बीरगञ्ज उपमहानगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
वीरगन्ज उप-महानगरपालिका
[[Image:{{{तस्वीर}}}|335px]]
स्थापना : २०१० साल
अञ्चल: नारायणी अञ्चल
जिल्ला: पर्सा जिल्ला
क्षेत्रफल:
जनसंख्या: ११२,४८४
वडा संख्या: १९
भौगोलिक अवस्थिति: तराई
मेयर: नरहेको
टेलिफोन कोड: ०५१
वेबसाईट: http://www.birgunj.gov.np
 हे  वा  सं 

वीरगञ्ज उप-महानगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको पर्सा जिल्लामा अवस्थित एक उप-महानगरपालिका हो। श्री ३ वीरशम्शेरको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९४२-१९५८ पर्सा जिल्लाको अलौ भन्ने स्थानबाट गहवा गाँउमा सदरमुकाम सारिएपछि गहवा गाँउलाई उनैको नाममा वीरगंज नामाकरण गरिएको हो। त्यहा गहवा माई मन्दिर् पनि रहेको छन्।

यो नेपालको सबैभन्दा महत्वपूर्ण ब्यापारिक तथा पारवहन नाका हो। यहाँबाट नेपालले भारत लगायत अन्य मुलुकहरूसम्म आयात निर्यातको काम गर्ने गर्दछ। चितवन, काठमाडौं तथा पोखरा का लागि सामान पैठारी गर्नुका साथै अधिराज्यको मुख्य औधोगीक कोरीडोर पनि हो। ठकुराम क्याम्पस का साथै केही अरूकलेज तथा बिधालय तथा नारायणी अञ्चल अस्पतालका साथै केही नर्सीङ होमसमेत रहेको विरगञ्जमा अञ्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यलय पनि छन्। वीरगञ्जको टेलीफोन कोड ०५१ हो।

विषयसूची

[सम्पादन गर्ने] भौगोलिक अवस्थिति

मुलुकको आर्थिक राजधानी र प्रवेशद्वारको रूपमा परिचित औद्योगिक एवं व्यापारिक शहर वीरगञ्जको स्थापना राणा प्रधानमन्त्री वीरशम्शेरले सन् १८९७ (वि.सं.१९५४)मा गरेको हुनाले उनकै नाउँमा उक्त सहरको नाम रहेको हो। भारत चम्पारण जिल्लाको सीमावर्ती बजार रक्सौलबाट करिब तीन किलोमिटरको दूरीमा र नेपालको दक्षिणी तराई क्षेत्रमा अवस्थित उक्त शहर समुद्री सतहदेखि सरदर ९१ मीटर उचाइमा छ। पूर्व र उत्तरमा बारा जिल्ला, पश्चिममा रामगठवा, पर्सैनीविर्ता र सिर्सिया खतवाटोल गाविस र दक्षिणमा छिमेकी मुलुक भारत रहेको उक्त सहर पर्सा जिल्लाको सदरमुकाम पनि हो। त्रिभुवन राजपथ र महेन्द्रराजमार्ग जोड्ने पथलैयाबाट २८ कि.मी. उत्तर र काठमाडौं हवाइमार्गबाट १५ मिनेटको दूरीमा अवस्थित तथा सिमरा विमानस्थलबाट अत्यन्त नजीकै वीरगञ्जमा बाहुन, क्षेत्री, मुस्लिम, थारू, कुर्मी, यादव, कानु, तेली, कलवार, केइरी, चमार, दुसाध, नेवार, मल्लाह, मारवाडी, तामांग आदि जाति पारस्परिक सद्भावका साथ बसोवास गर्दै आएका छन्।

[सम्पादन गर्ने] रितिथिति

वि.सं. २०१०मा नगरपालिकाको घोषणा भएको वीरगञ्जमा विशेषगरी दशैं, तिहार, छठ, मकर संक्रान्ति, रामनवमी, फागु, कृष्णाष्टमी, भीमसेन जात्रा, शिवरात्रि र श्रीपञ्चमी आदि चाडपर्व मनाउने हिन्दू, बौद्ध, इस्लाम, जैन र क्रिश्चियन धर्मावलम्वी छन्। धार्मिक सहिष्णुता रहेको उक्त उपमहानगरपालिकामा हिन्दूधर्म र दर्शनको दिग्दर्शन हुने शंकराचार्य द्वार, वौद्ध चैत्य-विहार, संगीतमय फोहरासहित घडिअर्वा पोखरी, गहवामाई मन्दिर, नैतले काली मन्दिर, घण्टाघर, भारतीय रेल्वे सञ्जालसँग जोडिएको नेपालको एक मात्र सुख्खा बन्दरगाह, तरण ताल (स्वीमिंग पुल), महावीर मन्दिर, विर्तामाई मन्दिर, हनुमान मन्दिर र अलखिया लगायत विविध धार्मिक तथा पर्यटकीय स्थल छन् भने काठमाडौं बाहिर भारतीय महावाणिज्य दूतावास र परराष्ट्र मन्त्रालयको सम्पर्क कार्यालय वीरगञ्जमा मात्र स्थापना भएको छ। विशेषगरी भोजपुरी, नेपाली, नेवारी, मैथली र मारवाडी भाषाभाषी बसोबास गरेको वीरगञ्ज उपमहानगरपालिका ३५ वर्ग कि.मी.मा फैलिएको र १९ वडामा विभाजित छ। राष्ट्रिय जनगणना २०५८ अनुसार ६० हजार ९ सय ५६ पुरूष र ५१ हजार ५ सय २८ महिला गरी कुल एक लाख १२ हजार ४ सय ८४ जना जनसंख्या भएको उक्त उपमहानगरपालिकामा कुल १९ हजार ९ सय १० घरपरिवार संख्या छ भने ४ दशमलव ८९ प्रतिशत जनसंख्या वृद्धि दर छ।

[सम्पादन गर्ने] नगर

नगरपालिकाको घोषणा भएपछि नगरप्रमुखमा क्रमशः केशरबहादुर मानन्धर (२०१०-२०१८), स्व. पशुपति घोष (२०१९-२०२५), गणेशबहादुर रावल (२०२५-२०३०), स्व. गोपालप्रसाद प्रधान (२०३०-२०३८) र विमलप्रसाद श्रीवास्तव (२०३९-२०४६) कार्यरत रहनु भएको थियो। बहुदलीय प्रजातन्त्र प्राप्त भएपछि २०४९ सालमा नगर प्रमुखमा नेपाली काँग्रेसका स्व. माधवलाल श्रेष्ठ र उपप्रमुखमा अजय द्विवेद्वी निर्वाचित हुनु भएको थियो भने २०५४को दोस्रो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विमलप्रसाद श्रीवास्तव नगरप्रमुख र नेपाली काङ्ग्रेसका कृष्णमुरारी रौनियार उपप्रमुखमा निर्वाचित हुनु भएको थियो। वि.सं. २०६० पछि करिव एक वर्ष श्री ५को सरकारले राप्रपाका गोपाल गिरीलाई प्रमुख र कृष्णमुरारी रौनियारलाई उपप्रमुख पदमा मनोनयन गरेकोमा २०६० माघ १ गते नगर प्रमुख गिरीलाई माओवादीले गोली हानी हत्या गरेपछि सरकारले राप्रपाका प्रदीपकुमार सुवेदीलाई नगरप्रमुखमा मनोनयन गरेको थियो।

नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्ने] यो पनि हेर्नुहोस

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा