बाराक ओबामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाराक ओबामा
A portrait shot of a serious looking middle-aged African-American male (Barack Obama) looking straight ahead. He has short black hair, and is wearing a dark navy blazer with a blue striped tie over a light blue collared shirt. In the background are two flags hanging from separate flagpoles: an American flag, and one from the Executive Office of the President.
अमेरिकाका ४४औं राष्ट्रपति
कार्यकाल
जनवरी २०, २००९ – जनवरी २०, २०१७
उपराष्ट्रपतिजो बाइडेन
पूर्वाधिकारीजर्ज डब्लु बुश
उतराधिकारीडोनाल्ड ट्रम्प
United States Senator
from इलिनोइ
कार्यकाल
जनवरी ३, २००५ – नोभेम्बर १६, २००८
पूर्वाधिकारीपिटर फिट्सजेरल्ड
उतराधिकारीरोल्याण्ड बुरिस
इलिनोइ सिनेट सदस्य
१३ औँ डिसट्रिक्टबाट
कार्यकाल
जनवरी ८, १९९७ – नोभेम्बर ४, २००४
पूर्वाधिकारीएलिस पाल्मर
उतराधिकारीक्वामी राउल
व्यक्तिगत विवरण
जन्म
बाराक हुसेन ओबामा II

अगस्ट ४, १९६१ [१]
होनोलुलु, हवाई
राजनीतिक दलडेमोक्राटिक पार्टी
जीवन साथीमिसेल रोबिन्सन ओबामा
सन्तान(हरू)मालिया, साशा
निवास(हरू)ह्वाइट हाउस (सरकारी)
शिकागो, इलिनोइ (निजी)
मातृ शिक्षाप्रतिष्ठानअक्सिडेन्टल कलेज
कोलम्बिया युनिभर्सिटी (बि. ए. )
हार्वार्ड ल स्कुल (जे.डि.)
जीवनवृतिकानुन व्यवसायी
संबैधानिक कानुनका प्राध्यापक
लेखक
हस्ताक्षरBarack Obama
वेबसाइटह्वाईट हाउस
बाराक ओबामा

बाराक हुसेन ओबामा (जन्म: ४ अगस्ट, १९६१) अमेरिकाका ४४औं राष्ट्रपति हुन्। [२] उनी यस देशका प्रथम अश्वेत (अफ्रिकी अमेरिकी) राष्ट्रपति हुन्। उनले २० जनवरी, २००९ का दिन राष्ट्रपति पदको शपथ ग्रहण गरेका हुन्। [३] ओबामा इलिनोइ राज्यबाट कनिष्ठ सेनेटर तथा २००८ मा अमेरिकाका राष्टपति पदका लागि डेमोक्र्याटिक पार्टीका उम्मेद्वार थिए। [४] ओबामाले हार्भर्ड ल स्कुलबाट सन् १९९१ मा स्नातक गरे, जहाँ उनी हार्भर्ड ल रिभ्यूका प्रथम अफ्रीकी अमेरिकी अध्यक्ष पनि भए।[स्रोत नखुलेको] सन् १९९७ देखि २००४ सम्म इलिनोइ सेनेटमा तीन सेवाकाल पूरा गर्नुअघि ओबामाले सामुदायिक आयोजकको रूपमा काम गरे अनि नागरिक अधिकार अधिवक्ताका रूपमा प्रेक्टिस गरे।[स्रोत नखुलेको] सन् १९९२ देखि २००४ सम्म उनले शिकागो कानुन विश्वविद्यालयमा संवैधानिक कानुनको अध्यापन कार्य पनि गरे। सन् २००० मा अमेरिकी हाउस अफ रेप्रिजेन्टेटिभ सीट हासिल गर्न असफल भएपछि जनवरी २००३ मा उनको नजर अमेरिकी सेनेटतर्फ पर्‍यो जहाँ उनले मार्च २००४ मा प्राथमिक विजय प्राप्त गरे र नोभेम्बर २००३मा सेनेटका लागि निर्वाचित भए।[स्रोत नखुलेको]

१०९ औँ कंग्रेसमा अल्पसंख्य डेमोक्रेट सदस्यका रूपमा उनले पारम्परिक हात-हतियारमाथि नियन्त्रण तथा सङ्घीय कोषको प्रयोगमा अधिक सार्वजनिक उत्तरदायित्वको समर्थन गर्दै विधेयक बनाउनमा सहयोग गरे। डेमोक्रेटिक राष्ट्रपति फ्र्यान्क्लिन डि. रुजबेल्ट ले १९३० को दशकको महामन्दी सामना गरे जस्तै उनले पनि २००७-२००८ को वित्तीय सङ्कट अमेरिकी नियमन प्रणाली महत्त्वपूर्ण परिवर्तहरू गरे।[५] उनी पूर्वी युरोप, मध्य पूर्व र अफ्रिकाको राजकीय यात्रामा पनि गए। ११० औँ कंग्रेसमा लबिइङग तथा चुनावी धाँधली, मौसम परिवर्तन, नाभिकीय आतंकवाद तथा युद्धबाट फर्किएका अमेरीकी सैनिकहरूको कल्याण सम्बन्धित विधेयक-निर्माणमा उनले सहयोग गरे। विश्व शान्तिमा उल्लेखनीय योगदान पुर्‍याए बापत बराक ओबामालाई वर्ष २००९ को नोबेल पुरस्कार प्रदान गरियो। [६] सन् २०१२ नोभेम्बरमा अर्का प्रतिद्वन्द्धि रिपब्लिकन पार्टीका उम्मेद्वार मिट रम्नीलाई हराउँदै उनी दोस्रो कार्यकालका लागि पुन:निर्वाचित भएका हुन।[स्रोत नखुलेको]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

ओबामाको जन्म हवाई राज्यमा भएको हो। उनका पिता केन्या मूलका बाराक हुसेन ओबामा सिनियर थिए भने आमा अमेरिकाकी एन्न डन्हाम थिइन्। बाराकका पिता काला जाति र आमा गोरा जातिको हुन्। उनी दुई वर्षको भएपछि सन् १९६४ तिर पिता र माताले छुट्टाछुट्टै बस्ने निधो गरे। त्यसपछि बाराकका पिता केन्या फर्के। आमाले इन्डोनेसियाका लोलो सोयटोरोसँग अर्को विवाह गरिन्। जुनियर ओबामा पनि आमाको अर्को परिवारसँग इन्डोनेसिया गए।

जन्मेको एक महिनामा छाडेर गएका बाबुसँग ओबामाको अलि ठूलो भएपछि एक पटक मात्र भेट भएको थियो। बाराकका जन्मदिने पिताको सन् १९८२ मा गाडी दुर्घटनामा निधन भयो। बाराक दश वर्षको हुन्जेल इन्डोनेसियामै बसे। त्यसपछि आमापट्टिका हजुरबुबा स्टानले र हजुरआमा मेड्लिनसँग बस्न होनोलुलु, हवाई राज्य फर्के। उनी सन् १९७१ मा पुनाहोउ स्कूलमा कक्षा ५ मा भर्ना भए। सन् १९७९ मा स्नातक तह सके। डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका ओबामाले कोलम्बिया युनिभर्सिटिहार्भर्ड ल स्कूलबाट स्नातक गरेका छन्।

बाराककी आमा सन् १९७२मा हवाई फर्किन्। सन् १९७७ सम्म त्यहीँ बसेर इन्डोनेसिया फर्किन्। इन्डोनेसियामा उनी मानिसको उत्पत्ति र सामाजिक सम्बन्धबारे अध्ययन गर्थिन्। त्यसपछिको बाँकी समय एन्नले इन्डोनेसियामै बिताइन्। सन् १९९४मा हवाई त फर्किन् तर त्यसको एक वर्ष नबित्दै उनको निधन भयो।

होनोलुलुमा जन्मेका ओबामा केन्याई मूलका अश्वेत बाबु र अमेरिकी मूलकी आमाका सन्तान हुन्। उनको अधिकांश प्रारम्भिक जीवन अमेरिकाको हवाई राज्यमा बित्यो। ६ देखि १० वर्षसम्मको उमेर उनले जकार्ता (इन्डोनेसिया)मा आफ्नी आमा र इन्डोनेसियाई सानोबाबु (सौतेलो बाबु) सँग बिताए। बाल्यकालमा उनलाई बैरी नामले बोलाइन्थ्यो। पछि होनोलुलु फर्केपछि आफ्नो मावल घरमा बस्न थाले। १९९५ मा उनकी आमाको क्यान्सर रोगको कारणले मृत्यु भयो। ओबामाको विवाह १९९२ मा मिसेलसित भएको हो जसबाट दुई छोरीहरू (मालिया र साशा) भए। ओबामालाई बाल्यकालमा लालन-पालन गर्ने हजुर आमा (मेडलिन दुनहम)को पनि २ नोभेम्बर, २००८ का दिन ८६ वर्षको उमेरमा निधन भयो। [७]

ओबामाको परिवार[सम्पादन गर्नुहोस्]

सधैं हाँसिरहने ओबामाले सन् १९९२मा मिशेलसँग विवाह गरे। उनीहरूका दुई छोरीहरू : मालिया (जन्म: सन् १९९८) र साशा (जन्म : सन् २००१) छन्।

लेखन कार्य[सम्पादन गर्नुहोस्]

हार्भर्ड ल स्कूलबाट सन् १९९१ मा स्नातक गरेका ओबामाले दुइवटा लोकप्रिय पुस्तकहरू पनि लेखे। उनको पहिलो पुस्तक- ड्रीम्स फ्रम माई फादरः अ स्टोरी अफ रेस एन्ड इन्हेरिटेंसको प्रकाशन ल (Law) स्कूलबाट स्नातक गरेको केही दिनपछि गरिएको थियो। यस पुस्तकमा होनोलुलु र जकार्तामा बितेको उनको बाल्यजीवन, लस एन्जलिस र न्यूयर्कमा बितेको कलेज जीवन तथा सन ८० को दशकमा शिकागो सहरमा सामुदायिक आयोजकको रूपमा उनले नोकरी गरेका दिनहरूका संस्मरण छन्। पुस्तकमा आधारित आडियो बुकलाई सन् २००६ मा प्रतिष्ठित ग्रैमी पुरस्कारले सम्मानित गरियो। उनको दोस्रो पुस्तक द अड्यासिटी अभ होप मध्यावधि चुनावको तीन साताअघि अक्टोबर २००६ मा प्रकाशित भयो। छोटो अवधिमा नै यो पुस्तक बेस्टसेलर सूचीमा सामेल भयो। [८] शिकागो ट्रिब्यूनका अनुसार पुस्तक-प्रचारको बेला मानिसहरूसित भेट-घाटको प्रभावले पछि गएर ओबामालाई राष्ट्रपति पदको चुनावमा उत्रिने हौसला मिल्यो।

राष्ट्रपति पदको उम्मेदवारी दर्ता[सम्पादन गर्नुहोस्]

५ जून, २००८ का दिन ओबामाको उम्मेद्वारीको समर्थनमा उनका डेमोक्र्याटिक प्रतिद्वन्द्वी तथा पूर्व प्रथम महिला हिलेरी क्लिन्टनले आफ्नो दावेदारी छोडिदिने तय भइसकेको थियो[९]। अमेरिकी इतिहासमा ओबामा केवल पाँचौं अफ्रिकी अमेरिकी सेनेटर मात्र नभएर उनी मतदानद्वारा चुनिएका तेस्रा अनि सेनेटमा नियुक्त एक मात्र अफ्रिकी अमरिकन सेनेटर पनि हुन्।

राष्ट्रपति चयन[सम्पादन गर्नुहोस्]

ओबामा सन् २००८ नोभेम्बर ४ को निर्वाचनमा राष्ट्रपति निर्वाचित भए। सन् २००९ जनवरी २० देखि ४४ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हाले। त्यसअघि उनी इलिनोइ राज्यका सेनेटर थिए। अमेरिकाको राष्ट्रपति निर्वाचित हुने उनी पहिलो अश्वेत हुन्। यो चुनावमा बाराक ओबामाले ५२ प्रतिशत मत पाए भने विपक्षी जन मकेनको पक्षमा ४७ प्रतिशत मत परेको थियो। त्यस्तै सन् २०१२, नोभेम्बरमा भएको निर्वाचनमा आफ्ना निकटतम् प्रतिद्वन्द्वी, रिपब्लिकनका मिट रम्नीलाई हराउँदै पुन: दोस्रो कार्यकालका लागि निर्वाचित भए। धेरै पहिले अमेरिकामा काला जातिका मानिसलाई दासदासी राखिन्थ्यो। उनीहरूको किनबेच हुन्थ्यो। काला जातिका मानिसका मानिस बेचिनेदेखि राष्ट्रपतिसम्म पुग्नु ठूलो उपलब्धि हो। ठूलो प्रजातन्त्र अमेरिकाको सुन्दरता पनि यही हो।

ओबामाको वाल्यकालका धेरै दिन हजुरआमासँग बित्यो।त्यसैले उनको जीवनमा सबभन्दा बढी नजिक पनि हजुरआमा नै थिइन्। तर उनी राष्ट्रपति भएको खबर सुन्न दुई दिन बाँकी हुँदा हजुरआमाको निधन भयो। 'कसरी सपना देख्ने र कडा परिश्रम गर्ने भन्ने मैले आमा र हजुरआमाबाट सिकेको हुँ' भन्ने ओबामाले हजुरआमा-हजुरबुबा दुवै जना आफ्नो जीवनको 'पथ प्रदर्शक' भएको बताउँछन्। नाममा हुस्सेन भए पनि उहाँ इसाइ धर्म मान्छन्।

उनी राष्ट्रपति भएर ह्वाइट हाउसमा बस्न जानुअघि इलिनोइ राज्यमा बस्थे। उनले राजनीति गर्न थालेको १९ वर्षमात्र भएको छ। यति चाँडो विश्वकै प्रभावशाली नेता हुनु आफैंमा ठुलो उपलब्धि हो।

बाहिरबाट[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]