बिचौलिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नेपाल बारले २०६४ मा 'क्वाइन' गरेको यो शब्दलाई सर्वोच्च अदालतका चार न्यायाधीशले २०६६ मा 'वैधानिकता' दिएपछि प्रयोगमा व्यापकता पाएको हो । यद्यपि नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको बृहत् शब्दकोशमा यो शब्द र यसको अर्थ भेटिंदैन । तर न्यायाधीश, कानुन व्यवसायी र अदालत परिसर घुम्नेहरूले शब्दलाई खुबै बढावा दिएका छन् ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीका शब्दमा, 'न्यायाधीश र झगडियाबीच 'मिलाउँछु' भनी लेनदेनमा संलग्न हुने व्यक्तिलाई बिचौलिया भनिन्छ । अर्थात् यिनीहरू न्यायाधीश र झगडिया बीचका सम्पर्क सूत्र हुन् । र बीचका खेलाडी पनि हुन् । यस्ता प्रवृत्तिका व्यक्तिहरू न्यायाधीशको घर खोज्दै आइपुग्छन् । न्यायाधीशका घरपरिवारसँग सम्पर्क बढाउँछन्, लोभ देखाउने गर्छन् । लोभिनेहरू सजिलै बिचौलियाको फन्दामा पर्छन् ।'अर्थात् 'दलाल' शब्दकै परिस्कृत रूप हो- 'बिचौलिया' ।

जब २०६४ सालमा न्यायालयमा सीडी प्रकरण सार्वजनिक भयो, तब कानुन व्यवसायीहरू तर्सिन पुगे । त्यो प्रकरणमा प्रधानन्यायाधीशकै नामसमेत जोडिएपछि कानुन व्यवसायीले न्यायिक विकृतिको अन्त्य हुनैपर्छ भन्ने ठाने । त्यसपछि उनीहरूले विृकतिको कारक खोतल्न 'न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि अध्ययन समिति' बनाएर गहिरो अध्ययनमा लागे । न्यायिक कर्मभित्र यावत पक्ष खोतली २५२ पृष्ठको प्रतिवेदन नै तयार गरे । त्यसमा ४३ पृष्ठ त बिचौलियाकै बारेमा खर्चिएको छ । तिनको रूप, चिनारी हुँदै न्यायसम्पादनमा तिनको प्रभाव, प्रवृत्तिसम्म राम्रैसँग केलाइएको छ ।

अध्ययन समितिका संयोजक वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालका अनुसार, त्यो शब्दको चयन अध्ययन समितिका सदस्य प्रकाश वस्तीले गरेका हुन् । बिचौलिया सम्बन्धी अध्ययन जिम्मेवारी वस्तीले लिए । प्रतिवेदनमा दलाल उल्लेख गर्नु अलिक नराम्रो भएपछि 'बिचौलिया' वस्तीले फुराएका हुन्- 'बीचमा बसेर चलखेल गर्ने' व्यक्तिका सन्दर्भमा । यो हिन्दीभाषीले प्रयोग गर्ने शब्द हो । न्यायालयभित्र बिचौलियाको चरम रूप देखेर नै समितिले यसबारे गहिरो अध्ययन गरेको हो ।

बिचौलिया बिगबिगी