बुर्ज खलिफा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुर्ज खलिफा
برج خليفة
नक्सा
पुरानो नामबुर्ज दुबई
उचाइ
विश्वको अग्लो देखि २०१०[I]
पूर्ववर्तीताइपेइ १०१
सामान्य विवरण
प्रकारमिश्रित-प्रयोग
वास्तुकलाको ढाँचानयाँ भविष्यवाद
स्थानदुबई, संयुक्त अरब इमिरेट्स
निर्माणकार्यको थालनी६ जनवरी २००४
सम्पन्न२०१०
खोलिएको४ जनवरी २०१०[४]
लागत$ १.५ बिलियन[५]
उचाइ
वास्तुकला८२८ मी (२,७१७ फिट)[१]
चुच्चो८२९.८ मी (२,७२२ फिट)[१]
छाना८२८ मी (२,७१७ फिट)[१]
मथिल्लो तला५८४.५ मी (१,९१८ फिट)[१]
Observatory४५२.१ मी (१,४८३ फिट)[१]
प्राविधिक विवरण
तला१६३ तल्ला[१][२]
साथै गजुरमा ४६ मर्मतसम्भार स्तर[३] बेसमेन्टमा २ पार्किङ स्तर जम्मा:२११ तल्ले
भुईँ तला क्षेत्र३,०९,४७३ मी2 (३३,३१,१०० वर्ग फिट)[१]
योजना तथा निर्माण
वास्तुकारएड्रियन स्मिथ
विकासकर्ताएमार प्रोपर्टिज[१]
संरचनात्मक इन्जिनियरविलियम बेकर[६]
मुख्य ठेकदारसामसुङ इनिजिनियरिङ कम्पनी
हैदर कन्सलटिङ
वेबसाइट
www.burjkhalifa.ae

बुर्ज खलिफा (अरबी: برج خليفة, "खलिफा टावर", उच्चारण अङ्ग्रेजी: /ˈbɜːr kəˈlfə/) विश्वकै सबैभन्दा अग्लो भवन हो। २०१० मा उट्घाटन पूर्व बुर्ज दुवई नाम रहेको यो भवन संयुक्त अरब इमिरेट्स को दुबई शहरमा अवस्थित रहेको छ । यस भवनको उचाई ८२९.८ मिटर (२,७२२ फिट , अर्थात आधा माइल भन्दा केही बढी ) छ र रुफ हाइट roof height (एन्टिनालाई छाडेर) ८२८ मी (२,७१७ फिट) छ । दुवई शहरको पश्चिमी भागको अरब सागर तटमा निर्मित यो भवन १५४+९ तलाको छ। व्यापारिक प्रयोजनका लागि निर्मित यो भवन सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको हो। यसको नामाकरण राष्ट्रपति खलिफा बिन जायद अल नाहयानको नाम बाट गरिएको हो। ताइपेइ १०१ लाई पछी पार्दै २००९ देखि यता बुर्ज खलिफा विश्वको सबैभन्दा अग्लो संरचना र भंवन भएको छ।[१][७]

बुर्ज खलिफाको निर्माण २००४ मा सुरु भयो, बाहिरी भाग पाँच वर्ष पछि २०००९ मा पूरा भयो। यसको प्राथमिक संरचना रेनाफोर्स कंक्रिट (reinforced concrete) हो र भवनको लागि केही संरचनात्मक स्टिल (reinforced concrete) पूर्वी जर्मनको संसदको प्यालेस अफ रिपब्लिक बाट निकालिएको थियो।[८] भवन २०१० मा डाउनटाउन दुबई भनिने नयाँ विकासको अंगको रूपमा खोलिएको थियो। भवन निर्माण गर्ने निर्णय तेलमा आधारित अर्थतन्त्रबाट विविधीकरण गर्ने र दुबईलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने सरकारको निर्णयमा आधारित थियो।[स्रोत नखुलेको] यो भवन संयुक्त अरब इमिरेट्सका पूर्व राष्ट्रपति खलिफा बिन जायद अल नाह्यानको सम्मानमा नामकरण गरिएको हो।[९] अबु धाबी र यूएई सरकारले ऋण तिर्न दुबईलाई पैसा दिए। यस भवनले संसारको सबैभन्दा अग्लो भवनको रूपमा यसको किर्तीमान सहित धेरै उचाइ रेकर्डहरू तोड्यो।

विकास[सम्पादन गर्नुहोस्]

निर्माण १२ जनवरी २००४ मा सुरु भएको थियो,[४][१०] संरचनाको बाहिरी भागको निर्माण १ अक्टोबर २००९ मा सम्पन्न भएको थियो। भवन आधिकारिक रूपमा ४ जनवरी २०१० मा खुला गरिएको थियो [४][१०]। यो भवन शेख जायद रोड संगै को २ किमी (४९० एकड) मा फैलिएको डाउनटाउन दुबई डेभलपमेन्ट (Downtown Dubai development) को हिस्सा हो । टावरको आर्किटेक्चर र ईन्जिनियरिङको काम शिकागोको स्किडमोर, ओउङ्ग्स र मेरिल (Skidmore, Owings & Merrill) ले गरेको थियो ; प्रमुख आर्किटेक एड्रियन स्मिथ र प्रमुख मुख्य स्ट्रकचरल इन्जिनियर बिल बेकर थिए।.[११][१२] प्रमुख ठेकेदार सामसुङ सी एण्ड टि (Samsung C&T) थियो जसले स्थानीय कम्पनी Arabtec र बेल्जियम समूह BESIX सँगसँगै साझेदार थिए [१३]

अवधारणा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ १.८ "Burj Khalifa - The Skyscraper Center", Council on Tall Buildings and Urban Habitat  उद्दरण त्रुटी: Invalid <ref> tag; name "CTBUHdb" defined multiple times with different content
  2. Baldwin, Derek (१ मे २००८), "No more habitable floors to Burj Dubai", Gulfnews, अन्तिम पहुँच ७ जनवरी २०१० 
  3. "The Burj Khalifa", Glass, Steel and Stone, अन्तिम पहुँच ८ जनवरी २०१० 
  4. ४.० ४.१ ४.२ "Official Opening of Iconic Burj Dubai Announced", Gulfnews, ४ नोभेम्बर २००९, अन्तिम पहुँच ४ नोभेम्बर २००९  उद्दरण त्रुटी: Invalid <ref> tag; name "opening" defined multiple times with different content
  5. Stanglin, Douglas (२ जनवरी २०१०), "Dubai opens world's tallest building", Dubai: USA Today, अन्तिम पहुँच ४ जनवरी २०१० 
  6. Blum, Andrew (२७ नोभेम्बर २००७), "Engineer Bill Baker Is the King of Superstable 150-Story Structures", Wired, अन्तिम पहुँच ११ मार्च २००८ 
  7. Bianchi, Stefania; Andrew Critchlow (४ जनवरी २०१०), "World's Tallest Skyscraper Opens in Dubai", The Wall Street Journal, अन्तिम पहुँच ४ जनवरी २०१० 
  8. Berlin's Demolished Socialist Palace is Revived in Dubai, Deutsche Welle, ११ अगस्ट २००८, अन्तिम पहुँच १३ अगस्ट २००८ 
  9. Stanglin, Douglas (२ जनवरी २०१०), "Dubai opens world's tallest building", USA Today (Dubai), अन्तिम पहुँच ४ जनवरी २०१० 
  10. १०.० १०.१ "World's tallest building opens in Dubai", BBC News, ४ जनवरी २०१०, अन्तिम पहुँच ४ जनवरी २०१० 
  11. "Burj Dubai reaches a record high", Emaar Properties, २१ जुलाई २००७, मूलबाट १० जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २००८ 
  12. Keegan, Edward (१५ अक्टोबर २००६), "Adrian Smith Leaves SOM, Longtime Skidmore partner bucks retirement to start new firm", ArchitectOnline, अन्तिम पहुँच २३ मार्च २००९ 
  13. "Burj Dubai, Dubai – SkyscraperPage.com", SkyscraperPage, अन्तिम पहुँच २३ मार्च २००९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]