बूलियन अल्जेब्रा

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

गणितका केही प्रमुख शाखाहरुमध्ये एक हो - Algebra अर्थात् बीजगणित। बीजगणित अन्तर्गतका उपसमुहहरुमध्येको एउटा हो बूलियन बीजगणित। संक्षेपमा भन्दा, बूलियन बीजगणितमा कुनै पनि तथ्य को मुल्य वा मान या त "Yes-हो" वा "No-होइन" मात्र हुनसक्छ। यी दुई बाहेक कुनै तेस्रो वा कुनै अन्य मुल्य हुन सक्दैन। यही "हो" वा "होइन" भन्ने मुल्यको परिणाम दिने तर्कलाई "Boolean Logic" अर्थात "बूलियन तर्क" भनिन्छ। यो "Yes" लाई "1" एक र "No" लाई "0" शून्यले प्रतिनिधित्व गर्ने चलन छ। Electronics अर्थात् विद्युत् यान्त्रिकी र Computer Hardware अर्थात् कम्प्युटर यन्त्र र पुर्जाहरुको क्षेत्रमा यस बूलियन बीजगणितको ठूलो महत्व छ।