बैतडी जिल्ला
| बैतडी जिल्ला | |
| अञ्चल: | महाकाली अञ्चल |
|---|---|
| सदरमुकाम: | बैतडी, |
| क्षेत्रफल: | १,५१९ वर्ग कि.मि. |
| जनसंख्या: | २३४४१८(२००१) |
| गाविस संख्या: | ६२ |
| नगरपालिका(हरू): | दसरथचन्द नगरपालिका, |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | २ |
| भौगोलिक अवस्थिति: | पहाड |
| सबैभन्दा अग्लो उचाई: | मिटर |
| सबैभन्दा होंचो उचाई: | मिटर |
| प्रमुख जातिहरू: | आदि |
| प्रमुख भाषाहरू: | स्थानीय पहाडी आदि |
| मानव विकास सुचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०९५ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | |
| यस शृङ्खलाको एक भाग |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| नेपाल पोर्टल हिमालय पोर्टल |
बैतडी नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडमा पर्दछ। यो जिल्ला नेपालका अमर शहीद दशरथ चन्दको जन्मभूमि हो। पहिले यो जिल्ला डोटी जिल्ला अन्तर्गत पर्दथ्यो।
विषयसूची |
[सम्पादन गर्ने] जिल्लाको नामाकरण
यस जिल्लाको नाम बैतडी कसरी रहन गयो भन्ने सम्बन्धमा ज्ञानेश्वर भट्टराई द्धारा लिखित बृहत ज्ञानकोष अनुसार "यहा वायावड नामको पहाड छ जहाँ जोडले हावा चल्ने हुदा संस्कृत भाषामा त्यसलाई वैतड भन्न थालियो जो पछि बैतडी नामले प्रख्यात भयो यही नाममा जिल्लाको नाम रहन गएको छ।" भनि उल्लेख छ।
जिल्ला विकास समितिको कार्यालय सूचना केन्द्र बैतडीबाट प्रकाशित जिल्ला विकास योजना २०६३/०६४ अनुसार "बैतडीको वरिपरि पहाडहरूमा चार वटा केदार देवताहरूको देवस्थल छ। ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार पूर्वमा रौलाकेदार उत्तरमा देउलेक केदार र पश्चिममा ध्वज केदार पर्दछन जुन आराध्यदेव महादेवका रूप हुन भन्ने भनाई छ। यसरी शक्तिशाली देवताको छत्रछाँयामा रहेको यो हिन्दुहरूको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणकालमा वर्णन गरेको पाइन्छ। यी चारैवटै केदारको देवस्थलमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ। देवस्थलहरूमा बैतडी सदरमुकामबाट सहज ढंगले यात्रा गर्न सकिन्छ। हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड पर्वत भनिने रहेछ र त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ। बढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड (वाय+त्तड) अर्थात वायु चल्ने ठाँउ पछि वायुत्तडबाट बायोत्तड र बैतडी पछि शब्दको अपभ्रंस हुदै गई अन्तमा बैतडी नाम रहेको हो" भन्ने भनाई छ
[सम्पादन गर्ने] भौगोलिक अवस्था
- आक्षाँश:- २९.२२" डि देखि २९.५७" डि. उत्तरमा।
- देशान्तर:- ८०.१५" डि देखि ८१.४५" डि. पूर्व सम्म।
- सिमाना:- पूर्व बझाङ र डोटी जिल्ला, पश्चिम भारतको उत्तराखण्ड राज्य, उत्तर दार्चुला जिल्ला, दक्षिण डडेल्धुरा जिल्ला
- क्षेत्रफल १५१९ वर्ग कि.मि.
- औषत लम्बाई:-
- औषत चौढाई:- ,
- भौगोलिक विभाजन:-
- सबभन्दा अग्लो भाग:- कोटपेटरा गा.वि.स. २९५० मी.
- सबभन्दा होचो भाग शर्माली गा.वि.स. ३९० मी
[सम्पादन गर्ने] प्रमुख नदी ताल तलैया
महाकाली, चौलानी, सेती, सुरनया, जामाडी,गर्मा, ढिकगाड, कोटेनीगाड, निलगढगाड , मङ्रौ खोला, बगरा खोला,देगाड खोला!
[सम्पादन गर्ने] प्रमुख धार्मिक स्थलहरू तथा पर्यटकीय क्षेत्र
जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम,त्रिपुरासुन्दरी,मेलौली भगवती डिलाशैनी,दोगडा धाम न्वाली, सिगास सिगासधुरा, निङ्गलाशैनी देहीमाण्डौं, रौलकेदार मन्दिर रौलेश्वर, ग्वाल्लेक केदार ग्वाल्लेक, पाताल भुमेश्वर भूमेश्वर, मल्लादेही मेलौली, देउलेक केदार देउलेक,अशिम केदार दुर्गास्थान, उदयदेव मन्दिर पाटन
[सम्पादन गर्ने] व्यापारिक महत्वका स्थान
कालिका मान्डौ ,गोरिल ,बेतालबाबा ,श्री भावर, खोडपे, पाटन, झुलाघाट, खोचलेक, देहीमाण्डौं, सतबाँज, चौराहा, गोकुलेश्वर, मेलौली, पुर्चौडी हाट, गोठालापानी आदी .देबताल्(रोदिदेवल् गा बि स्)
[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस
|
|||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||