बिष्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिष्ट/विष्ट
जम्मा जनसङ्ख्या
१ लाख [१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्म और मष्टो धर्म
सम्बन्धित जातीय समूह
पाण्डे, थापा, बस्नेत, कुँवर

बिष्ट नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी क्षेत्रीहरूको थर हो । बिष्ट थर बिटकर उठाउने पदबाट सिर्जित थर हो । काम , स्थान, पद, निगाहा जस्ता विभिन्न अवस्थाबाट नेपालीहरुका थर बनेका छन् । यस्तै गरी बनेको एक थर बिष्ट पनि हो । नेपालको मध्य तथा सुदूर पश्चिम तथा भारतको हिमाचल प्रदेश तथा उत्तराखण्ड , उत्तर प्रदेश तथा पश्चिम बङ्गालमा विशेष गरेर बिष्ट थर लेख्नेहरूको बसोवास रहेको छ । बिष्ट थर लेख्ने सबै एकै होइनन । सांन्डील्य गोत्रीय पुजापाठ गर्ने ब्राहमण बिष्ट दार्चुलामा ,कश्यप गोत्रीय जैसी ब्राहमण बिष्ट डोटीमा भेटिन्छन,आफुलाई भारद्वाज गोत्रीय ठकुरी बताउने बिष्ट डोटी गड्सेरामा भेटिन्छन । यस्तै गौतम गोत्रीय गोरा बिष्ट र कश्यप गोत्रीय काला बिष्ट बैतडी पुर्चुड़ी क्षेत्रमा भेटिन्छन । सल्यान तथा रुकुममा आतस्य गोत्रका बिष्ट क्षेत्रीहरु भेटिन्छन । यी मात्र नभएर नेपालमा ऐडी बिष्ट, खबतरी बिष्ट, खुलाल बिष्ट, पुँवर बिष्ट, आदि बिष्टका विभिन्न प्रकारहरू हुन् ।

खपतरी/खबतरी बिष्ट[सम्पादन गर्नुहोस्]

खबतरी बिष्टहरू अन्य खपतरीझैँ कौशिक गोत्रका हुन् ।[२]

खुलाल बिष्ट[सम्पादन गर्नुहोस्]

खुलाल बिष्टहरू अन्य खुलालझैँ धनञ्जय गोत्र हो[२]

पुँवर बिष्ट[सम्पादन गर्नुहोस्]

पुँवर बिष्ट

पुँवार बिष्ट अछामको ढाकुबाट नेपालको विभिन्न ठाउँमा फैलिएका छ्न । भारत खन्डको धारानगर भन्ने ठाउँबाट आएका अएर सिंह ,भएर सिह र जाजर सिंंह तीन दाजु भाइ मध्यका एक भाइ जाजर सिंह अछाम आई अछम लाई सिजापती माहाराजको दरबार कब्जा गरी बसेको भोटे राजा लाई युद्धमा हराई बिष्ट कहलियका हुन र सिंहबाट बिष्ट उपाधी पाएको अछामको ढाकुमा रहेकोपाटापत्र बंशावली मा उल्लेख छ । उपल्लो बिष्ट - मित्रको काल भन्ने उखान छ । कुलदेउता - खाडा वेताल वंश- पुँवार गोत्र- बशिष्ट अछाममा ढाकु, लाची तिखेढुङ्गा, कुच्ची, धमाली, मुलि ,बजुडा र तडिगैरा (बाटुलासैन )यस्तै बाजुराको ढाडाकोट (जगन्नाथ,) दैलेख, डडेल्धुरा कालिकोट र काठमाडौ थापाथली मा पुवार बिष्ट को बसोबास रहेको छ । कर्णाली प्रदेश तिर ढाडाकोटी बिष्ट लाई सबै भन्दा ठूलो क्षेत्री को रूपमा लिईन्छ ।

ऐडी बिष्ट[सम्पादन गर्नुहोस्]

भिन्न-भिन्न गोत्र भएका बिष्ट क्षेत्रीहरू मध्य गौतम गोत्री बिष्ट जसलाई ऐडी बिष्ट भनिन्छ, यिनीहरू बैतडी जिल्लाको पाटन क्षेत्रको सेरोफेरो, तल्लो स्वराडडडेल्धुरा जिल्लाको मड्चिपुरमा बसेका छन् ।

उद्गम स्थल[सम्पादन गर्नुहोस्]

करिब २५० वर्ष पहिले बाईसे चौबिसे राजाहरूको समयमा पाटन क्षेत्रमा पर्ने कोट भन्ने ठाउँमा ठकुरी वंशका राजाले राज्य गर्दथे । एक समयमा पनेरू थरका राजाले त्यहाँ आक्रमण गरी ठकुरी वंशका राजालाई पराजितगरी आफुले कब्जा जमाए । पराजित ठकुरी वंशका राजा भारतको दुवानगर पुगी त्यहाँका राजालाई सहयोगको लागि आग्रह गरेछन् । त्यहाँका राजाले आफ्ना वीर योद्धा ऐडी बिष्ट, दशौनी बिष्ट, भट्टकठायतको दस्ता सहयोगको लागि खटाएछन् । वीर योद्धाहरूले पनेरू राजालाई परास्त गरी दीप चनलाई राजा बनाए । एक थरी भनाई अनुसार कठायतहरू राजाका बढी विश्वास पात्र थिए । त्यसैले राजाका रक्षक पनि कठायत नै थिए ।[३] कठायत परिवारमा एउटा अति सुन्दरी महिला थिइन् जसको रौं निकै लामो थियो । एक दिन राजाको दरबारमा लामो रौं भेटिएछ । त्यो रौं कसको हो भन्ने विषयमा बाहिर कुरा चलेछ । अन्तमा त्यो रौं तिनै सुन्दरीको हो भन्ने किटान भए पछि राजा प्रति शंकागरी राजालाई मार्ने योजना बनाएछन् । सिकारका सौखिन राजालाई सुँगुर आयो सुँगुर आयो भनि दरबारको वरिपरी हल्ला पिटाएछन् । सुँगुर मार्न राजा हतियार सहित दरबारबाट बाहिर निस्कने क्रममा राजाका रक्षक तिनै कठायतले नै गोली हानी हत्या गरेका थिए । त्यसै कारणले त्यो कोटको नाम पछि सुँगुरकोट भनि राखिएको हो ।[३] लडाइमा विजय प्राप्त गरी सकेपछि गौतम गोत्री ऐडी बिष्टका पूर्खाहरू बाग बिष्ट र आङ बिष्ट दुई भाइ त्यही ठाउँमा बस्न मन पराई पाटनको टुंडेगैर भन्ने ठाउँमा बस्ने गरेका हुन् । यद्यपी भारतको दुवानगरबाट बाग बिष्ट र आङ बिष्ट आएका हुन् वा उनका पुर्खा आएका हुन् भन्ने कुरा स्पष्ट हुन सकेको छैन । आज त्यो ठाउँलाई बिष्ट बाटुलीको सेरो भनेर चिनिन्छ ।[३]

बसाई सराई[सम्पादन गर्नुहोस्]

भारतको दुवानगर भन्ने ठाउँबाट टुंडेगैर आई बसेका बाग बिष्ट र आङ बिष्टका सन्तानहरूको अंशबण्डा हुँदा जेठा बाग बिष्टका सन्तानहरू टुंडेगैर र बिष्टेउडामा बसे भने कान्छा आङ बिष्टका सन्तानहरू मध्य जेठा भौसिंह बिष्ट बेडौती, माहिला (नाम थाह हुन नसकेका) पौडी, साहिला गाङी बिष्ट मड्चीपुर (डडेलधुरा) र कान्छा (नाम थाह हुन नसकेका) तल्लो स्वराड भन्ने ठाउँमा बस्ने गरेकाछन् । जेठा भौसिंह बिष्टले आफ्नै पालामा बेडौती छोडी हालको गुजर गाविसको वडा नं. २ तिपुरमण भन्ने ठाउँमा आई बसे । त्यसपछि भौसिंह बिष्टका दुई छोरा वीरा बिष्ट र आन्ते बिष्ट गुजर गाविसको वडा नंवर ५ गुराली भन्ने ठाउँमा आई बसे । अचानक आन्ते बिष्टको निधन भएपछि उनका नाबालक पुत्र हरिसिंह बिष्ट पिथौरागढ जिल्लाको ओड्डा भन्ने ठाउँमा आफ्नो मामाघरमा गई बसे । बाल्यकाल पुरा भएछि पारिवारीक जिवन बिताउन उनी फेरी ओड्डाबाट आफ्नै गाउँ गुराली आए । त्यसपछी उनी हालको गुजर गाविसकै वडा नंवर ७ बुङ्डा भन्ने ठाउँमा बस्न थाले । हरिसिंह बिष्टका सन्तानहरू हाल सोही ठाउँमा बस्ने गरेका छन् । यद्यपी गौतम गोत्री ऐडी बिष्टका सन्तानहरू हाल काठमाडौँ देखि कैलाली कञ्चनपुका विभिन्न भागमा समेत फैलिएका छन् ।[३]

तिम्रापै बिष्ट[सम्पादन गर्नुहोस्]

एक समयमा बिष्टहरू घट्ट ल्याउने भनी डोटीतिर लागेछन् । बाटोमा जाँदा दाउरा घाँस काट्दै गरेका महिलाहरूसँग भेट भएछ । ति महिलाहरूले तिमीहरू को हौ भनि सोधिछन् । जवाफमा बिष्टहरूले तिम्रापै बिष्ट हौं भनेछन् । अनि किन आएका हौ त भनि महिलाहरूले फेरी सोध्दा जवाफमा बिष्टहरूले रातो हाली सेतो निकाल्ने खाज्न आएका हौं भनि भनेछन् । ति महिलाहरूले आफूलाई जिस्काएको ठानेछन् र त्यस पछि दुवै थरी आफ्नो आफ्नो बाटो लागेछन् । साँझ वास बस्ने क्रममा बिष्टहरू तिनै महिलाहरूको गाउँमा पुगेछन् । तिनीहरूलाई देख्दा हामीलाई जिस्काउने यिनै हुन् भनि चिनेछन् र आ-आफ्ना लोग्नेलाई भनेछन् । यि कस्ता बदमास रहेछन् को हौ भनि सोध्दा तिम्रापै बिष्ट हौं भन्छन् , किन आएका भनि सोध्दा रातो हालेर सेतो निकाल्ने खोज्न आएका भन्छन् भने पछि त्यस गाउँका पुरूषहरू र बिष्टहरू बीच ठुलो विवाद परेछ । अन्तमा गाउँलेहरूले बिष्टहरू उपर शिलगढी अदालतमा मुद्दा हालेछन् । त्यो मुद्दा अदालतमा ६ वर्षसम्म चलेको थियो । प्रतिवादमा बिष्टहरूले अदालतमा बयान दिंदै भने हामीहरू ऐडी बिष्ट हौं, तिपुरमण भन्ने ठाउँमा बस्ने हुनाले हामीलाई तिम्रापै बिष्ट भन्ने गर्दछन् । त्यस्तै रातो हाली सेतो निकाल्ने भनेको घट्ट हो जसमा रातो गहुँ, कोदो हाल्दा सेतो पिठो निस्किन्छ । त्यसैले तिम्रापै बिष्ट हौं र रातो हाली सेतो निकाल्ने खोज्न हिंडेका हौं भनि अर्थ लगाए पछि अदालतले उनिहरूलाई सफाई दिएको थियो । त्यसै फैसला पछि त्यहाँका बिष्टहरूलाई तिम्रापै बिष्ट भन्ने चलन पनि बसेको हो ।[३]

ऐडी बिष्टको मुख्य संस्कृति[सम्पादन गर्नुहोस्]

बाग बिष्ट र आङ बिष्टको पालामा कैलपाल र सिमोडालाई कुल देवताको रूपमा पूजा गर्ने गर्दथे । अहिले पनि बाग बिष्टका सन्तानहरूले सिमोडालाई कुल देवताको रूपमा पूजा गर्ने गर्छन् भने आङ बिष्टका सन्तानहरू (पौडी वासी) ले कैलपाललाई कुल देवताको रूपमा पूजा गर्ने गरेका छन् । आङ बिष्टकै जेठा सन्तान भौंसिंले बैतडी छोडी तिपुरमण, गुराली आए पछि भूमीराजलाई कुल देवताको रूपमा पूजा गर्ने गरेका छन् । यसका अतिरिक्त भौसिंका नाति हरिसिंका सन्तानहरूले माता वामनीलाई कुल देवता सरह नै पूजा गर्दै आएका छन् । साथै भौसिंका सन्तानहरूले कैलपाल, सिमोडा, सिगास आदि देवीदेवताको पनि पूजा आजा गर्ने गर्दछन् । ऐडी बिष्टहरूले गौरा पूजालाई विशेष चाडको रूपमा मनाउने गरे ता पनि दशैं, तिहार, मकर सङ्क्रान्ती तथा वैशाखी (विशु पर्व) जस्ता चाडपर्वहरूलाई पनि पर्वको रूपमा मनाउने गर्दछन् । [३]

उल्लेखनीय बिष्ट/विष्टहरू[सम्पादन गर्नुहोस्]

भारद्वाज गोत्रीय बिष्ट[सम्पादन गर्नुहोस्]

यिनि बिष्टहरु पौराणिक कालका राजपुतका बङ्सज हुन् र यिनिहरु रजस्थानको जयपुर देखि हुदै उत्तराखन्डका कुमाउॅ गढवाल छेत्रमा र नेपालको पस्छिमिभुभागमा बस्ने गर्दछ्न | पुराना समयमा यिनका पुर्खाहरु राजाका सेना अधिकारि हुने गर्दथे | कसैले त कुमाउॅ  गढवालका छेत्रमा राज सासन चलाएको इतिहास पनि छ | यिनिहरुको पुर्वज सबैभन्दा पहिले दार्चुला छिरे र त्याहाको बिभिन्न थलोमा बसोबास गरे | त्याहा बिष्टहरू मान मर्यादा प्रतिष्ठानले बसेका थिये, तिनिहरुको बिहेवारि पनि प्राचिन कालका क्षेत्रीय राजपुत तथा ठकुरीहरू सित हुने गरेको इतिहास छ | एक पटक जङ्गलमा सिकार गर्दा हरिण मारेर खादा त्याहाका मान्छेले एक जुट भयेर बिष्टहरुको सक्तिसालि परिवार्को रिस मानेर षडयन्त्र गरे र हरिणको मासुलाइ सुङुर्को मासु भन्दै चर्चा गर्न थाले | तथापि अझै पनि दार्चुलाका चेत्रमा बिष्टहरूको राम्रै पद प्रथिस्ठान छ | त्याहाबाट केहि परिवारहरु बैतडी,डडेलदुरा र डोटीमा बसोबास गरे | डोटी बाट बाजेहरु छुट्टिएर एक दिपायल बसे एक वगलेक नजिकै बिष्ट गाउँमा बसे एक सलेना बिष्ट गाउँमा बसे एक गडसेरा गएर बसे भन्न सुनेको पाइन्छ | डोटीमा जब मल्ल ठकुरीहरूले डोटीका स्थापित राजाहरुलाइ युद्धमा परास्थ गर्दै गर्दा बिष्टहरूसित पनि ठुलो युद्ध भयेको इतिहास छ जस्मा दुबै तिरका योद्धा काटियका र मारियेका थिये | तेसैले गर्दा यिनि बिष्टहरू कसैबाट हेपियेको अथवा चेपियेको इतिहास छैन र कोइ राजा रजौटाबाट सन्चालित भायेको पनि छैन | यिनिहरुको बन्सावलि तामपत्र पनि छ तथापि कति तामपत्रहरु माउबादिकालमा नष्ट भैसकेका छन् | यिनिहरुलाइ सुरबिर योद्धा  र न्याय प्रेमि मानिन्थ्यो | अहिलेका समयमा नेपालको दार्चुला, डोटी, डडेलधुरा आदि लगायत उत्तराखन्डका कुमाउॅ गढवालछेत्रमा बिष्टहरु बस्दछ्न |

सन्दर्भ सूचीहरू[सम्पादन गर्नुहोस्]

  1. http://forebears.io/nepal
  2. २.० २.१ http://savitri.com.np/gotra-and-thars-surname-in-nepal/ वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण लेखक राजेश कुमार बटाला

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]