बेडेन पावेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोर्बट बेडेन–पावेल, प्रथम बरुन बेडेन–पावेल
स्काउटिङका संस्थापक
उपनाम(हरू)वी.पी
जन्म२२ फेब्रुअरी १८५७
प्याडिङटन, लण्डन, बेलायत
मृत्यु८ जनुअरी १९४१
नेयरी, केनिया
विनियुक्त
  • चिएफ अफ स्टाफ , दोस्रो म्याटेवल युद्ध (१८९६ –१८९७)
  • पाँचौं ड्रयागन गार्ड इन इन्डिया (1897)
  • Inspector General of Cavalry, England (1903)
युद्ध
पुरस्कारहरू
अन्य कार्यFounder of the international Scouting Movement; writer; artist
हस्ताक्षर

रोर्बट स्टेफेन्सन स्मीथ बेडेन–पावेल (बेडेन–पावेल)को जन्म स.न्. १८५७को २२ फेब्रेवरीमा बेलायतको राजधानी लण्डनको प्याडिङटन भन्ने ठाउँमा भएको थियो । बेडेन–पावेल बेलायती सेनामा लेफटिनेन्ट–जनरल तहमा कार्यरत सैनिकका साथसाथै लेखक, कलाकार र अन्तराष्ट्रिय स्काउटिङ अभियानका संस्थापक पनि थिए । बेलायतको चार्टरहाउस विद्यालयवाट शिक्षा प्राप्त गरे पश्चात उनले स.न्. १८७६ देखी स.न्.१९१० सम्म बेलायती सेनामा कार्यरत रही भारत र अफ्रिकामा सैन्य सेवा प्रधान गरेका थिए।

उनले स.न्.१९०७मा ब्राउन सी आईल्याण्ड स्काउट क्याम्पको आयोजना गरेका थिए, जसलाई विश्व स्काउटिङ अभियानको औपचारीक शुरुवात पनि मानिन्छ । उनले आफ्नो सैनिक कार्यकालको दौरान युवा नेतृत्व सम्बन्धी विभिन्न प्रकारका किताब तथा लेखहरू लेखेका थिए। उनका ती सबै लेखहरू समेटी स.न्.१९०८ मा सर आरथर पियरसनले ‘स्काउटीङ फर ब्वाईज’ नामको पुस्तक प्रकाशन गरेमा थिए । उनले ओलेभ सेन्ट क्लेयर सोमेस सँग विवाह गरे पश्चात उनी, उनको बहिनी एग्नीस बेडेन–पावेल र उनकी श्रीमति ओलेभ सेन्ट क्लेयर सोमेस सबैले संगै मिलेर स्काउटिङ अभियानमा मार्गदर्शकको भूमिको निर्वाह गरेका थिए। बेडेन–पावेलले आफ्नो जिवनको उत्तरार्ध केनियाको नेयरीमा बिताएका थिए। उनको मृत्यु स.न्.१९४१मा केनियाको नेयरीमै भएको थियो ।

व्यक्तिगत जिवन[सम्पादन गर्नुहोस्]

स.न् १९१२को जनावरीमा स्काउटीङको विश्व भ्रमणका दौरान एक पानी जहाजमा बेडेन पावेलको भेट ओलेभ सेन्ट क्लेयर सँग भएको थियो। त्यस बेला बेडेन पावेल ५५ वर्षका थिए भने ओलेभ सेन्ट क्लेयर मात्र ३० वर्षकी थिइन्। उनीहरूले २२ फेब्रेवरीको दिनमा बेडेन पावेलको जन्मउत्सव पनि संगै मनाएका थिए। त्यसै वर्षको अक्टोबर ३१मा पार्कस्टोनको सेन्ट पिटर चर्चमा उनीहरू वैवाहिक बन्दनमा बाँधिएका थिए। उनीहरूको विवाहमा उपहार स्वरूप वेलायती स्काउटहरूले १–१ पेनी र्खचेर उनीहरूलाई कार उपहार दिएका थिए।

"बन्द कोठा भित्र बस्ने मानिसको सोच सञ्कोचीत हुन्छ"

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Ashanti Campaign, 1895", The Pine Tree Web, अन्तिम पहुँच १७ जुन २००९ 
  2. "Matabele Campaign", The Pine Tree Web, अन्तिम पहुँच २ डिसेम्बर २००६ 
  3. "Queen's South Africa Medal", The Pine Tree Web, अन्तिम पहुँच २ डिसेम्बर २००६ 
  4. "Kings's South Africa Medal", The Pine Tree Web, अन्तिम पहुँच २ डिसेम्बर २००६ 
  5. "Fact Sheet: The Silver Buffalo Award", Fact sheet, Boy Scouts of America, Troop 14, १९२६, मूलबाट २९ अप्रिल २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २ डिसेम्बर २००६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. "The Library Headlines", ScoutBase UK, अन्तिम पहुँच २ डिसेम्बर २००६