बैजनाथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बैजनाथ देवतालाई बजीनाथ देवता पनि भन्ने गरिन्छ । बजीनाथ नाम गरेका कुनै प्राचीन ऋषिले देवताको मान्यता पाएका कारण उनको नामबाट नामाकरण भएको मानिन्छ ।

बैजनाथ देवताको प्राचीन देवस्थल माथि निर्मित नयाँ मन्दीर बेद्कोट कंचनपुर

यी देवताको मुल स्थान कञ्चनपुर जिल्ला दैजी गाउँ विकास समिति वार्ड नम्बर ५ भम्का देखि उत्तर सानो डाँडा माथि अवस्थिीत रहेको छ । दैजी गाउँ विकास समितिको वार्ड नम्बर ६ छेला देखि मोटर साइकलमा ७ मिनेट मै वेदकोट धार्मिक क्षेत्र तथा प्राचीन बैजनाथ भएको स्थानमा पुग्न सकिन्छ । यो स्थान पूर्व पश्चिम महेन्द्र राजमार्गसँग जोडीएको दैजी छेला रोडहुँदै जोगबुडा जाने बाटोको छेउ मै रहेको छ । प्राचीन बैजनाथको मुलस्थान रहेको स्थानको दक्षिणमा बैजनाको नयाँ मन्दिर स्थापना गरिएको छ । कैलालीकञ्चनपुरमा रहेका सिद्धनाथ देवता बैजनाथ देवता, ग्वांसी-समैजी देवता कार्तिकेय (मोहन्याल) देवता चर्चित प्राचीन देवता हुन्। वर्तमानमा यहाँ रहेको तालमा झण्डै २ केजी तौल सम्मका माछाहरु खेलिरहेका प्रसस्त देखिन्छन् । झण्डै डेड विगाहा जतिको क्षेत्रफलमा फैलिएको यो तालको वरिपरि मन्दिरै मन्दिरहरु बनाईएकाछन् । प्राचीन बैजनाथ भनिने स्थान यहाँको तालको पूर्व कुनाको अलि माथि छ भने नयाँ बैजनाथ देवता तालको दक्षिण तर्फको अग्लो भागमा बनेको छ । यसको नजिकै सरस्वती माताको मन्दिर पनि निर्माण गरिएको छ । वेदकोट तालको पश्चिम कुनामा ठूला दुई स्तम्भ निर्माण गरिएका छन् । यसको नजिकै भजन कृर्तन स्थल र देवताहरुका स्थापना गरिएका छन् । यहाँ भक्तजनहरु रहने गर्दछन् । यस तालको दक्षिण झण्डै ३०० मिटर तल पानीका धाराहरु रहेको रमणिय वनभोज स्थल रहेको छ । वडिदैजीको चौराहाबाट वेदकोट पर्यटक तथा धार्मिक स्थल रहेको स्थान ११ किलोमिटर उत्तरमा पर्दछ । यो क्षेत्र वर्तमान बेदकोट नगरपालिका वार्ड नम्बर ३ मा पर्दछ ।

बैजनाथ धार्मिक स्थलमा रहेको प्राचीन ताल

[१]

बैजनाथ अछाम जिल्लामा अवस्थित एक गाउँ विकास समितिको नामपनि हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. स्थलगत अध्ययनबाट संकलित जानकारी र फोटोहरु

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]