बाराक ओबामा
| बाराक ओबामा | |
|
|
|
|---|---|
| बहालवाला | |
| पद बहाली जनवरी २०, २००९ |
|
| उपराष्ट्रपति | जोय विडेन |
| अग्रज : | George W. Bush |
|
|
|
| कार्यकाल जनवरी ३, २००५ – नोभेम्बर १६, २००८ |
|
| अग्रज : | Peter Fitzgerald |
| उतराधिकारी : | Roland Burris |
|
Member of the Illinois Senate
from the 13th District |
|
| कार्यकाल जनवरी ८, १९९७ – नोभेम्बर ४, २००४ |
|
| अग्रज : | Alice Palmer |
| उतराधिकारी : | Kwame Raoul |
|
|
|
| जन्म : | अगस्ट 4, 1961 |
| राजनीतिक दल : | Democratic Party |
| जीवनसाथी : | मिचेल रबिन्सन ओबामा |
| सन्तान : | मालिया, साशा |
| निवास : | White House (official) Chicago, Illinois (private) |
| अध्ययन संस्था : | Occidental College Columbia University (B.A.) Harvard Law School (J.D.) |
| पेशा : | Community organizer Lawyer Constitutional law professor Author |
| धर्म : | Christian[३] |
| हस्ताक्षर : | |
| वेबसाइट : | The White House Barack Obama |
बाराक हुसेन ओबामा (जन्म: ४ अगस्ट, १९६१) अमेरिकाका ४४औं राष्ट्रपति हुन् | उनी यस देशका प्रथम अश्वेत (अफ्रीकी अमरीकन) राष्ट्रपति हुन्। उनले २० जनवरी, २००९ का दिन राष्ट्रपति पदको शपथ ग्रहण गरेका हुन्। ओबामा इलिनय राज्यबाट कनिष्ठ सेनेटर तथा २००८मा अमेरिकाका राष्टपति पदका लागि डेमोक्रैटिक पार्टीका उम्मेद्वार थिए। ओबामा हार्वर्ड ल स्कूलबाट सन् १९९१मा स्नातक बने, जहाँ उनी हार्वर्ड ल रिव्यूका पहिला अफ्रीकी अमरीकी अध्यक्ष पनि भए। १९९७ देखि २००४ इलिनय सेनेटमा तीन सेवाकाल पूरा गर्नु अघि ओबामाले सामुदायिक आयोजकको रूपमा काम गरे अनि नागरिक अधिकार अधिवक्ताका रूपमा प्रेक्टिस गरे| १९९२ देखि २००४ सम्म उनले शिकागो कानून विश्वविद्यालयमा संवैधानिक कानूनको अध्यापन कार्य पनि गरे। सन् २०००मा अमेरिकी हाउस अफ रिप्रेसेंटेटिवमा सीट हासिल गर्न असफल भएपछि जनवरी २००३मा उनको नजर अमरीकी सिनेटतर्फ लाग्यो| मार्च २००४मा प्राथमिक विजय प्राप्त गरे र नोभेम्बर २००३मा सेनेटका लागि निर्वाचित भए|
१०९ औं काग्रेसमा अल्पसंख्य डेमोक्रेट सदस्यका रूपमा उनले पारंपरिक हात-हतियारमाथि नियन्त्रण तथा सङ्घीय कोषको प्रयोगमा अधिक सार्वजनिक उत्तरदायित्वको समर्थन गर्दै विधेयक बनाउनमा सहयोग गरे। उनी पूर्वी युरोप, मध्य पूर्व र अफ्रीकाको राजकीय यात्रामा पनि गए| ११० औं काग्रेसमा लबिंग तथा चुनावी धाँधली, मौसम परिवर्तन, नाभिकीय आतंकवाद तथा युद्धबाट फर्किएका अमेरीकी सैनिकहरूको कल्याण सम्वन्धित विधेयक-निर्माणमा उनले सहयोग गरे। विश्व शांतिमा उल्लेखनीय योगदान गरे बापत बराक ओबामालाई वर्ष २००९को नोबेल पुरस्कार प्रदान [४]
विषयसूची |
प्रारम्भिक जीवन [सम्पादन गर्ने]
ओबामाको जन्म हवाई राज्यमा भएको हो। उनका पिता केन्या मूलका बाराक हुसेन ओबामा सिनियर थिए। उनकि आमा अमेरिकाकी एन्न डन्हाम हो। पिता काला जाति र आमा गोरा जातिको हो। बाराक दुई वर्षको भएपछि सन् १९६४ तिर पिता र माताले छुट्टाछुट्टै बस्ने निधो गरे। त्यसपछि बाराकका पिता केन्या फर्के। आमाले इन्डोनेसियाका लोलो सोयटोरोसँग अर्को विवाह गरिन्। जुनियर ओबामा पनि आमाको अर्को परिवारसँग इन्डोनेसिया गए।
जन्मेको एक महिनामा छाडेर गएका बाबुसँग ओबामा अलि ठूलो भएपछि एक पटक मात्र भेट भएको थियो। बाराकका जन्मदिने पिताको सन् १९८२मा गाडी दुर्घटनामा निधन भयो। बाराक दश वर्षको हुन्जेल इन्डोनेसियामै बसे। त्यसपछि आमापट्टिका हजुरबुबा स्टानले र हजुरआमा मेड्लिनसँग बस्न होनोलुलु, हवाई राज्य फर्के। उनी सन् १९७१मा पुनाहौ स्कूलमा कक्षा ५मा भर्ना भए। सन् १९७९मा स्नातक तह सके। डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका ओबामाले कोलम्बिया युनिभर्सिटि र हार्भर्ड ल स्कूलबाट स्नातक गरेका छन्।
बाराककी आमा सन् १९७२मा हवाई फर्किन्। सन् १९७७ सम्म त्यहि बसेर इन्डोनेसिया फर्किन्। इन्डोनेसियामा उनी मानिसको उत्पत्ति र सामाजिक सम्बन्धबारे अध्ययन गर्थिन्। त्यसपछिको बाँकी समय एन्नले इन्डोनेसियामै बिताइन्। सन् १९९४मा हवाई त फर्किन्। एक वर्ष नबित्दै उनको निधन भयो।
होनोलूलूमा जन्मेका ओबामा केन्याई मूलका अश्वेत बाबु र अमेरिकी मूलकी आमाका सन्तान हुन्। उनको अधिकांश प्रारम्भिक जीवन अमेरिकाको हवाई राज्यमा बित्यो। ६ देखि १० वर्ष सम्मको उमेर उनले जकार्ता (इण्डोनेशिया)मा आफ्नी आमा र इण्डोनेशियाई सानोबाबु(सौतेलो बाबु) सँग बिताए| बाल्यकालमा उनलाई बैरी नामले बोलाइन्थ्यो| पछि होनोलूलू फर्केपछि आफ्नो मावल घरमा बस्न थाले| १९९५मा उनकि आमाको क्यान्सर रोगको कारणले मृत्यु भयो| ओबामाको विवाह १९९२मा मिशेलसित भएको हो र जसबाट दुई छोरीहरू (मालिया र साशा) भए| ओबामालाई बाल्यकालमा लालन-पालन गर्ने हजुर आमा (मेडलिन दुनहम)को पनि २ नोभेम्बर, २००८ का दिन ८६ वर्षको उमेरमा निधन भयो |[५]
ओबामाको परिवार [सम्पादन गर्ने]
सधैं हाँसिरहने ओबामाले सन् १९९२मा मिचेलसँग विवाह गरे। उनीहरूका दुई छोरीहरू : मालिया (जन्म: सन् १९९८) र साशा (जन्म : सन् २००१) छन्।
लेखन कार्य [सम्पादन गर्ने]
हार्वड ल स्कूलबाट सन १९९१मा स्नातक गरेका ओबामाले दुइवटा लोकप्रिय पुस्तकहरू पनि लेखे| उनको पहिलो पुस्तक- ड्रीम्स फ्रम माई फादरः अ स्टोरी अफ रेस एन्ड इन्हेरिटेंसको प्रकाशन ल (Law) स्कूलबाट स्नातक बनेको केही दिनपछि गरिएको थियो| यस पुस्तकमा होनोलूलू र जकार्तामा बितेको उनको बाल्यजीवन, लस एंजलिस र न्यूयर्कमा बितेको कलेज जीवन तथा सन ८०को दशकमा शिकागो सहरमा सामुदायिक आयोजकको रूपमा उनको नौकरी गरेका दिनहरूका संस्मरण छन्। पुस्तकमा आधारित आडियो बुकलाई सन् २००६मा प्रतिष्ठित ग्रैमी पुरस्कारले सम्मानित गरियो। उनको दोस्रो पुस्तक द ओडेसिटी अफ होप मध्यावधि चुनावको तीन साता अघि अक्टोबर २००६मा प्रकाशित भयो|छोटो अवधिमा नैं यो पुस्तक बेस्टसेलर सूचीमा सामेल भयो। [६] शिकागो ट्रिब्यूनका अनुसार पुस्तक-प्रचारको बेला मानिसहरूसित भेट-घाटको प्रभावले पछि गएर ओबामालाई राष्ट्रपति पदको चुनावमा उत्रिने हौसला मिल्यो।
राष्ट्रपति पदको उम्मेदवारी दर्ता [सम्पादन गर्ने]
५ जून, २००८ का दिन ओबामाको उम्मेद्वारीको समर्थनमा उनकी डेमोक्रेटिक प्रतिद्वंद्वी तथा पूर्व प्रथम महिला हिलेरी क्लिंटन आफ्नो दावेदारी छोडिदिने तय भइसकेको थियो[७]। अमेरिकी इतिहासमा ओबामा केवल पाँचौं अफ्रीकी अमेरिकी सेनेटर मात्र नभएर उनी मतदानद्वारा चुनिएका तेस्रा अनि सेनेटमा नियुक्त एक मात्र अफ्रीकी अमरीकन सेनेटर पनि हुन्।
राष्ट्रपति चयन [सम्पादन गर्ने]
ओबामा सन् २००८ नोभेम्बर ४को निर्वाचनमा राष्ट्रपति निर्वाचित भए। सन् २००९ जनवरी २० देखि ४४ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाले। त्यसअघि उनी इलिनोय राज्यका सिनेटर थिए। अमेरिकाको राष्ट्रपति निर्वाचित हुने उनी पहिलो अश्वेत हुन्। यो चुनावमा बाराक ओबामाले ५२ प्रतिशत मत पाए भने विपक्षी जोन मक्केनको पक्षमा ४७ प्रतिशत मत परेको थियो। धेरै पहिले अमेरिकामा काला जातिका मानिसलाई दासदासी राखिन्थ्यो। उनीहरूको किनबेच हुन्थ्यो। काला जातिका मानिसका मानिस बेचिनेदेखि राष्ट्रपतिसम्म पुग्नु ठूलो उपलब्धि हो। ठूलो प्रजातन्त्र अमेरिकाको सुन्दरता पनि यहि हो।
ओबामाको वाल्यकालका धेरै दिन हजुरआमासँग बित्यो। उनको जीवनमा सबभन्दा बढीनजीक पनि हजुरआमाकै थिइन्। तर उनी राष्ट्रपति भएको खबर सुन्न दुई दिन बाँकी हुँदा हजुरआमाको निधन भयो। 'कसरी सपना देख्ने र कडा परिश्रम गर्ने भन्ने मैले आमा र हजुरआमाबाट सिकेको हुँ,' भन्ने ओबामाले हजुरआमा-हजुरबुबा दुवै जना आफ्नो जीवनको 'पथ प्रदर्शक' भएको बताउँछन्। नाममा हुस्सेन भए पनि उहाँ इसाइ धर्म मान्छन्।
उनी राष्ट्रपति भएर ह्वाइट हाउसमा बस्नु जानुअघि इलिनोय राज्यमा बस्थे। उनले राजनीति गर्न थालेको १९ वर्षमात्र भएको छ। यति चाँडो विश्वकै प्रभावशाली नेता भए।
बाहिरबाट [सम्पादन गर्ने]
- निर्वाचित राष्ट्रपतिको आधिकारिक वेबसाईट
- ओबामाको राष्ट्रपति पदको चुनाव प्रचारको लागि बनाएको आधिकारिक वेबसाईट
- अमेरिकी सेनेटरको रूपमा ओबामाको आधिकारिक वेबसाईट
- यूट्यूबमा ओबामाको च्यानल
- ओबामा फेसबुकमा
सन्दर्भ [सम्पादन गर्ने]
- ↑ "President Barack Obama", 2008
- ↑ Cite error: Invalid
<ref>tag; no text was provided for refs namedbirth-certificate - ↑ Cite error: Invalid
<ref>tag; no text was provided for refs namedChristian - ↑ "सम्मानित महसूस गर्दै छु"
- ↑ ओबामाको हजुरआमाको मृत्युमा म्याक्केनको संवेदना
- ↑ Obama wins Grammy and whitest US state
- ↑ हिलेरी मैदान से हटने की तैयारी में