वैरागी काइँला
| वैरागी काइँला | |
|---|---|
तिलविक्रम सुब्बा |
|
| जन्म | तिलविक्रम सुब्बा विसं १९९६ साउन २५ पाँचथर जिल्लाको पौवा गाउँ |
| जातीयता | लिम्बु |
| नागरिकता | नेपाली |
| पेशा | साहित्यकार |
| हस्ताक्षर | |
तिलविक्रम सुब्बा (वैरागी काइँला) नेपाली भाषाका प्रसिद्ध साहित्यकार तथा प्राज्ञ हुन् । वैरागी काइँलाको जन्म पाँचथर जिल्लाको पौवा गाउँमा विसं १९९६ साउन २५ गतेका दिन भएको थियो । उनले स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । वैरागी काइँला आयामेली आन्दोलन (२०२०) मार्फत साहित्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकारको रूपमा चिनिन्छन् । फूल पात पतकर (२०१८) र वैरागी काइँलाका कविताहरू (२०३१) यीनका प्रकाशित कविता संग्रहहरू हुन् भने तेस्रो आयाम (२०२०), समकालिन साहित्य (२०४६), जर्नल अफ लिम्बु, लिटरेचर एण्ड कल्चर (२०४८) जस्ता पत्रपत्रिकाहरू सम्पादन गरेका छन् । यिनका ‘किराँत जागरण गीत’, लिम्बु जातिमा कोख पूजा (२०४८), लिम्बु ग्रन्थ सूची (२०४९), प्रेतात्माको आख्यान र अनुख्यान (२०५१), मोच मार्ने आख्यान र अनुष्ठान (२०५२) जस्ता कृतिहरू प्रकाशित भएका छन् । यिनले ‘साझा पुरस्कार (२०३१), ‘सिद्धिचरण काव्य पुरस्कार’ (२०५३) जस्ता सम्मानजनक पुरस्कार प्राप्त गरेका छन् । यसका अतिरिक्त वैरागी काइँला ‘मन्थन साहित्य संस्था’ ‘शताब्दी काठमाडौं’ जस्ता संस्थाका सल्लाहकार रहेका थिए भने विसं २०४७मा तत्कालिन राजकीय प्रज्ञा प्रतिष्ठान (हाल नेपाल प्रज्ञा प्रतिष्ठान)का सदस्य भएका थिए । वैरागी काइँला हाल नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिका रूपमा कार्यरत छन् ।[१] थोरै कविता लेखेर धेरै चर्चित, अर्थित र गर्वित प्राज्ञमा दरिने 'बैरागी काँइलाको वास्तविक नाम तिल बिक्रम नेम्बाङ हो। दुरुह र विलक्षण बिम्वहरूमा भाषाको चामत्कारिक विलाश गर्ने कवि काइँला २०६२-६३को जनआन्दोलन का सक्रिय सहभागी हुन । वि सं २०६६ देखि हाल सम्म (२०६८) उनी प्रज्ञा-प्रतिष्ठान का कुलपति का हैसियतले साहित्यको विकासमा लागिपरेका छन ।
कृतिहरू [सम्पादन गर्ने]
- बैरागी काइँलाका कविताहरू ( २०३१)
- अन्धा मान्छेहरू र हात्ती (२०६८)
काइलाले लिम्बू भाशा, साहित्य र इतिहासमा पनि महत्वपुर्ण योगदान दिएका छन् । वैरागी काइँलाद्वारा लिखित, सम्पादित किराँत लिम्बू भाषा, मुन्धुम् संस्कृति, इतिहास सम्बन्धि कृतिहरू
- किराँत जागरण गीत, २०३८;
- महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा पन्थका भजनमाला, २०४७;
- लिम्बू जातीमा कोख-पूजा, २०४८;
- ईर्श्या र आँखिडाहीको आख्यान, २०५१;
- प्रेतात्माको आख्यान र अनुष्ठान, २०५१;
- मोच मार्ने आख्यान र अनुष्ठान, २०५२;
- तङ्सिङ् तक्मा मुन्धुम्: आख्यान र अनुष्ठान, २०५२ ।
सन्दर्भ सामग्री [सम्पादन गर्ने]
- ↑ आधुनिक नेपाली कविता–काव्य (गीत र गजल), नरेन्द्रप्रसाद कोइराला तथा राजन भट्टराई