर्णन गरिएको हुन सक्छ।[५][२७]

सेल्सस (२५ BC – AD १४) ले बाँध्ने र हटाउने पद्धतीहरुको ब्याख्या गरेको छ, र सम्भावित जटिलताहरुको चर्चा गरेको छ।[२८] ग्यालेन ले यसले पीडा र मासु सड्ने फैलाव दुबैलाई कम गर्छ भन्ने कुरा दावी गर्दै, धमनीहरु र नसाहरुको सम्बन्ध विच्छेदनको वकालत गरेको छ।[२८] सुसरुता स्महिता, (४th – ५th century AD), हिप्पोक्रेटसका शब्दहरु सँग समान छन्, तर घाउको सरसफाइमा जोड दिन्छिन्।[२६] 13औँ शताब्दीमा, युरोपियन सर्जनहरु जस्तै लनफ्रयाङ्क अफ मिलान, गाइ दे चाउलिआक, हेन्री दे मोन्डेभिल्ले र जोन अफ आर्डेनेले शल्यक्रिया विधिहरुको महत्त्वपूर्ण सुधार र विकास गरेका थिए।[२८]

अंग्रेजीमा सुरुमा "hemorrhoid" भन्ने शब्द 1398 मा, ल्याटिन "hæmorrhoida -ae" बाट, पुरानो फ्रान्सेली भाषा "emorroides", बाट व्युत्पन्न भएको हो[२९] जुन ग्रिक भाषाको "αἷμα" (haima), "रगत" बाट "αἱμορροΐς" (haimorrhois), "रक्तस्राव गराउनमा जिम्मेवार",[३०] + "ῥόος" (rhoos), "धारा, प्रवाह, बहाव",[३१] "ῥέω" (rheo), "प्रवाह गराउने, धारा बगाउने" बाट स्वयम् रुपान्तरित भएको हो।[३२]

स्मरणीय घटनाहरु[सम्पादन गर्ने]

हल-अफ-फेमको बेसबल खेलाडी, जोर्ज ब्रेटलाई हर्साको दुखाइको कारणले गर्दा सन् 1980 को वर्ल्ड सिरिज को एउटा खेलबाट हटाइएको थियो। सामान्य शल्यक्रिया गरेपछि, ब्रेट अर्को खेलमा फर्केका थिए, र ठट्टा गर्दै भने "...मेरा सबै समस्याहरू मेरो पछाडि छन्।"[३३] त्यसपछिको वसन्तमा ब्रेटले हर्साको अझ एउटा शल्यक्रिया गरे।[३४]कन्जर्भेटिभ राजनैतिक समालोचक [[ग्लेन बेक] ले हर्साको लागि शल्यक्रिया गरेका थिए, र त्यसपछि आफ्नो नराम्रो अनुभवलाई २००८ मा व्यापक रूपमा हेरिएको YouTube भिडियोमा वर्णन गरेका थिए।[३५]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Chen, Herbert (2010), Illustrative Handbook of General Surgery, Berlin: Springer, p. 217, ISBN 1-84882-088-7 
  2. २.०० २.०१ २.०२ २.०३ २.०४ २.०५ २.०६ २.०७ २.०८ २.०९ २.१० २.११ २.१२ २.१३ २.१४ Schubert, MC; Sridhar, S; Schade, RR & Wexner, SD (July 2009), "What every gastroenterologist needs to know about common anorectal disorders", World J Gastroenterol 15(26): 3201–9, ISSN 1007-9327, PMID 19598294, doi 10.3748/wjg.15.3201 
  3. ३.०० ३.०१ ३.०२ ३.०३ ३.०४ ३.०५ ३.०६ ३.०७ ३.०८ ३.०९ ३.१० ३.११ ३.१२ ३.१३ ३.१४ ३.१५ ३.१६ ३.१७ ३.१८ ३.१९ ३.२० ३.२१ ३.२२ ३.२३ ३.२४ Lorenzo-Rivero, S (August 2009), "Hemorrhoids: diagnosis and current management", Am Surg 75(8): 635–42, PMID 19725283 
  4. ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ ४.१० ४.११ ४.१२ ४.१३ ४.१४ Beck, David (2011), The ASCRS textbook of colon and rectal surgery (2nd ed. ed.), New York: Springer, pp. 174–177, ISBN 9781441915818, <http://books.google.ca/books?id=DhQ1A35E8jwC&pg=PA174> 
  5. ५.०० ५.०१ ५.०२ ५.०३ ५.०४ ५.०५ ५.०६ ५.०७ ५.०८ ५.०९ ५.१० ५.११ ५.१२ ५.१३ ५.१४ ५.१५ ५.१६ ५.१७ ५.१८ Kaidar-Person, O (2007 Jan), "Hemorrhoidal disease: A comprehensive review", Journal of the American College of Surgeons 204(1): 102–17, PMID 17189119, <http://www.siumed.edu/surgery/clerkship/colorectal_pdfs/Hemmorhoids_review.pdf> 
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ Davies, RJ (2006 Jun), "Haemorrhoids.", Clinical evidence (15): 711–24, PMID 16973032, <http://www.aafp.org/afp/2006/1001/p1168.html> 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ Dayton, senior editor, Peter F. Lawrence; editors, Richard Bell, Merril T. (2006), Essentials of general surgery (4th ed. ed.), Philadelphia ;Baltimore: Williams & Wilkins, p. 329, ISBN 9780781750035, <http://books.google.it/books?id=QOeHP5Ky610C&pg=PA329> 
  8. Azimuddin, edited by Indru Khubchandani, Nina Paonessa, Khawaja (2009), Surgical treatment of hemorrhoids (2nd ed. ed.), New York: Springer, p. 21, ISBN 978-1-84800-313-2, <http://books.google.ca/books?id=7WC4f7BhChEC&pg=PA21> 
  9. ९.० ९.१ Reese, GE (2009 Jan 29), "Haemorrhoids.", Clinical evidence 2009, PMID 19445775 
  10. National Digestive Diseases Information Clearinghouse (November 2004), "Hemorrhoids", National Institute of Diabetes and Digestive and Kidney Diseases (NIDDK), NIH 
  11. ११.०० ११.०१ ११.०२ ११.०३ ११.०४ ११.०५ ११.०६ ११.०७ ११.०८ ११.०९ ११.१० ११.११ Rivadeneira, DE (2011 Sep), "Practice parameters for the management of hemorrhoids (revised 2010)", Diseases of the colon and rectum 54(9): 1059–64, PMID 21825884 
  12. Frank J Domino (2012), The 5-Minute Clinical Consult 2013 (Griffith's 5 Minute Clinical Consult), Hagerstown, MD: Lippincott Williams & Wilkins, p. 572, ISBN 1-4511-3735-4, <http://books.google.it/books?id=rrdEq9tb-WYC&pg=PA572> 
  13. Glass, [edited by] Jill C. Cash, Cheryl A., Family practice guidelines (2nd ed. ed.), New York: Springer, p. 665, ISBN 9780826118127, <http://books.google.it/books?id=4uKsZZ4BoRUC&pg=PA665&lpg=PA665> 
  14. १४.० १४.१ Alonso-Coello, P.; Guyatt, G. H.; Heels-Ansdell, D.; Johanson, J. F.; Lopez-Yarto, M.; Mills, E.; Zhuo, Q. & Alonso-Coello, Pablo (2005), Alonso-Coello, Pablo, ed., "Laxatives for the treatment of hemorrhoids", Cochrane Database Syst Rev (4): CD004649, PMID 16235372, doi 10.1002/14651858.CD004649.pub2 
  15. Lang, DS (2011 Dec), "Effectiveness of the Sitz bath in managing adult patients with anorectal disorders", Japan journal of nursing science : JJNS 8(2): 115–28, PMID 22117576 
  16. Alonso-Coello P, Zhou Q, Martinez-Zapata MJ, et al. (August 2006), "Meta-analysis of flavonoids for the treatment of haemorrhoids", Br J Surg 93(8): 909–20, PMID 16736537, doi 10.1002/bjs.5378 
  17. Quijano, CE (2005 Jul 20), "Conservative management of symptomatic and/or complicated haemorrhoids in pregnancy and the puerperium", Cochrane database of systematic reviews (Online) (3): CD004077, PMID 16034920 
  18. Misra, MC (2005), "Drug treatment of haemorrhoids", Drugs 65(11): 1481–91, PMID 16134260 
  19. Pescatori, M (2008 Mar), "Postoperative complications after procedure for prolapsed hemorrhoids (PPH) and stapled transanal rectal resection (STARR) procedures", Techniques in coloproctology 12(1): 7–19, PMID 18512007 
  20. Ommer, A (2008 Nov), "Continence disorders after anal surgery--a relevant problem?", International journal of colorectal disease 23(11): 1023–31, PMID 18629515 
  21. २१.० २१.१ Lagares-Garcia, JA (2002 Dec), "Anal stenosis and mucosal ectropion.", The Surgical clinics of North America 82(6): 1225–31, vii, PMID 12516850 
  22. Shanmugam, V (2005 Jul 20), "Rubber band ligation versus excisional haemorrhoidectomy for haemorrhoids", Cochrane database of systematic reviews (Online) (3): CD005034, PMID 16034963 
  23. Ratnasingham, K (2010), "Meta-analysis of the use of glyceryl trinitrate ointment after haemorrhoidectomy as an analgesic and in promoting wound healing", International journal of surgery (London, England) 8(8): 606–11, PMID 20691294 
  24. Jayaraman, S (2006 Oct 18), "Stapled versus conventional surgery for hemorrhoids", Cochrane database of systematic reviews (Online) (4): CD005393, PMID 17054255 
  25. Christian Lynge, Dana & Weiss, Barry D., 20 Common Problems: Surgical Problems And Procedures In Primary Care, McGraw-Hill Professional, p. 114, ISBN 978-0-07-136002-9 
  26. २६.० २६.१ २६.२ Ellesmore, Windsor (2002), "Surgical History of Haemorrhoids", in Charles MV, Surgical Treatment of Haemorrhoids, London: Springer 
  27. King James Bible, 1 Samuel 6 4, <http://www.kingjamesbibleonline.org/1-Samuel-Chapter-6/> 
  28. २८.० २८.१ २८.२ Agbo, SP (1 January 2011), "Surgical management of hemorrhoids", Journal of Surgical Technique and Case Report 3(2): 68, doi 10.4103/2006-8808.92797 
  29. hæmorrhoida, Charlton T. Lewis, Charles Short, A Latin Dictionary, on Perseus Digital Library
  30. αἷμα, Henry George Liddell, Robert Scott, A Greek-English Lexicon, on Perseus Digital Library
  31. ῥόος, Henry George Liddell, Robert Scott, A Greek-English Lexicon, on Perseus Digital Library
  32. ῥέω, Henry George Liddell, Robert Scott, A Greek-English Lexicon, on Perseus Digital Library
  33. Dick Kaegel. "Memories fill Kauffman Stadium", Major League Baseball, March 5, 2009.
  34. "Brett in Hospital for Surgery", The New York Times, March 1, 1981.
  35. "Glenn Beck: Put the 'Care' Back in Health Care", Jan. 8, 2008. अन्तिम पहुँच मिति:17 September 2012.

बाह्य सूत्र[सम्पादन गर्ने]