बिजयसाल
| बिजयसाल | |
|---|---|
| संरक्षण स्थिति | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति |
| (unranked): | Angiosperms |
| (unranked): | Eudicots |
| (unranked): | Rosids |
| गण: | Fabales |
| कुल: | Fabaceae |
| उपकुल: | Faboideae |
| Tribe: | Dalbergieae |
| वंश: | Pterocarpus |
| प्रजाति: | P. marsupium |
| द्विपद नाम | |
| Pterocarpus marsupium Roxburgh |
|
विजयसाल औषधीय गुण भएको रूख वर्गमा पर्ने वनस्पति हो । विजयसालको ठेकीमा राखेको केही घण्टापछि पानी निलो बन्छ। बेलुका पानी राखेर विहान नियमित पिउने गरे पेट र मुटु सम्बन्धी रोग निको हुने विश्वास गरिन्छ । नेपालको सुदुरपश्चिम क्षेत्रमा मात्र विजयसाल पाइन्छ। वैज्ञानिक नाम ‘टेरोकार्पस मार्सुपियम' (Pterocarpus marsupium)रहेको विजयसाललाई विकसित मुलुकमा समेत आयुर्वेदिक औषधीकोरूपमा प्रयोग गरिन्छ ।
विजयसालको औषधीय गुणहरू[सम्पादन गर्ने]
मधुमेह, कुष्ठरोग र चर्मरोग, जीउमा सेतो दाग र रातो, गहिरो घाउ आएमा, पिसावका रोग, आँखाको संक्रमण, हात्तीपाइले रोग, पखाला, ग्याष्ट्रिकको कारणले मुटु पोल्ने, रक्त विकार जस्ता रोगका उपचार गर्न तथा रगत बग्ने रोक्न, दुखाई कम गर्न र पेटमा जुका परेमा यसको चूर काठलाई पानीमा रातभरी भिजाउँदा प्राप्त हुने पानी वा चूर काठको धूलो सेवन गरिन्छ । दाँत दुख्दा यसको बोक्रा दलिन्छ । फोडा–फुन्सी, घाउ र चर्मरोगमा यसको पातको रस दलिन्छ ।[२]
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
- ↑ World Conservation Monitoring Centre (1998). Pterocarpus marsupium. 2006 IUCN Red List of Threatened Species. IUCN 2006. Retrieved on 11 May 2006. Listed as Vulnerable (VU A1cd v2.3)
- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री