बिदुर नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
बिदुर नगरपालिका
NepalNuwakotDistrictmap.png
स्थापना : २०४३ फागुन १८ गते
अञ्चल: बागमती अञ्चल
जिल्ला: नुवाकोट जिल्ला
क्षेत्रफल:
जनसंख्या: २१,१९३ (२००१) वडा संख्या: ११
भौगोलिक अवस्थिति: पहाडी
मेयर:  ??
टेलिफोन कोड: ०१०
वेबसाईट: www.munbidur.gov.np
 हे  वा  सं 

बिदुर नगरपालिका नेपालको बागमती अञ्चलको नुवाकोट जिल्लाको एक हो। यो नुवाकोट जिल्लाको सदरमुकाम तथा सबै भन्दा ठूलो ब्यापार केन्द्र हो।

विषयसूची

जनसङ्ख्या [सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार बिदुर नगरपालिकाको जनसङ्ख्या २१,१९३ छ।[१] यस मध्य पुरुष ४९%, र महिला ५१% छन।

नेपाल अधिराज्यको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको वाग्मती अञ्चल अर्न्तगत राजधानी काठमाडौंं उत्तर-पश्चिम दिशामा अवस्थित नुवाकोट एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो। अधिराज्यको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेहमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रूपमा पूर्व-पश्चिम फैलिएर रहेको छ। यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरू लगाएतका विविध भौगोलिक विशेषताहरू पुर्याउन सकिन्छ। भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ।

राजा पृथ्वी नारायण शाहद्वारा तत्कालिन अवस्थामा कान्तिपुर उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरूलाई मिलाई एकीकृत र समुन्नत नेपाल अधिराज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो। यही क्रममा उपत्याकाको पश्चिमतर्फो मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य अभियान शुरु गरियो। त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो। जसको फलस्वरूप तेस्रो पटकको व्यापक तयारीपछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१मा गोरखालीको विजय भयो।

नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रूपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो। जसको परिणामस्वरूप वि.सं.१८२५ मार् इन्द्रजात्राको दिन कान्तिपुर शहर गोरखाली सेनाको हातमा पर्‍यो। यस प्रकार क्रमिक रूपमा एकीकरण अभियान अघि बढ्यो। साथै वि.सं.१८३१मा बडा महाराजको र्स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी शासकका अतिरिक्त बलभद्र, भीमसेन थापा, अमरसिंह जस्ता वीर योद्घाहरूले यस अभियानलाइ अझै व्यापक बनाए। यद्यपि भारतमा साम्राज्य फैलाइरहेका अङ्ग्रेज शासकहरू यसबाट सशङ्कित बने जसबाट वि.सं.१८३७मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पर्वमा मेची र पश्चिममा राप्ती र कर्णाली पारिका भू-भागहरू गुमाउनु पर्‍यो।

यी विभिन्न कारणहरूले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्ध हुन गयो। यद्यपि इसं १८५७मा भारतका सिपाही विद्रोह दबाउन तत्कालीन शासक जंगबहादुर राणाले अङ्ग्रेजलाइ महत्वपूर्ण सैनिक सहयोग उपलब्ध गराए बापत हालका चार किल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता भएको थियो। त्यर्सथ नेपाल अधिराज्यको वर्तमान स्वरूप निर्माणमा थुप्रै साहसिला वीर शासकका साथै बहादुर सैनिकहरूको महत्वपर्ण भूमिका रहेको स्वत स्पष्ट छ। यस एकीकरण अभियानमा गोरखापछि नुवाकोट विजयले सफलताको द्वार खोलिदिएको तथ्य छिप्न सक्तैन। बडामहाराज श्री ५ पृथ्वी नारायण शाहबाट विसं १८०१ देखि १८२५ सम्मको महत्वपर्ण समय नुवाकोटमै व्यतित भएको थियो।

गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्वपूर्ण मार्गका रूपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाई मानिन्छ। जुन मागृ भएर गोरखाली सेनाहरू महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए। यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोलीगÝा खरीद जस्ता व्यापक तयारीले लडाईंलाइ सफल तुल्याएको देखिन्छ। नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढावा दिए।

बडामहाराजद्वारा ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९मा भव्य नौतले दरबार बनाउन लगाए। पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुई तल्ला भत्किएर साततले मात्र हुन पुगेको थियो। पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र र्सवसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए तर उपत्यकाका मल्ला राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन। स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा वि.सं.१८२२मा शेरा दरबारको निर्माण भएको थियो। साततले रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दिका लागि थुन्ने खोरका साथे दरबारको वास्तुकलालाई लिइन्छ। यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो। साथै उत्तर पर्ूव कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो। यसको पुनः निर्माणतर्फसरकारले चासो राखेको देखिदैन। मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुर जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाही जात्रा, रोपाइ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ। यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरू पनि यहाँ नभएका हैनन्। गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरणसँगसँगै केही साँस्कृतिक परम्पराहरू लोप हुदै गएका छन्। जुन दुःख लाग्दो विषय हो। मल्लकालमा उपत्याकाबाट बसाँइ सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाडौंको जस्तै इन्द्रचोक, ब्रहृमटोल, भूटोल आदि राखेका थिए। जुन अद्यपि कायम छ। यी नेवार जातिमध्ये कतिपय साततले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अनुमान गर्न सकिन्छ।

नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपालवंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गउको ऐतिहासिक अनुश्रुति रहेको छ। नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ। नेपाल अधिराज्यको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पर्वी देशान्तरसम्मको फैलावटमा रहेको छ। समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ। जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ।

प्रशासनिक आधारमा तीनवटा संसदीय निर्वाचन क्षेत्रशरु, १३ वटा इलाका, ६१ गाविस तथा एक नगरपालिका र ५६० वडाहरूमा विभक्त यस जिल्लामा १२०० भन्दा अधिक बस्तीहरू रहेका छन्। विगतमा नुवाकोट दुबार पसिरसमा रहेको जिल्ला सदरमुकाम विदुरमा रहेको छ।

नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

स्रोत [सम्पादन गर्ने]

  1. "नेपाल जनगणना २०५८" 




सन्दर्भ सामग्री [सम्पादन गर्ने]

बाह्य सूत्र [सम्पादन गर्ने]