बिहार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
 बिहार 

भारतको मानचित्रमा बिहार

स्थापना १९१२ (नयाँ राज्यको रूपमा)
राजधानी पटना
सबैभन्दा ठूलो सहर
जनसंख्या ८,२९,९८,५०९
 - घनत्व ८३७ /किमी²
लिंगानुपात १०८.८
जातिहरू -
धर्म हिन्दू, ईशाई,मुस्लिम
साक्षरता प्रतिशत ५२.०%
पुरुष साक्षरता प्रतिशत ५९.७%
महिला साक्षरता प्रतिशत ३३.१%
क्षेत्रफल ९९,२०० किमी² 
 - जिल्ला संख्या ३८
सरकारी भाषा
राज्यपाल देवानन्द कोंवर
मुख्यमन्त्री
विधायिका दुई सदन (विधान सभा-२४३, विधान परिषद्-९६)
आइएसओ संक्षेप -

बिहार भारतको एक प्रान्त हो । बिहारको राजधानी पटना हो । बिहारको उत्तरमा नेपाल, पूर्वमा पश्चिम बङ्गाल, पश्चिममा उत्तर प्रदेश र दक्षिणमा झारखण्ड राज्यहरू छन् । यसको नाम बौद्ध विहार शव्दको विकृत रूप मानिन्छ । उहिले यो राज्य विशाल साम्राज्यहरूको गढ थियो, वर्तमान कालमा देशको अर्थव्यवस्थाको सबभन्दा कम योगदान दिने राज्यमा गनिन्छ ।

इतिहास[सम्पादन गर्ने]

बिहारको ऐतिहासिक नाम मगध हो। बिहारको राजधानी पटनाको ऐतिहासिक नाम पाटलिपुत्र हो ।

प्राचीन काल[सम्पादन गर्ने]

प्रमुखः-बिहारको प्राचीन इतिहास
धेरै प्राचीन कालमा मगधको साम्राज्य देशको सबभन्दा शक्तिशाली साम्राज्यहरूमा गनिन्थ्यो । यहाँबाट मौर्य वंश, गुपत वंश तथा अरु धेरै राजवंशहरूले देशका धेरै जसो क्षेत्रहरूमा राज्य गरे । मौर्य वंशका शासक सम्राट अशोकको साम्राज्य पश्चिममा अफगानिस्तान सम्म फैलिएको थियो । मौर्य वंशको शासन ३२५ ईस्वी पूर्वदेखि १८५ ईस्वी पूर्वसम्म चल्यो । छैटौं र सातौं इसापूर्व तिर यहाँ बौद्ध तथा जैन धर्महरूको उद्भव भयो । अशोकले बौद्ध धर्मको प्रचारमा महत्वपूर्ण भूमिका निभाएका थिए र उनले आफ्ना छोरा महेन्द्रलाई बौद्ध धर्मको प्रसारको लागि श्रीलंका पठाए। उनले आफ्ना छोरा महेन्द्रलाई पाटलिपुत्र (वर्तमान पटना)को एक घाटबाट विदा गरेका थिए, जुन घाटलाई आज पनि महेन्द्रू घाट भनिन्छ । पछि बौद्ध धर्म चीन अनि यही बाटो भएर जापानसम्म पुग्यो ।

मध्यकाल[सम्पादन गर्ने]

प्रमुखः-बिहारको प्राचीन इतिहास
बाह्रौं शताव्दीमा बख्तियार खिलजीले बिहारमा आधिपत्य जमाएपछि मगध देशको प्रशासनिक राजधानी रहेन|जुनबेला शेरशाह सूरीले, सोह्रौं शताव्दीमा दिल्लीको मुगल बाहशाह हुमायूँलाई हराएर दिल्लीको सत्ता कब्जा गरे त्यसपछि बिहारको नाम पुनः प्रकाशमा आयो तर यो धेरै दिनसम्म रहेन । अकबरले बिहार कब्जा गरेर बिहारलाई बंगालमा विलय गराए । त्यसपछि बिहारको सत्ता बंगालका नवाबहरूको हातमा गयो ।

आधुनिक काल[सम्पादन गर्ने]

प्रमुखः-बिहारको प्राचीन इतिहास

सन १८५७ मा सिपाही विद्रोहमा बिहारका बाबु कुंवर सिंहले महत्वपूर्ण भूमिका खेलेका थिए। १८५२ मा बंगाल विभाजनको कारण यस राज्यको नाम बिहार बन्यो। सन् १९३५ मा उडीसालाई यसबाट अलग गरियो । स्वतन्त्रता संग्रामका बेला बिहारको चंपारणको विद्रोहलाई अङ्ग्रेजहरूको बिरुद्ध बिद्रोह फैल्याउने बिद्रोहहरूमा प्रमुख मानिन्छ । देश स्वतन्त्र भएपछि बिहारको फेरि एउटा अर्को विभाजन सन् २००० मा भयो, जसको फलस्वरूप झारखंड राज्य बन्यो । भारत छोड आन्दोलनमा पनि बिहारको ठूलै भूमिका थियो ।

भौगोलिक स्थिति[सम्पादन गर्ने]

बाढी ग्रस्त बिहार

उत्तर भारतमा २१°५८'१०" ~ २७°३१'१५" उत्तरी अक्षांश तथा ८२°१९'५०" - ८८°१७'४०" पूर्वी देशांतरको मध्यमा बिहार एउटा हिन्दी भाषी राज्य हो । बिहारको क्षेत्रफल ९४,१६३ वर्ग किलोमीटर छ जसमा ९२,२५७.५१ वर्ग किलोमीटर ग्रामीण क्षेत्रले ओगटेको छ । झारखंड अलग भएपछि बिहारभित्र कृषियोग्य समतल भूभाग बाँकी रहेको छ । राज्यको पूर्वी मैदानमा औसत ऊँचाई १७३ फीट छ । भौगोलिक रूपमा बिहारलाई तीन प्राकृतिक भागहरूमा बाँडिएकोछ - उत्तरको पर्वतीय एवं तराई भाग, मध्यको विशाल मैदान तथा दक्षिणको पहाडी किनारा
उत्तरको पर्वतीय प्रदेश सोमेश्वर श्रेणीको हिस्सा हो । यस श्रेणीको औसत उचाई ४५५ मीटर छ तर यसको सर्वोच्च शिखर ८७४ मीटर अग्लो छ । सोमेश्वर श्रेणीको दक्षिणमा तराई यस दलदली क्षेत्र छ जहाँ सालका रुखहरूको बाक्ला जंगलहरू छन् । यी जंगलहरूमा राज्यको एउटै बाघ आरक्षण क्षेत्र छ ।

मध्यवर्ती विशाल मैदानले बिहारको ९५% भाग ओगटेकोछ । भौगोलिक रूपम यो चार भागमा बाँड्न सकिन्छ:-

१ - तराई क्षेत्र जहाँ सोमेश्वर श्रेणीको तराईमा लगभग १० किलोमीटर चौडा कंकर-बालूवा मात्र छ । यसको दक्षिणमा तराई उपक्षेत्र छ जो दलदले छ ।
२ - भांगर क्षेत्र यो पुरानो जलोढ क्षेत्र हो। समान्यतः यो वरिपरिको क्षेत्र भन्दा ७-८ मीटर अग्लो छ ।
३ - खादर क्षेत्र यसको विस्तार गंडकदेखि कोसी नदीको क्षेत्रसम्म फैलिएको छ । प्रत्येक वर्ष आउने बाढीको कारण यो क्षेत्र धेरै उपजाऊ छ। तर यही बाढीको कारण यो क्षेत्रमा विनाश पनि हुने गर्छ ।

गंगा नदी राज्यको राज्यको बीचबाट बग्ने हुंदा उत्तरी बिहार बागमती, कोशी, बूढी गंडक, गंडक, घाघरा र यिनका सहायक नदीहरूको समतल मैदान हो । सोन, पुनपुन, फल्गू तथा किऊल नदी बिहारमा दक्षिणबाट गङ्गामा मिसिने सहायक नदीहरू हुन् । बिहारको दक्षिण भागमा छोटानागपुरको पठार, जहाँको अधिकांश हिस्सा अब झारखंडमा पर्छ, तथा उत्तरमा हिमालय पर्वतको नेपाल शृङ्खला पर्छ । हिमालयबाट आउने धेरै नदीहरू तथा खोलाहरू बिहार भएर बग्छन् र् गङ्गामा मिसिन्छन्| वर्षाका दिनहरूमा यी नदीहरूले बाढ ल्याउने गर्छन् ।

राज्यको औसत तापक्रम गृष्म ऋतुमा ३५-४० डिग्री सेल्सियस तथा जाडामा ५-१५ डिग्री सेल्सियस रहन्छ । यहाँ जाडाको मौसम नोभेम्बर देखि मध्य फेब्रुअरीसम्म रहन्छ । अप्रिलमा गृष्म ऋतु शुरु हुन्छ जो जुलाईको मध्यमा गएर सकिन्छ । जुलाई-अगस्टमा वर्षा ऋतुको आगमन हुन्छ जो अक्टूबरमा गएर सकिन्छ । औसतन १२०५ मिलीमीटर वर्षाको वार्षिक वितरण अन्दाजी ५२ दिनसम्म रहन्छ । उत्तरपटिको जमीन धेरजसो उपजाऊ र कृषियोग्य छ । धान, गहूँ, गेडागुडी (दालहरू), मकै, तोरी, सुर्ती, सब्जी तथा केरा, आँप अनि लीची आदिको फसल लगाइन्छ| हाजीपुरको केरा (कोला) एवं मुजफ्फरपुरको लीची धेरै प्रसिद्ध छन् ।

कालिदासद्वारा लिखित संस्कृत नाटक अभिज्ञान शकुन्तला गुप्त साम्राज्यको एउटा महत्वपूर्ण विरासत
महाबोधि मन्दिर(बिहार)

बिहारका जिल्लाहरू[सम्पादन गर्ने]

बिहारमा ३८ जिल्लाहरू छन जुन ९ प्रमण्डलहरूमा बाँडिएका छन। ती जिल्लाहरू यस प्रकार छन:[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]