बागेश्वरी मन्दिर, नेपालगन्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बागेश्वरी मन्दिर नेपालगञ्जमा रहेको एक प्रशिद्ध मन्दिर हो। बाँके जिल्लाको नेपालगञ्ज घरबारी टोल २ मा अवस्थित यस मन्दिर रहेको स्थानमा सतिदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ। सती देवीको ५१ शक्तिपिठ मध्य बागेश्वरीलाइ पनि एक मानिन्छ । सतीदेवीको जिब्रो पतन भएकोले पहिले बाक्यश्वरी, बाग्यश्वरी हुदै बागेश्वरी नाम रहन गएको जनश्रुती छ । यहाँ पशुपति जान आएका बाबा र चेलाले रात बिताएको र सपनामा देवीले आफ्नो थान उक्त स्थानमा रहेको बताएपछि उक्त स्थानको पहिचान भएको थियो । खोज्दै जादा खाल्डो भएको ठाउँ देवीको थान भएकोले त्यसैलाइ आधार मानी मन्दिर स्थापना गरिएको थियो । सोहि खाडलमा अहिले पनि खुला दर्शन गराउने गरिन्छ ।

यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ। मुख्य पुजारी मन्दिर स्थपना गर्दा बाबासँगै आएका चेलाको पुस्ता रहेकोछ । अहिले २४ औं पुस्ता चन्द योगी रहेका छन् । मन्दिर स्थापना गर्ने बाबाको समाधि पिपल बोट छेउमा छ । दशैमा सप्तमी, अष्ठमी, नवमीमा ठुलो भिड हुनेगर्छ । सप्तमीमा फुलपाती भित्राउने काम सेना प्रहरीले गर्छन् । अष्ठमीमा बली दिने गरिन्छ । दशैको दशौ दिनसम्म भिड हुन्छ । तिज, शिवरात्री, जनैपूणिर्मा, तिहार सबै हिन्दु पर्वमा भिड हुनेगर्छ ।

माता बागेश्वरीमा भकल गरी पुजा विधि गरे मागेको पुरा हुने विश्वास गरिन्छ । ठूलो तलाउको नजिकै रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो। यो मन्दिर २०२५, २०३३ पछि धेरै पटक पुर्ण निर्माण गरेर भव्य स्वरुप पाएकोछ । अहिले तामाले छाएको निकै ठुलो आकर्षक प्यागोडा शैलीको मन्दिर छ । छेउछाउमा मण्डप, शनी मुर्ती, गणेश मुर्ति, नाग मुर्ती, रामसिता मन्दिर, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर रहेकोछ । मन्दिरको छेउमा सिद्ध पोखरी रहेकोछ । जसको बिचमा महादेवको मन्दिर रहेकोछ । जुघा भएको महादेवको एकमात्रै मन्दिर उक्त पोखरीमा रहेकोछ ।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

शक्तिपीठ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]