बेतेनी ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेतेनी तालको एक दृष्य
बेतेनी ताल

बेतेनी ताल नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यावरणीय महत्त्व बोकेको पर्यटकीय स्थल हो। मोरङको मधुमल्ला गाविस वडा नम्बर ५ मा रहेको यो तालको क्षेत्रफल २ बिगाहा छ। सदरमुकाम विराटनगरबाट उत्तरपूर्वमा करिब ५३ किलोमिटरको दुरीमा रहेको यस स्थानको मुख्य आर्कषण पोखरी, चराचुरुड्गी, जङ्गल आदि हुन।

बेतेनी पोखरी स्थानीय मूलहरूबाट आएको पानीले बनेको जलाशय हो। खासै ऐतिहासिक महत्त्व नभएको बेतेनी पोखरीको पानी बाह्रैमास बगिरहने भएकाले यहाँका जीवजन्तु र पशुपंक्षीका लागि मात्र नभई स्थानीयवासीका लागि समेत महत्त्वपूर्ण पानीको श्रोत बनेको छ। यसलाई भरपर्दो सिंचाईको स्रोतका रूपमा प्रयोग गरिँदै आएको छ। जङ्गलको मुखैमा रहेको बेतेनी ताल क्षेत्र निकै रमणीय छ। पोखरीको बीचमा नै एउटा टापुजस्तो उठेको ढिस्को छ, जसमा विभिन्न प्रकारका बोटबिरुवा छन् ।

यहाँ स्थानीयवासीले देवीको थान बनाएर पूजाआजा गर्दै आएका छन्। यही ढिस्कामाथि स्थानीय बसिन्दाले एउटा शिवालय बनाउने योजना गरेका छन्। त्यसै अनुरूप एउटा समिति समेत बनेको देखिन्छ। समितिले मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटाईरहेको जानकारी पाइएको छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बेतेनी ताल", birattourism.org.np [dead link]