बुढा सुब्बा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

बुढा सुब्बा मन्दिर पूर्व नेपालमा धरान पर्दछ। यो किरातहरूको एउटा प्रसिद्ध धार्मिक मन्दिर हो। यस्तो विश्वास छ कि यो मन्दिरमा गये पछि मनको हरेक इच्छा पुरा हुन्छ र सौभाग्य प्राप्त हुन्छ। बुढा सुब्बा मन्दिर मोरङको अन्तिम लिम्बु राजा बुद्धि कर्ण राय खेबांङको निर्माण हो, उहाँलाई छल गरेर कुरा गर्नलाई बिजयपुर-धरान बोलाइयेको थियो, त्यसपछि नेपालको राजा पृथ्वीनारायण शाहद्वारा उनको हत्या गरियो। विश्वास गरिएको छ कि बुद्धी नारायण खेम्बाङको आत्मा बिजयपुरमा उहाँले बनाएको मन्दिरको छेउ छाउ घुमी राख्छ र उहाँको आत्मा एक राम्रो आत्मा र सहयोगी आत्मा मानिन्छ। त्यस पछि त्याँहाको स्थानिय लिम्बुहरू द्वारा उनको आत्माको पूजा एउटा पुरानो राजाको रूपमा गर्न थालियो, मानिन्छ कि पूजा गर्नले सौभाग्य प्राप्त हुन्छ। बिजयपुर-धरान मोरङ राज्यको राजधानी थियो र लिम्बुवानको राजनैतिक र आर्थिक क्षेत्र पनि थियो।