बाहुबल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


बाहुबल भनेको व्यक्तिको शरीरमा निहित बल वा शक्ति हो। कुनै पनि कार्य गर्न बाहुबल अनिवार्य छ। हामी सशक्त अवस्थामा ठूलै काम गर्न पनि सक्षम रहन्छौ भने त्यही शरीर दुर्बल हुदा आफैलाई थाम्न पनि असमर्थ हुन्छौ। एक महापुरुषको भनाइ छ - क्षीण शरीरले मानिसको मस्तिष्कलाई पनि क्षीण बनाइदिन्छ। अतः मानिसको मस्तिष्क तथा मनस्थिति तेजस्वी र बलवान् बनाइराखे हरेक क्षेत्रमा सन्तोषजनक उन्नति र सफलता प्राप्त गर्न सकिन्छ। समुन्नत र सशक्त जीवनयापनका लागि शारीरिक स्वास्थ्यबारे विचार पुर्‍याउनुपर्छ। विचार गर्ने मस्तिष्क वा मन भए पनि त्यसलाई कार्य रूपमा परिणत गर्ने शरीर वा बाहुबल नै हो। शरीर बलिष्ट र शक्तिशाली बनाउन संयम एवं स्वास्थ्यसम्बन्धी नियमपालना आवश्यक छ।