बुङकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुङकोट
बुङकोट
city
जनसङ्ख्या
 (2001)
 • जम्मा६५९९

बुङकोट गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। गोरखा जिल्लाको मध्यपूर्वी भागमा अवस्थित गा.वि.स. बुंकोट एक पहाडी गाउँ हो। शाब्दिक अथृमा बुङ् र कोट शब्दको सिङ्गो रूप बुंकोट हुन आउँछ। उकीकरण पूर्व विभिन्न राज्य रजौटाहरको शासन केन्द्र जहाँ पछि कोटको रूपमा पूजाआजा गर्ने चलन देशमा धेरै ठाउँमा विद्यमान छ। तदनुरूप बुंकोट कालीको नामबाट यस गा.वि.स.को नाम पनि बुंकोट राखिएको तथ्य बुझ्न सकिन्छ। त्यस्तै नेपालका प्रथम शहीद लखन थापाको जन्मभूमी भएको कारण पनि यस गा.वि.स.को अस्तित्व अन्य गा.वि.स.को भन्दा विशिष्ट खालको छ भन्नु अत्यक्ति हुदैन।

भौगोलिक अवस्था[सम्पादन गर्नुहोस्]

गोरखा जिल्लाको भौगोलिक नक्शामा यस गा.वि.स.को पूर्वमा नाम्जुङ्ग र बोर्लाङ्ग गा.वि.स. पश्चिममा गोरखा नगरपालिका र 'नाम गा.वि.स. उत्तरमा ताप्ले र अश्राङ्ग गा.वि.स.को साथै दक्षिणमा घैरुङ्ग गा.वि.स. अवस्थित छ। निर्वाचन क्षेत्रको आधारमा जिल्लाको १ नम्बर क्षेत्र तथा इलाकाको आधारमा २ नं. इलाकामा पर्ने बुंकोट गा.वि.स. सदरमुकामबाट ५ कोश टाढा रहेको छ। गा.वि.स.को कूल क्षेत्रफल ३०.४२ वर्ग किलोमिटर रहेको छ। जस अनुसार परिधि ३२७४८.९४ मीटर तथा हेक्टरमा क्षेत्रफल ३०४१.७४ हेक्टर हुन आउँछ। वि.सं. २०५८को जनगणना अनुसार यस गा.वि.स.को कूल जनसङ्ख्या ७४७८ जना रहेको छ। जसमध्ये ३२९५ जना पुरुष तथा ४१८३ जना महिलाको जनसङ्ख्या रहेको छ। नेपाल एक बहुजातिय बहुधार्मीक बहुभाषिक बहुसाँस्कृतिक राज्य भएजस्तै यस गा.वि.स.मा पनि ब्राम्हण, क्षेत्री, नेवार, मगर, गुरुङ्ग, कामी, दमाई, सार्की जस्ता हिन्दु र बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता पाइन्छ। यस गा.वि.स.को प्रशासनिक कार्यालय अन्तर्गत गाउँ विकास समितिको कार्यालयको अलावा एक स्वास्थ चौकी एक पशु सेवा उपकेन्द्र एक कृषि सेवा सम्पर्क कार्यालय इलाका हुलाक कार्यालयबाट सेवा सम्बन्धी काम कारवाही चलिरहेका छन् भने एक संरक्षणविहिन अवस्थाको घरेलु कार्यालय पनि रहेको छ।

शैक्षिक केन्द्रको रूपमा हेर्दा यस गा.वि.स.मा एक उच्च मा.वि. १ प्रस्तावित मा.वि. १ प्रस्तावित नि.मा.वि. तथा ८ ओटा प्राथमिक विद्यालयबाट शैक्षिक पठनपाठनको कार्य भैरहेको छ भने एक प्राथमिक तहको बोर्डिङ्ग स्कूल पनि साचालनमा रहेको छ। गा.वि.स.मा दलित बस्ती पनि बाक्लो रहेको र त्यो समुदायको उत्थानको प्रयास स्वरूप गा.वि.स.को सहयोगमा २ ओटा प्रारम्भिक वाल विकास केन्द्र (ECD) पनि सञ्चालन भईरहेको छ।

नगरपालिका सहितको सदरमुकामको नजिकरहेको गाउँको हैसियतले भौतिक विकासलाई तुलनात्मक रूपमा त्यति सन्तोषजनक मान्न नसकिए पनि प्रायः गा.वि.स.को बचि भागबाट पूर्वदेखी पश्चिमसम्म कच्ची मोटरबाटो निर्माण गरिएको छ। खानेपानीको सुविधा भए पनि पर्याप्त हुन सकेको छैन भने गा.वि.स.को लगानीमा विद्युतीकरण कार्यलाई तीब्र पारिएको छ।

वातावरणीय दृष्टिकोणले कूल भू-भागको ४३% जमीन वनजंगलले ढाकेको हुनु आवश्यक मानिन्छ। बुंकोटको कूल भू-भागको ४९.७२% अर्थात १५१२.५० हेक्टर भूभाग वन क्षेत्रले ढाकेको छ। समशीतोष्ण हावापानी पाइने भएकोले साल, चिलाउने, कटुस देखी सल्ला उत्तीससम्मका रुखहरूको लागि उहाँको वातावरण अनुकुल देखिन्छ। कृषि प्रधान देश नेपालको यो गा.वि.स.को पनि मुख्य आर्थिक स्रोत कृषि नै हो तर पहाडी गाउँ खोँच, कुना, डाँडाकाँडा, भिरालो, जमीन िसंचाईको अपर्याप्तता र परम्परागत कृषि प्रणालीमा आधारित खेतीको जीवनस्तर उकास्न भने निकै कडिन देखिन्छ। यद्यपि गाउँको कूल भूभागको ४४.६८% प्रतिशत अर्थात १३५९ हेक्टर भूमी भने कृषि कार्यको लागि योग्य मानिएको छ। कोदो, मकै, धान, आलु, काउली, बन्दा, रायो आदी खाद्य तथा तरकारी वालीहरू उब्जनी हुने यस गाउँ आँप, नासपाति, केरा, सुन्तला, कटहर आदी फलफूल खेती पनि राम्रै हुने गरेको छ। त्यस्तै गरी यहाँ भैंसी, बाख्रा, बंगुर, कुखरा, हाँस, परेवा आदी पालिन्छन्


स्रोत[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]