बैतडी जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बैतडी जिल्ला
बैतडी जिल्लाको अवस्थिति
बैतडी जिल्ला
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
सदरमुकामदशरथचन्द
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, बैतडी
क्षेत्रफल
 • जम्मा१,५१९ किमी (५८६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४४४००
 • घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली

बैतडी जिल्ला (सुन्ने) नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। यो जिल्ला नेपालको पहाडी प्रदेशमा पर्दछ। बैतडी जिल्लाले १५१९ किमि क्षेत्रफल ओगटेको छ। विसं २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,५०,८९८ थियो।[२] यो जिल्ला नेपालका अमर सहिद दशरथ चन्दको जन्मभूमि हो। बाइसे, चौबिसे कालमा यो जिल्ला डोटी अन्तर्गत पर्दथ्यो। यो जिल्लामा हाल ५६ गाविस र २ नगरपालिका अवस्थित छन्।[स्रोत नखुलेको]

विभिन्न साना ठूला पहाड, खोच बेसीहरूवाट निर्मित यो जिल्लाको पश्चिममा महाकाली नदीले भारतको सिमाना छुट्याएको छ र सो नदीको पारिपट्टी भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला पर्दछ। यसको उत्तरमा दार्चुला, पूर्वमा बझाङडोटी एवं दक्षिणमा डडेल्धुरा जिल्लाहरू पर्दछन्। यस जिल्लाको कुल क्षेत्रफल १४५१.१३ वर्ग किलोमिटर छ, जुन नेपाल अधिराज्यको कुल क्षेत्रफलको ०.६८ प्रतिशत भू-भाग पर्न आउँछ।[स्रोत नखुलेको]

नामाकरण

यस जिल्लाको नाम बैतडी कसरी रहन गयो भन्ने सम्बन्धमा निम्न भनाइहरू रहेका छन्।

  1. हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड भनिन्थ्यो, त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ। वढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड पर्वत (वायु ‍‌+उत्तड = वायोत्तड) अर्थात् वायु चल्ने ठाउँ भन्ने अर्थमा वायोत्तडबाट अपभ्रंश हुँदै वायोत्तड र बैतड भई अन्तमा बैतडी भएको हो भन्ने परम्परा छ।[३]
  2. यो जिल्लामा एक वायावड नामको पहाड छ जहाँ जोडले हावा चल्ने हुदा संस्कृत भाषामा त्यसलाई वैतड भन्न थालियो जो पछि बैतडी नामले प्रख्यात भयो यही नाममा जिल्लाको नाम रहन गएको हो।[४]
  3. बैतडी जिल्लाको वरिपरि पहाडहरूमा चार वटा केदार देवताहरूको देवस्थल छ। ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार पूर्वमा रौलाकेदार उत्तरमा देउलेक केदार र पश्चिममा ध्वज केदार पर्दछन् जुन आराध्यदेव महादेवका रूप हुन भन्ने भनाई छ। यसरी शक्तिशाली देवताको छत्रछाँयामा रहेको यो हिन्दुहरूको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणकालमा वर्णन गरेको पाइन्छ। यी चारैवटै केदारको देवस्थलमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ। देवस्थलहरूमा बैतडी सदरमुकामबाट सहज ढङ्गले यात्रा गर्न सकिन्छ। हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड पर्वत भनिने रहेछ र त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ। बढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड (वाय+त्तड) अर्थात वायु चल्ने ठाँउ पछि वायुत्तडबाट बायोत्तड र बैतडी पछि शब्दको अपभ्रंस हुँदै गई अन्तमा बैतडी नाम रहेको हो" भन्ने भनाई छ।[५]

बैतडीमा दुई मात्र नगरपालिका छन्। स्रोत साधनले भरपुर्ण भएकोले बैतडीको पाटन क्षेत्रलाई पाटन नगरपालिकाको रूपमा स्थापित भएको छ। पाटनमा आधा दर्जन भन्दा बडी सरकारी कार्यलय, निजी तथा सरकारी स्कुल, कलेज, पक्की बाटो, बेबस्तित बजार , एयरपोट, सिचाई आयोजना, लघु जलविद्‍धत आयोजना रहेका छन

प्रशासनिक विभाजन

बैतडी जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
दशरथचन्द नगरपालिका १३ खलङ्गा ३४,५७५
पाटन नगरपालिका १० पाटन १९,९११
मेलौली नगरपालिका मेलौली २२,५४५
पुर्चौडी नगरपालिका १० हाट ३८,६६६
डिलासैनी गाउँपालिका डिलासैनी २२,९२४
दोगडाकेदार गाउँपालिका देउलेक २४, ६३२
पञ्चेश्वर गाउँपालिका आमचौरा १८,७६६
शिवनाथ गाउँपालिका सुल्लेखान १८, २४७
सिगास गाउँपालिका गर्जे २१, ५१०
सुर्नया गाउँपालिका रौलेश्वर २२,९२४

सन्दर्भ सामग्रीहरू

  1. "National Population and Housing Census 2011(National Report)", Central Bureau of Statistics, Government of Nepal, नोभेम्बर २०१२, मूलबाट २०१३-०४-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति
  2. "जनसङ्ख्याको वितरण", cbs.gov.np, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण १६ अगस्ट २०१६ मिति
  3. "सङ्क्षिप्त परिचय", ddcbaitadi.gov.np, बैतडी जीविस, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  4. ज्ञानेश्वर भट्टराई द्वारा लिखित बृहत ज्ञानकोष
  5. जिल्ला विकास समितिको कार्यालय सूचना केन्द्र बैतडीबाट प्रकाशित जिल्ला विकास योजना २०६३/०६४