बिजु बज्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिजु बज्र (बिजु बज्राचार्य ) नेपालका संगीतकार तथा संगीत निर्देशक हुन् [१] । उनको जन्म २०२८ सालमा गुल्मीको वामी टक्सारमा भएको थियो । उनका पिता जुठाराज र आमा लक्ष्मीदेवीको कोखबाट जन्मिएका उनी माहिलो सन्तान हुन् ।

व्यवसायिक जीवन[सम्पादन गर्नुहोस्]

उनले पन्ध्र सयभन्दा बढी गीतमा संगीत गरेका छन् र थुप्रै मन छुने गीत रचना गरेका छन् । २०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षण पास गरे पछि संगीत क्षेत्रमा व्यवसायिक रूपले लाग्नुभएको थियो । सुगम पोखरेलको स्वरमा रहेको तिमी म भन्दा कोसौँ टाढा छौ, कर्णदासको स्वरमा रहेको बिस्तारै छायो आँखामा अँध्यारो आगन्तुक खरेलको स्वरमा रहेको कुन रङको कमी थियो र सानु रेशमा सुनुवारको स्वरमा रहेको मै ठुली भइछु रे लगायतका गीतहरु उहाँको बहुचर्चित गीत मानिन्छन् ।

पारिवारिक जीवन[सम्पादन गर्नुहोस्]

उनी काठमाडौँको बबरमहलमा परिवारका साथ बस्दै आएका छन् । उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी २०४८ सालमा परिवारसहित काठमाडौँ आएका हुन् । उनलाई आश्विन ६ गतेका दिनमा एक्कासी हृदयघात भएको थियो । उनलाई स्वास्थ्य उपचारका लागि देश विदेशबाट ठुलो सहयोग प्राप्त भएको थियो [२]


सन्दर्भहरू[सम्पादन गर्नुहोस्]